Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रमा नेतृत्वको रस्साकस्सी अध्यक्ष पदमा रामबहादुर तामाङको औपचारिक घोषणा

Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया सउल केन्द्रको १२औँ महाधिवेशन यही आइतबार (नोभेम्बर २३) सम्पन्न हुँदै छ। महाधिवेशन नजिकिँदै जाँदा संस्थाभित्र नयाँ नेतृत्व चयनको बहस झन् तीव्र बन्दै गएको छ। खासगरी अध्यक्ष पदमा देखिएको प्रतिस्पर्धाले समुदायभित्र उत्साह, ऊर्जा र थप राजनीतिक तापक्रम बढाएको छ।

यही बीच, संस्थाका वर्तमान वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्दै नेतृत्व दौडमा शक्तिशाली प्रवेश गरेका छन्।

🔶 रामबहादुर तामाङ : निरन्तर सेवा यात्राबाट केन्द्रिय नेतृत्वसम्म

“समाजका लागि केही गर्नुपर्छ” भन्ने अठोटसहित २०१८ बाट सुरु भएको तामाङको सामाजिक यात्रा आजसम्म निरन्तर सक्रिय छ।
• तामाङ समाज ख्याङसाङनाम्दो–बुसान (हाल तामाङ घेदुङ बुसान शाखा) का संस्थापक
• क्रमशः सचिव, उपाध्यक्ष, संगठन एकीकरणपछि केन्द्रीय उपाध्यक्ष
• हाल नेपाल तामाङ घेदुङ दक्षिण कोरिया वरिष्ठ उपाध्यक्ष

समुदायका हक–अधिकार र पहिचानका सवालमा निरन्तर क्रियाशील तामाङ हाल आदिवासी जनजाती महासंघ बुसानका महासचिव समेत रहेका छन्। विभिन्न सामाजिक तह–स्तरमा अनुभव बटुलेका उनले संगठनात्मक नेतृत्व, संवाद र समुदाय विकासमा आफूलाई परिपक्व बनाइसकेका छन्।

🔶 अध्यक्ष पदका लागि तामाङका प्रमुख एजेन्डा

१) भाषा, धर्म, संस्कृति र पहिचानको संरक्षण–प्रवर्द्धन
२) संस्थालाई आधुनिक, पारदर्शी र डिजिटल व्यवस्थापनमा रुपान्तरण
३) दक्षिण कोरियास्थित तामाङ समुदायबीच एकता र सहकार्य मजबुत बनाउने
४) प्रवासी कामदार, विद्यार्थी, परिवारजनका लागि सहयोग–सहजीकरण कार्यक्रम विस्तार
५) युवा नेतृत्व, खेलकुद, कला–साहित्य र प्रतिभा विकासमा विशेष कार्यक्रम सञ्चालन

बरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङ र महासचिव दावा फिन्जो तामाङबीच नेतृत्वका लागि गम्भीर सहमति खोजी भइरहेको बताइएको छ। यसले महाधिवेशनमा पनि नेतृत्व समिकरण कस्तो बन्छ भन्ने विषयमा उत्सुकता थपिएको छ।महाधिवेशनमा दक्षिण कोरियाका सउल, बुसान, जेजुदो, गजेदो लगायत सबै क्षेत्रका प्रतिनिधि, पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहने अपेक्षा गरिएको छ।

आइतबारको महाधिवेशनले दक्षिण कोरियास्थित तामाङ समुदायको आगामी नेतृत्व कस्को हातमा जान्छ भन्ने निर्णय हुने भएकाले अहिले सम्पूर्ण समुदायको ध्यान यही महाधिवेशनमा केन्द्रित भएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×