Advertisement
Advertisement

Breaking News

इमर्जेन्सी अलर्ट मेसेज खासमा के हो त !! सेतो बेलुन?? उत्तर कोरियाले दक्षिण कोरिया तर्फ फालेको करिब १५० वटा फोहोर बेलुन फेला पारेका छन्

इमर्जेन्सी अलर्ट मेसेज खासमा के हो त !! सेतो बेलुन?? उत्तर कोरियाले दक्षिण कोरिया तर्फ फालेको करिब १५० वटा फोहोर बेलुन फेला पारेका छन्

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
  उत्तर कोरियाले हिजो २८ तारिक रातिदेखि दक्षिण कोरिया तर्फ ठूलो मात्रामा बेलुनहरू फालिरहेको छ आजसम्म ख्यङिदो लगायत देशभर करिब १५० बेलुनहरू फेला परेका छन्। दक्षिण कोरियालाई निशाना बनाएर फालेका उत्तर कोरियाका बेलुनहरू घर हरु भएको क्षेत्रमा मात्र नभई सडक र खुला ठाउँमा पनि भेटिएका छन । यस अघी सन २०१६ मा पनि उत्तर कोरियाले पठाएका यस्ता फोहोर बेलुनले सवारी साधन र घरहरूलाई क्षति पुर्याएको थियो   अहिले पठाएका १५० बेलुनहरू मध्ये केही भुइँमा खसे, भने अन्य उड्न जारी राखइरहेको श्रोतले जनाएको छ।ज्वाइन्ट चिफ अफ स्टाफका अनुसार, सेनाको केमिकल, बायोलोजिकल र रेडियोलोजिकल र्‍यापिड रेस्पोन्स टीम (सीआरआरटी) र एक्सप्लोसिभ अर्डनेन्स डिस्पोजल (ईओडी) लाई भुइँमा खसेको बेलुन सङ्कलन गर्न पठाइएको र फोहोर हरु फोहोरको सरोकारवाला निकायले विस्तृत विश्लेषण गरिरहएको बताएका छन उत्तर कोरियाक...
“धौलागिरी सांगितिक सौगात भाग -४” को लगभग साढे दुइ करोड वचत ५ लाख वन सहयोग रकम उठ्नै बाकि

“धौलागिरी सांगितिक सौगात भाग -४” को लगभग साढे दुइ करोड वचत ५ लाख वन सहयोग रकम उठ्नै बाकि

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा सलनालको दोश्रो दिन भएको “धौलागिरी सांगितिक सौगात भाग-४” को आय-व्यय सार्वजनिक भएको छ। बाग्लुङ समाज दक्षिण कोरियाद्वारा दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा आइतबार धौलागिरी सांगीतिक सौगात भाग-४ को सम्मान,धन्यवाद ज्ञापन तथा आयव्यय सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आर्थिक संयोजक राजु नेपालीले धौलागिरी सांगीतिक सौगात भाग ४ को आय व्यय सार्वजनिक गर्दै सबै खर्च कटाएर लगभग साढे २ करोड वन बचत भएको जनाउनुभयो। आर्थिक सहयोग (फ्रेम सङ्कलन) वाट ४ करोड ९ लाख ८४ हजार ६४८ वन , टिकट बिक्री बाट २ करोड ६० लाख १० हजार वन, स्पोन्सर तथा खाजा बिक्रीबाट २६ लाख वन, संस्थागत सहयोगबाट १९ लाख ६५ हजार वन गरि जम्मा ७ करोड १५ लाख ५९ हजार...
डम्बर सुब्बा दक्षिण कोरिया स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठनको प्रमुखमा चयन

डम्बर सुब्बा दक्षिण कोरिया स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठनको प्रमुखमा चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठन अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको संगठन पुनर्गठन एवं पिकनिक कार्यक्रमबाट डम्बर सुब्बा (डम्बर कुमार लिम्बु) को प्रमुखत्व मा नयाँ कार्यसमिति पुनर्गठन भएको छ। “परिवर्तनमा तपाईँ हाम्रो एकता, राष्ट्र निर्माणमा प्रवासको सहभागिता” भन्ने मूल नाराका साथ स्थापित प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको मे २५ र २६ तारिखका दिन गणेश तिमल्सिनाको संयोजकत्वमा छनान् मा सम्पन्न भएको पुनर्गठन तथा पिकनिक कार्यक्रम बाट डम्बर सुब्बाको प्रमुखत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो। कविराज लिम्बु उपप्रमुख रहेको कार्यसमितिमा सचिवमा हरिप्रसाद भण्डारी, कोष नियन्त्रकमा रुक्माङ्गत पौडेल र सदस्यहरूमा राजकुमार घलान,बीरबल खड्का,अर्जुन बराली, सन्तोष डंगोल,रमा दुलाल ,वीरबहादुर तामाङ, जगदीश कुमार शाह रहेका छन्। दक्षिण कोरियामा विभिन्न पेश...
“पुजार सार्की” फेन्थेकमा जुन २ मा लाग्ने

