Advertisement
Advertisement

Breaking News

हिन्दू परिषद् नेपाल द्वारा त्रिशूली बस दुर्घटना र बाढी पहिरो पीडितहरू प्रति श्रद्धांजलि कार्यक्रम सम्पन्न

हिन्दू परिषद् नेपाल द्वारा त्रिशूली बस दुर्घटना र बाढी पहिरो पीडितहरू प्रति श्रद्धांजलि कार्यक्रम सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
बारा - हिन्दू परिषद् नेपाल प्रसौनी गाउँ पालिका कमिटीले वीरगंजबाट काठमाडौं र काठमाडौंबाट गौर जाने क्रममा त्रिशूली खोलामा भएको बस दुर्घटना तथा बाढी पहिरोमा ज्यान गुमाएकाहरू प्रति श्रद्धांजलि कार्यक्रम आयोजना गरेको छ। गत जुलाई १० तारिखका दिन त्रिशूली खोलामा भएको बस दुर्घटनामा परी २५ जनाले ज्यान गुमाएका थिए भने १० जना अझै बेपत्ता छन्। यो घटनामा ज्यान गुमाएकाहरूको आत्माको चिर शान्तिको लागि १ मिनेटको मौन धारण गरियो। कार्यक्रम आज बेलुकी ७:०० बजे, प्रसौनी स्थित घन्टाघरको अगाडि चौकमा सम्पन्न भयो। हिन्दू परिषद् नेपालका अध्यक्ष संजय सर्राफ, केन्द्रीय सदस्य प्रसौनी गाउँ पालिका प्रमुख बिनोद जैश्वाल तथा प्रसौनी गा.पा.कमिटी अध्यक्ष अरबिन्द मोदनवाल लगायत २०० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा संजय सर्राफ प्रसौनी गा.पा.प्रमुख बिनोद जैश्वालले सम्बोधन गर्दै दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्...
३ वर्षपछिकै उच्च कारोबारसहित नेप्सेमा उछाल, २३६४.६३ विन्दुमा पुग्दा १२ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार

३ वर्षपछिकै उच्च कारोबारसहित नेप्सेमा उछाल, २३६४.६३ विन्दुमा पुग्दा १२ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
साताको चौथो कारोबार दिन बुधबार पनि बजार उच्च अंकले बढेको छ । यो दिन बजार ५४.०४ अंकले बढेर २ हजार ३६४.६३ विन्दुमा आइपुगेको छ ।  यो दिन ३०६ वटा कम्पनीको ३ करोड २० लाख ९५ हजार कित्ता शेयर कारोबार हुँदा १२ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने ९ अर्बभन्दा माथि कारोबार भएको थियो । यस दिनको कारोबार रकम करिब ३५ महिनायताकै उच्च हो। यस अघि २०७८ भदौ १५ गते १३ अर्ब १६ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो। यसपछि यो दिन नै १२ अर्ब भन्दा बढीको शेयर कारोबार भएको हो ।यो दिन राम्रा र बलिया कम्पनी मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.२५ अंकले बढेर ४१९.७७ विन्दुमा पुगेको छ ।यो दिन ३०६ वटा कारोबार भएका कम्पनीहरुमध्ये २०४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । यो दिन सर्वाधिक कारोबार हुने कम...
ह्वासाङ एन.एफ.सि “प्रथम गिम्हे युनाइटेड फुटसल कप” चुम्न सफल

ह्वासाङ एन.एफ.सि “प्रथम गिम्हे युनाइटेड फुटसल कप” चुम्न सफल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: ह्वासङ एन.एफ.सि ,फारान युनाइटेड लाई पराजित गर्दै दक्षिण कोरियाको दक्षिणी भाग किम्हेमा आयोजित “प्रथम गिम्हे युनाइटेड फुटसल कप” चुम्न सफल भएको छ। “विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाउ हामी फुट्सलको गोलमा। दक्षिण कोरियामा रहेर खेल दौरान घाइते खेलाडी उद्धार सहयोगार्थ” किम्हेमा गिम्हे युनाइटेड एफ.सिले आयोजना गरेको “प्रथम गिम्हे युनाइटेड फुटसल कप” मा ३२ वटा टिम सहभागि थिए। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्राप्त गरेका थिए भने अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी ह्वासङ एन.एफ.सिका सुमन पाख्रिन , उत्कृष्ट गोलकिपर फारान युनाइटेडका भुवनजंग कार्की र उच्च गोलकर्ता नाम्जि एफ.सिका निशान कार्कीले जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए। ...
जुलाइ २८ मा हुने भनिएको ONF किम्हे बुसान कमिटिको अधिवेसन स्थगित

