विशाल आवाज:राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठन अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको संगठन पुनर्गठन एवं पिकनिक कार्यक्रमबाट डम्बर सुब्बा (डम्बर कुमार लिम्बु) को प्रमुखत्व मा नयाँ कार्यसमिति पुनर्गठन भएको छ।
“परिवर्तनमा तपाईँ हाम्रो एकता, राष्ट्र निर्माणमा प्रवासको सहभागिता” भन्ने मूल नाराका साथ स्थापित प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको मे २५ र २६ तारिखका दिन गणेश तिमल्सिनाको संयोजकत्वमा छनान् मा सम्पन्न भएको पुनर्गठन तथा पिकनिक कार्यक्रम बाट डम्बर सुब्बाको प्रमुखत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो। कविराज लिम्बु उपप्रमुख रहेको कार्यसमितिमा सचिवमा हरिप्रसाद भण्डारी, कोष नियन्त्रकमा रुक्माङ्गत पौडेल र सदस्यहरूमा राजकुमार घलान,बीरबल खड्का,अर्जुन बराली, सन्तोष डंगोल,रमा दुलाल ,वीरबहादुर तामाङ, जगदीश कुमार शाह रहेका छन्।
दक्षिण कोरियामा विभिन्न पेशामा आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य तथा शुभेच्छुक लगायत कोरियामा रहेका विभिन्न सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।