“पुजार सार्की” फेन्थेकमा जुन २ मा लाग्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’‌ आउँदो जुन २ तारिखका दिन फेन्थेक मा प्रदर्शन हुने भएको छ। “आपतकालीन राहतकोष सहयोगार्थ” जुन २ तारिख आइतबारका दिन फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टर द्वारा फेन्थेकमा रहेको 평택 대학교/ 경기도평택시 서동대로 3825 (대학원 소강당)मा पहिलो शो बिहान ११:३० बजे र दोस्रो शो दिउँसो २:३० बजे प्रदर्शन हुने भएको हो। सुर्खेत समाज दक्षिण कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको चलचित्र “पुजार सार्की” कोरियाभर मे २६ तारिखदेखि प्रदर्शन हुन गइरहेको छ। फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टरले स्थापनाकालदेखि नै हरेक वर्ष नयाँ नयाँ कार्यक्रम तथा योजनाहरू गर्दै सेल्टरलाई थप व्यवस्थित एवं मर्यादित गर्दै आइरहेको छ। नेपाली नेपाली चलचित्रलाई हेरेर मनोरञ्जन लिनुको साथै सामाजिक कार्...
गृहमन्त्रीविरुद्ध सडक प्रदर्शन गर्ने कांग्रेसको निर्णय- शुक्रबार भ्रातृ संगठनलाई उतार्ने

गृहमन्त्रीविरुद्ध सडक प्रदर्शन गर्ने कांग्रेसको निर्णय- शुक्रबार भ्रातृ संगठनलाई उतार्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा उत्रिने निर्णय गरेको छ । सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्ने भएको हो । जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा उतार्ने निर्णय भएको छ । बैठकस्थलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै नेतृ डिला संग्रौलाले आवश्यकताको उपत्यकाबाहिर प्रदर्शन गर्न थप कार्यक्रम लैजाने बताइन् ।...
नेपालमा सुरक्षित रकम भुक्तानीदेखि दक्षिण कोरियाको विभिन्न कार्यक्रम र सामाजिक कार्यमा समेत सेन्ट-वी रेमिट्यान्स

नेपालमा सुरक्षित रकम भुक्तानीदेखि दक्षिण कोरियाको विभिन्न कार्यक्रम र सामाजिक कार्यमा समेत सेन्ट-वी रेमिट्यान्स

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपालीहरूको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्स नेपालमा सुरक्षित साथ रकम भुक्तानी गर्न मात्र नभई सामाजिक कार्यमा पनि अग्रसर रहँदै आइरहेको छ।  मासिक रूपमा रेमिट्यान्स कम्पनीले विभिन्न स्किम आयोजना गरेर सामाजिक कार्यहरूमा पनि सहकार्य गर्दै आइरहेको छ। दक्षिण कोरियाबाट नेपालमा रकम पठाउँदा बुल्लेट बाइक देखि भेस्पा सम्म पाउने इभेन्ट सञ्चालन गरिसकेको सेन्ट- वी रेमिट्यान्सले गत मार्च महिनामा मात्र नेपाली विद्यार्थी समाज (SONSIK) सँगको सहकार्यमा मार्च महिनाको इभेन्टमा प्रत्येक कारोबारमा नेपाली रु ५० (कोरियन ५०० वन) सिधै नेपाल स्थित विपन्न विद्यार्थीहरूको शैक्षिक अवस्था सुधारका लागि जम्मा गरेर चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ स्थित आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरिएको थियो। यति मात्रै नभएर सेन्ट-वी रेम...
जुन ९ मा NCC रनिङ भलीबल कप हुने

