बिशाल आवाज: दक्षिण कोरियामा क्रियाशील किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो स्थापना भएको २५औँ वर्षको अवसरमा आगामी ६ र ७ सेप्टेम्बर २०२५ मा “रजत जयन्ती विशेष भेटघाट तथा वृहत वनभोज कार्यक्रम” गर्ने भएको छ।
हाम्रो पहिचान र अस्तित्वका लागि एक हौँ भन्ने मूल नारासहित आयोजना हुने यो विशेष कार्यक्रम 충청남도 태안군 원북면 신두해변길 199 स्थित ‘Sky & Sea Ocean Resort’ मा हुनेछ। पहिलो दिन शनिबार दिउसो ५ बजेदेखि सुरु भई, आइतबार बिहान ११ बजेसम्म कार्यक्रम निरन्तर सञ्चालन हुनेछ।
बस छुट्ने समय : ६ सेप्टेम्बर (शनिबार) दिउँसो ४:०० बजे, दोङ्देमुन ३ नम्बर गेटबाट।
कार्यक्रममा लिम्बू जातिको मौलिक नाच–के:लाङ, धान नाच (या:लाङ), हाक्पारे, ख्याली लगायतका सांस्कृतिक प्रस्तुति हुनेछन्। साथै, छेलो हान्ने, धनुषकाँड हान्ने, म्युजिकल चेयर, हाँडी फुटाउने, बेलुन फुटाउने (महिला विशेष) तथा पुरुष फुटसलजस्ता रमाइला ख...
२८ श्रावण २०८२, मंगलवार ०३:४५२८ श्रावण २०८२, मंगलवार ०३:४५२८ श्रावण २०८२, मंगलवार ०३:४५ by एलिनाNo Comments
सौलस्थित नेपाली दूतावासले आज एक सूचना प्रकाशित गर्दै आगामी १५ अगस्ट २०२५ (शुक्रबार) का दिन दूतावास बन्द रहने जनाएको छ। सो दिन कोरियामा “National Liberation Day of Republic of Korea” सार्वजनिक बिदा पर्ने भएकाले दूतावासका सबै सेवा स्थगित हुने सुचनामा जनाइएको छ ।
सूचना अनुसार, सामान्यतया हरेक शुक्रबार दिउँसो ३ बजे खुल्ने e-Passport Online Pre-enrollment Form सेवा यसपटक एक दिन अघि १४ अगस्ट बिहीबार दिउँसो ३ बजे नै सञ्चालन गरिनेछ ।
यस्तै, सेवाग्राहीहरूको गुनासो लाई मध्यनजर गर्दै शुक्रबार ३ बजे खोलिने फर्म अब देखी e-Passport Online Pre-enrollment Form शुक्रबार दिनको ५ बजे मात्र खोलिने दूतावासले जनाएको छ।...
२८ श्रावण २०८२, मंगलवार ०१:११२८ श्रावण २०८२, मंगलवार ०१:११२८ श्रावण २०८२, मंगलवार ०१:११ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको ख्यङ्जु (Gyeongju) मा कार्यरत इलामका एक नेपाली युवकको मोटरसाइकल दुर्घटनापछि उपचारकै क्रममा निधन भएको छ।
इलाम जिल्ला, सूर्योदय नगरपालिका–९ रम्फोकका ३४ वर्षीय सागर राई करिब २ वर्ष ३ महिना अघि रोजगारीको लागि ईपीएस (EPS) प्रणालीमार्फत कोरिया आएका थिए। ख्यङ्जुस्थित मोह्वामा कार्यरत राईको २०२५ अगस्ट ९ मा मोटरसाइकल दुर्घटना भएको थियो। गम्भीर घाइते भएपछि उनलाई डोङ्गुक विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो।
लगातार उपचार भए पनि अवस्था सुधार नहुँदा दुर्घटनापछि तेस्रो दिन अर्थात् अगस्ट ११ मा उनको असामयिक निधन भएको हो। पोस्टमार्टम प्रक्रिया सम्पन्न भइसकेको र अस्पतालमा लामो समय शव राख्न नसकिने भएकाले, परिवार र आफन्तसँगको सहमतिमा शव नेपाल पठाउने तयारी भइरहेको छ।
कोरियामा रहेका सम्पूर्ण नेपालीहरूलाई यातायातका नियम पालना गर्न, सुरक्षा उपकरणको प्रयोग गर्न तथा सडकमा अधिक सतर्क रह...