जुलाइ २८ मा हुने भनिएको ONF किम्हे बुसान कमिटिको अधिवेसन स्थगित

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च बुसान क्षत्रिय कमिटी,दक्षिण कोरियाको जुलाई २८ तारिख हुने भनिएको सातौ अधिवेशन स्थगित भएको छ।  समितिको बैठक ले सातौ जुलाइ२८ तारिकका दिन किम्हे शहरको लुम्बिनि रेष्टुरेन्टको हलमा गर्ने भनिएको सातौं अधिवेशन सम्पन्न गर्नका निमित्त समय छोटो हुनका साथै विविध कारणवस अधिवेशनको अर्को मिति घोषणा नभएसम्म को लागि स्थगित भएको अध्यक्ष तगेन राइले विशाल आवाजलाई जानकारी दिनुभयो। कोरियामा बिगत लामो समय देखि स्थापित रहेको प्रवासि नेपालि मन्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरुमा सहकार्य गर्दै आइरहेको संगठन हो ।सम्पूर्ण तयारि पुरा गरि अधिवेशन नया मिति घोषणा गरिने बुसान साखा संगठनका उपाध्यक्ष दीप मगरले बताउनुभयो।...
गौतम गोलेको दोस्रो सांगीतिक कोसेली ‘छ्योर्तेन राम्रो’ को म्युजिक भिडियो सार्वजनिक, भिडियो सहित

गौतम गोलेको दोस्रो सांगीतिक कोसेली ‘छ्योर्तेन राम्रो’ को म्युजिक भिडियो सार्वजनिक, भिडियो सहित

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियामा रहेर पनि आफ्नो व्यस्त समयलाई सदुपयोग गर्दै गौतम गोलेले ‘म्राङ्सेम खाबा’ पछि आफ्नो दोस्रो सांगीतिक कोशली ‘छ्योर्तेन राम्रो’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ।  गौतम गोले र मिनु मोक्तानको अभिनयमा रहेको सेलो साङ्गीतिक कोसेली ‘छ्योर्तेन राम्रो’ शनिवार गौतम गोलेको आफ्नै आधिकारिक युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक भएको हो । गायक मिलन दोङको स्वर तथा सङ्गीत रहेको गीतको शब्द तथा लेखन अन्जय तामाङको रहेको छ। रोशन लामाले एरेन्ज गरेको गीतको मिक्सिङ मास्टरिङ दिपेश प्रधानले (Deep studio) गरेका हुन् भने गीतको रेकर्डिङ bubblegum Korea र Deep studio nepal Baudha मा गरेको हो। भिडियो एउटा परदेशमा कामको छुट्टीमा पार्क र सहर, बजारमा घुमघाममा मैच्याङहरु भेटेपछिको कथावस्तुमा आधारित बनाएको छ । मैच्याङ (मिनु मोक्तान) लाई भेटेपछि एकतर्फी एक नजरमै प्रेममा परेको पहिलो भेटमै प्रेमको प्...
१६औँ कोरियन ओपन अन्तर्राष्ट्रिय कराँते डो च्याम्पियनसिपमा नेपाली खेलाडीलाई एक स्वर्ण र दुई रजत

१६औँ कोरियन ओपन अन्तर्राष्ट्रिय कराँते डो च्याम्पियनसिपमा नेपाली खेलाडीलाई एक स्वर्ण र दुई रजत

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
दक्षिण कोरियाको बुसानमा जुलाई १३ र १४ तारिख सम्पन्न १६औँ कोरियन ओपन अन्तर्राष्ट्रिय कराँते डो च्याम्पियनसिपमा नेपाली खेलाडी अनिल थोकरले एक स्वर्ण र जमानसिंह गुरुङले दुई रजत पदक जितेका छन् । प्रतियोगितामा नेपाली खेलाडी अनिल थोकरले पुरुषतर्फको ५२ केजीभन्दा मुनिको तौलसमूहमा स्वर्ण पदक जितेका हुन् भने जमानसिंह गुरुङले दुईवटा रजत पदक जितेका हुन् । गुरुङले पुरुषतर्फको सिनियर एकल काता र कुमुतेतर्फ ७५ केजीभन्दा मुनिको तौलसमूहमा फाइनलमा फिलिपिन्सका खेलाडीसँग पराजित भइ रजत पदक जितेका हुन्। निकै प्रतिस्पर्धात्मक भएको फाइनलमा फिलिपिन्सका खेलाडीसँग ५/५ स्कोरमा सेन्सुले पराजित भएका थिए । मर्स्याङ्दी ४ सिलढुङ्गा लम्जुङका गुरुङ वैदेशीक रोजगारीको सिलशिलामा हाल कोरियामै रहेका छन् । उनले कोरियामै कराँते र किक बक्सिङको प्रशिक्षण गर्दै आएका छन् । साथै गुरुङले हालसम्म कोरिया, सिङ्गापुर ,मलेसिया, फिलिपिन्स...
किम्हे युनाईटेड महिला एफ सी “प्रथम गिम्हे युनाइटेड महिला फुटसल कप” चुम्न सफल