जुन ९ मा NCC रनिङ भलीबल कप हुने

Breaking News, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरियामा रहेका नेपाली संघसंस्थाहरूको माउ सस्थाको रूपमा चिन्दै आएको नेपाली सम्पर्क समिति दक्षिण कोरियाले यहि आउदो जुन ९ तारिखका दिन एनसिसी रनिङ भलिबल कप २०२४ आयोजना गर्नुभएको छ।  “सुरक्षित जीवन स्वास्थ्यमा ध्यान, खेलकुद विकास राष्ट्रलाई देन” भन्ने मुल नाराका साथ सुवन स्थित आजु युनिभर्सिटीको भलिबल स्टेडियममा मा हुने प्रतियोगितामा सहभागी हुनका लागि यही जुन २ तारिखसम्म THAPA MAGAR DEEPAK को NONGHYUP BANK मा रहेको खाता नम्वर 3521580498263 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन जम्मा गर्नुपर्नेछ। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः२५ लाख र १५ लाख कोरियन वोन प्रदान गरिने र सान्त्वना स्थान प्राप्त टिमले ५/५ लाख कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक लोचन राईले बताउनुभएको छ। यसै गरि अन्य विध...
गायक रवि ओड प्रहरी नियन्त्रणमा

गायक रवि ओड प्रहरी नियन्त्रणमा

Breaking News, जानकारी, भर्खरै
  वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।...
NCC ले आउदो छुसकको लागि कार्यक्रम बाडफाड मे २६ मा गर्दै

NCC ले आउदो छुसकको लागि कार्यक्रम बाडफाड मे २६ मा गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
बिशाल आवाज :नेपाली सम्पर्क समिती(NCC) ले कोरियाको महान चाँड छुसक को अबसरमा बिभिन्न नेपाली संघ सस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रम बाडफाड यही २६ तारिक सुवनमा रहेको Delhi Daba restaurant को चौथो तल्लाको कामना सभा तथा सेमिनार हलमा गर्ने भएको छ ।  गत अप्रिल 28 तारिकमा प्रादेशिक संस्था र नेपाली सम्पर्क समिति NCC को दोस्रो बिस्तारिक बैठक द्वारा सर्बसम्मत रुपमा मे 26 तारिक बाँडफाँड गर्ने मिति तय भएको हो ।कार्यक्रमका नाउमा नेपाली समाजनै बिखन्डन हुने  र अस्वस्थ प्रतिस्पर्धाले फाईदा नपुग्ने हुनाले यसपाली सबैलाई मिलाएर लैजानुपर्ने सबैको आशय रहेको बताउदै सुदुर पश्चिम समाजका भिम जागृत,लुम्बिनी प्रदेश समाजका संयोजक हिमाल खनाल , कर्णाली प्रदेशका अध्यक्ष धर्मराज जोशी ,गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविन गिरी ,बागमती प्रदेश एकता समाजका अध्यक्ष बि.पि .पौडेल ,पुर्बान्चल सरोकार समाजका महासचिव केदार न...
नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने

नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने

Breaking News, जानकारी, भर्खरै, समाचार
“२५६८ औं बुद्धजयन्ती” को अवसरमा सउल नेपाल गुम्बा र नेपाली राजदुतबास सउलको आयोजना र नेपाल बौद्ध परिवार, एनआरएनए, नेपाली सम्पर्क समिति (एनसीसी), जनजाती महासघं, पाँच स, सोनसिक लगायतका विभिन्न क्षेत्रीय, जातीय, धार्मिक संघ-संस्थाहरूले सहआयोजनामा परेड र बृहत सांस्कृतिक कार्यक्रम मे १९ तारिख जोगेसामा मनाउने भएको छ । उक्त कार्यक्रम परेड (र्याली)मा नेपालको झण्डा, बुद्ध प्रतिमा, सगरमाथाको पोष्टर पम्पेल्ट, राष्ट्रिय पोषक, बाजागाजा, नृत्य गायन लगायतका विविध सांस्कृतिक प्रस्तुती, बुद्ध प्रवचन गरि मनाउने भएकोले कोरियावासी नेपाली समुदाय र कोरियाली बौद्ध धर्म अनुयायीहरूमा सहभागिताका लागि सउल नेपाल गुम्बाका संस्थापक तथा लामा प्रमुख कुन्साङ दोर्जे लामाले अनुरोध गरेका छन् ।  गत शनिवार जुम भर्च्युअलमा बसेको छलफलका क्रममा नेपाली राजदुतवास सउलका उपनियोग प्रमुख पुष्पराज भट्टाराईले विश्वमा नेपालीलाई सगरमाथ...