Advertisement
Advertisement

गौतम गोलेको दोस्रो सांगीतिक कोसेली ‘छ्योर्तेन राम्रो’ को म्युजिक भिडियो सार्वजनिक, भिडियो सहित

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेर पनि आफ्नो व्यस्त समयलाई सदुपयोग गर्दै गौतम गोलेले ‘म्राङ्सेम खाबा’ पछि आफ्नो दोस्रो सांगीतिक कोशली ‘छ्योर्तेन राम्रो’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ। 

गौतम गोले र मिनु मोक्तानको अभिनयमा रहेको सेलो साङ्गीतिक कोसेली ‘छ्योर्तेन राम्रो’ शनिवार गौतम गोलेको आफ्नै आधिकारिक युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक भएको हो । गायक मिलन दोङको स्वर तथा सङ्गीत रहेको गीतको शब्द तथा लेखन अन्जय तामाङको रहेको छ। रोशन लामाले एरेन्ज गरेको गीतको मिक्सिङ मास्टरिङ दिपेश प्रधानले (Deep studio) गरेका हुन् भने गीतको रेकर्डिङ bubblegum Korea र Deep studio nepal Baudha मा गरेको हो।


भिडियो एउटा परदेशमा कामको छुट्टीमा पार्क र सहर, बजारमा घुमघाममा मैच्याङहरु भेटेपछिको कथावस्तुमा आधारित बनाएको छ । मैच्याङ (मिनु मोक्तान) लाई भेटेपछि एकतर्फी एक नजरमै प्रेममा परेको पहिलो भेटमै प्रेमको प्रस्ताव गर्दा उनीले अस्वीकार गरेपछि च्याङ्बा (गौतम गोले) निराशपनको अवस्थामा देख्न सकिन्छ । यति मात्रै होइन, भिडियो कथामा सच्चा मायाले प्रस्ताव गरेको थाहा भएपछि मैच्याङले स्वीकार गर्छिन् र दुवै जनाले सुख, दुःखसँगै बिताउने प्रण गर्छन् ।

‘छ्योर्तेन राम्रो’ गीतको म्युजिक भिडियोलाई निर्देशन, छायाङ्कन र सम्पादन दिपक थापाले गरेको हुन् । छायाङ्कनमा निमा तामाङ र अमिर योन्जनले साथ दिएका छन् । सेलो म्युजिक भिडियो क्षेत्रका निर्देशक प्रतिक ङ्यासुरले कथा लेखन गरेको म्युजिक भिडियोमा सूर्य लामा, करप रुम्बा, अमिर योन्जन, बिनु मोक्तान र पुजा श्रेष्ठलगायतको सहयोगी भूमिकामा अभिनय देख्न सकिन्छ । स्टिल मुभी फोटोग्राफर सन्तोष जिसी रहेको भिडियोमा मेकअप आर्टिस्टको रूपमा बिनु मोक्तानले साथ दिएको छ ।साउण्ड मा गजब सिंह लामाले साथ दिएको भिडियो निर्माणको व्यवस्थापन ज्ञान लामाले गरेका थिए।

दक्षिण कोरियाको पर्यटकीय क्षेत्र वाउजङ्सा बौद्ध गुम्बा वरपर र फेन्तेकको समुन्द्र किनारको टाइटनिक बोर्ड लगायत रमणीय स्थानहरूमा छायाङ्कन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमा नै लोकप्रिय हुन गइसकेको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चि...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×