किम्हे युनाईटेड महिला एफ सी “प्रथम गिम्हे युनाइटेड महिला फुटसल कप” चुम्न सफल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज : ख्यङ्साङ्नाम्दो किम्हे युनाईटेड महिला एफ सी ,नेपाल महिला फुटबल परिवार सेतो लाई २-० ले पराजित गर्दै दक्षिण कोरियाको दक्षिणी भाग किम्हेमा आयोजित “प्रथम गिम्हे युनाइटेड महिला फुटसल कप” चुम्न सफल भएको छ। “विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाउ हामी फुट्सलको गोलमा। दक्षिण कोरियामा रहेर खेल दौरान घाइते खेलाडी उद्धार सहयोगार्थ” किम्हेमा गिम्हे युनाइटेड एफ.सिले आयोजना गरेको “प्रथम गिम्हे युनाइटेड फुटसल कप” मा यसपाली ३ महिला टिम पनि सहभागि रहेको थियो । ख्यङ्साङ्नाम्दो किम्हे युनाईटेड महिला एफ सी सहित नेपाल महिला फुटबल परिवार सेतो र नेपाल महिला फुटबल परिवार निलो गरी ३ टिम सहभागि प्रतियोगितामा सेतो ले बाइ पाएर सिधै फाइनलमा प्रवेश गरेको थियो । यसैगरी किम्हे युनाईटेड महिला एफ सी र नेपाल महिला फुटबल परिवार निलो बिच भएको सेमिफाइनलमा किम्हे युनाईटेड महिला एफ सी का जर्सी नम्बर १४ को खेलाडी डो...
जुलाई २१ मा “गाउँ आएको बाटो” किम्हे बुसान सो हुदै

जुलाई २१ मा “गाउँ आएको बाटो” किम्हे बुसान सो हुदै

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: किरात राई यायोक्खा बुसान दक्षिण कोरियाको आयोजनामा यही आउँदो जुलाई 21 तारिखको दिन चर्चित नेपाली कथानक चलचित्र “गाउँ आएको बाटो” किम्हे प्रदर्शन हुने भएको छ। दक्षिण कोरियाको सउल र मुगुकमा सफलताका साथ प्रदर्शन भइसकेको बहुप्रतिक्षित चलचित्र गाउँ आएको बाटो किम्हे स्थित 가야대학교 김해  मा प्रदर्शन हुने भएको हो। “अनाथ बाल आश्रम सहयोगार्थ”  जुलाई २१ तारिख आइतबारको दिन १२: ०० बजेदेखि प्रदर्शन हुन लागेको चलचित्रका निर्देशक नवीन सुब्बा हुन्।  दुर्गम गाउँमा सडक र गाडी आएपछिको परिवर्तन र त्यसले पार्ने असरको कथामा बनेको फिल्मलाई पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरमा खिचिएको हो।फिल्ममा दयाहाङसहित पशुपति राई, प्रसान राई (बाल कलाकार), खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदिको पनि अभिनय छ । महेश राईको कथा रहेको फिल्मको पटकथा लेखनमा उनलाई निर्देशक सुब्बाले सघाएका छन् । यो फिल्म...
एकै पटक पर्साका ३ सांसद बने मन्त्री

एकै पटक पर्साका ३ सांसद बने मन्त्री

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिएका छन् । प्रधानमन्त्री ओलीको शपथलगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिएका हुन् । यस पटक मन्त्रिपरिषद्‍मा केही नयाँ अनुहार पनि समेटिएका छन् । यस पटक पर्साले ३ जना मन्त्री पाएको छ । पर्साबाट जसपा नेपालका सांसद प्रदीप यादव, कांग्रेस सांसद अजयकुमार चौरसिया र एमाले सांसद राजकुमार गुप्ता मन्त्री बनेका छन् । यादव यसअघि पुष्पकमल दाहाल सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए । चौरसिया २०५८ सालमा स्थाानीय विकास सहायकमन्त्री बनेका थिए । गुप्ता भने पहिलो पटक मन्त्री बनेका हुन् । यादवले यस पटक खानेपानीमन्त्रीको जिम्मा पाएका छन् । त्यस्तै चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । यादव पर्सा-१, चौरसिया पर्सा-२ र गुप्ता पर्सा-३ ...
प्रधानमन्त्री केपी ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

प्रधानमन्त्री केपी ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

Breaking News, जानकारी, भर्खरै
  प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै अधिवक्ता खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले आज सर्वोच्चमा रिट दायर गरेका हुन् । संविधानको धारा ७६ (२) को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको र सो नियुक्ति बदर गरी संविधानको धारा ७६ (३) को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको उनले बताए । उक्त रिटको पेशी आगमी साउन ६ गते तोकिएको छ ।...