Advertisement
Advertisement

कोरियामा दिवंगत विद्यार्थी रोशन पख्रिनका लागि संकलित १ करोड ८१ लाख सहयोग रकम सार्वजनिक, बाँकी रकम परिवारलाई हस्तान्तरण हुने

Advertisement
Advertisement

गत नोभेम्बर ७ तारिकका दिन आत्महत्याको प्रयास पश्चात उपचारका लागि तत्काल अस्पताल पुर्याइएको दोङ ए विश्वविद्यालय बुसानमा अध्यनरत नेपाली विद्यार्थी रोशन बहादुर पख्रिनको उपचारको क्रममा २०२५ नोभेम्बर १० तारिक मृत्यु भएपछि उनको उपचार खर्च र शव नेपाल पठाउन लागेको खर्चमा सहयोग गर्न नेपाल विद्यार्थी समाज, दक्षिण कोरिया (SONSIK) र अन्य संघ–संस्थाले सहयोग अभियान सञ्चालन गरी आवश्यक रकम सङ्कलन गरेको छ।

उनको उपचार खर्च र शवको नेपाल सम्म पुर्याउनको लागि SONSIK ले नोभेम्बर ११ देखि नोभेम्बर १५ सम्म आन्तरिक तथा सार्वजनिक आर्थिक सङ्कलन अभियान चलाएको थियो। अभियानमार्फत कोरियामा अवस्थित विभिन्न संघसंस्था, विद्यार्थी समूह र समुदायले सक्रिय सहभागिता जनाउँदै कुल 18,176,322 कोरियन वोन सङ्कलन भएको जनाएको छ।

SONSIK द्वारा सार्वजनिक गरिएको विवरण अनुसार:
• कुल सङ्कलन: ₩18,176,322
• हस्पिटल बिल र सम्बन्धित खर्च (Hospital bill inklusive mortuary charge): ₩7,536,240
• शव प्रत्यावर्तन शुल्क (Body repatriation charge): ₩6,100,000
• कुल खर्च (Hospital + Repatriation आदि): ₩13,636,240
• बाँकी रकम: ₩4,540,082 — जुन दिवंगत पख्रिनको परिवारलाई हस्तान्तरण गरिने निर्णय गरिएको छ।

ठूला योगदानकर्ताहरु (SONSIK को प्रकाशित सूचीअनुसार)
• नेपाल तामाङ घेदुङ दक्षिण कोरिया र सम्बन्धित समूह — ₩5,454,433
• Korean Educational Consultancy Association of Nepal (KECAN) — ₩3,000,000
• Nepal Educational Counseling Services Association (NECSA) — ₩2,040,000
• अन्य: NRNA NCC Korea, NRNA Korea 10th EC, MRR Korea, Ulsan College Nepali Students, BUFS Community, Jeju Nepali Community तथा हजारौं विद्यार्थी र शुभेच्छुकहरुले पनि योगदान प्रदान गरे।

 

SONSIK का पदाधिकारीहरूले सार्वजनिक विज्ञप्ति मार्फत सबै सहयोग र योगदानप्रति गहिरो आभार व्यक्त गरेका छन् र आर्थिक सङ्कलन तथा खर्चको पूर्ण पारदर्शिता सुनिश्चित गरिएको बताएका छन्। सो संस्थाले बाँकी रहेको रकम पख्रिन परिवारलाई हस्तान्तरण गर्ने निर्णय गरिसकेको र हस्तान्तरण प्रक्रियामा परिवारसहित समन्वय भइरहेकाले निकट भविष्यमै औपचारिक रूपमा रकम उपलब्ध गराइने जनाएको छ।

पर्याप्त पारदर्शिता देखाउने उद्देश्यले SONSIK ले सबै विवरण आफ्नो आधिकारिक फेसबुक पेज बाट सार्वजनिक गरेको रहेको र यदि कुनै त्रुटि वा सुझाव भए संस्थालाई जानकारी गराउन अनुरोध गरेको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×