२७ श्रावण २०८२, सोमबार १३:४८२७ श्रावण २०८२, सोमबार १३:४८२७ श्रावण २०८२, सोमबार १३:४८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज–सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर २१ तारिकका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ आयोजना हुने भएको छ।
सन् २०१४ मा “आपसी सहयोग, सद्भाव र सदाचारसिन्धुपाल्चोक बासीको मिलनको आधार” भन्ने मूल नारासहित स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले यही २०२५ सेप्टेम्बर २१तारिख आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ खेलाइने भएको हो। “जहाँ नेपाली सद्भाव, एकता र भाइचारा, अनुशासन, स्वास्थ्य र खेलकुद हाम्रो अभिभारा” भन्ने उद्देश्यका साथ, हाल समाजद्वारा सञ्चालित ‘विपन्न वर्ग बालबालिका छात्रवृत्ति कोष’ अभिवृद्धि गर्ने मुख्य हेतुले यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। बिहान ७ बजेबाट सुरु हुने प्रतियोगितामा टिम दर्ताको अन्तिम मिति २०२५ सेप्टेम्बर १३ र टाइसिट...
२७ श्रावण २०८२, सोमबार ०८:१७२७ श्रावण २०८२, सोमबार ०८:१७२७ श्रावण २०८२, सोमबार ०८:१७ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज– दक्षिण कोरियामा कार्यरत E–9 भिसा धारक श्रमिकहरूका लागि ठूलो परिवर्तन ल्याउने प्रस्तावबारे छलफल तीव्र भइरहेको छ। कोरियाको योजना तथा वित्त मन्त्रालयका अनुसार, पुनःप्रवेश (Re-entry) बिना नै लगातार १० वर्षभन्दा बढी बस्न दिने कानुन यस वर्षभित्रै पारित हुने सम्भावना रहेको बताइएको छ।
यो प्रस्ताव अघिल्लो सरकारले अघि सारेको हो, जसअन्तर्गत हालको ४ वर्ष १० महिनाको सीमालाई हटाएर निश्चित मापदण्ड पूरा गर्ने श्रमिकलाई ३ वर्षको अन्तरालमा कोरियामै कार्य अवधि नवीकरण गर्ने सुविधा दिन सकिनेछ।
प्रस्तावित प्रारम्भिक मापदण्ड:
1. लगातार २ वर्ष एउटै कम्पनीमा काम गरेको हुनुपर्ने।
2. कोरियाली भाषा दक्षता (TOPIK) मा न्यूनतम स्तर ३ हासिल गर्नुपर्ने।
हालको E–9 प्रणालीमा, श्रमिकले अधिकतम ४ वर्ष १० महिना मात्रै काम गर्न पाउँछन्। त्यसपछि उनीहरूले नेपाल वा आफ्नो मुलुक फर्केर पुनः आवेदन गर्नुपर्छ। यद्...
२७ श्रावण २०८२, सोमबार ०६:३१२७ श्रावण २०८२, सोमबार ०६:३१२७ श्रावण २०८२, सोमबार ०६:३१ by एलिनाNo Comments
बिशाल आवाज– दक्षिण कोरियामा सक्रिय नेपाली आदिवासी जनजाति महासंघको आयोजनामा सौलमा ३१औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव २०२५ भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको नेतृत्वमा १२ वटा जातीय संगठन, फोनिज कोरिया र दुई वटा साहित्यिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत महामहिम शिवमाया तुम्बाहाङ्फे प्रमुख अतिथि रहेकी थिइन्। कार्यक्रममा कोरिया भरिका विभिन्न संघ–संस्था र नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो।
‘प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर’ तथा ‘युनिस्को र आइएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मूल सन्देश बोकेको यो महोत्सव प्रवासमा रहेका नेपालीलाई आफ्नो संस्कृति, पहिचान र मौलिकतासँग जोड्ने उद्देश्यका साथ आयोजना गरिएको हो। कार्यक्रम...
२७ श्रावण २०८२, सोमबार ०६:२०२७ श्रावण २०८२, सोमबार ०६:२०२७ श्रावण २०८२, सोमबार ०६:२० by एलिनाNo Comments
ग्येरेयोंग, दक्षिण कोरिया – अगस्त ७ देखि ११, २०२५ सम्मको अवधिमा ग्येरेयोंग सिभिक जिम्नेसियममा आयोजित १० औं MBC कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी सिता तामाङले व्यक्तिगत महिलाको सिनियर सिङल पुम्सेमा गोल्ड मेडल जितेर ऐतिहासिक सफलता हासिल गरिन्। यसैगरी, नेपाली टोलीले पेर पुम्से (द्विपक्षीय रूप रुटिन) विधामा पनि गोल्ड मेडल जित्दै समग्र प्रदर्शनलाई अझ चम्काएको छ।
यो प्रतियोगिता देजेओन MBC द्वारा आयोजित गरिएको थियो, जसमा विभिन्न देशका खेलाडीहरू सहभागी थिए। सिता तामाङको उत्कृष्ट प्रदर्शनले नेपाली खेलकुद प्रेमीहरुमा गर्वको अनुभूति दिएको छ भने आगामी प्रतियोगिताहरुमा समेत सफलताको आशा जगाएको छ।...
२५ श्रावण २०८२, शनिबार १०:१९२५ श्रावण २०८२, शनिबार १०:१९२५ श्रावण २०८२, शनिबार १०:१९ by एलिनाNo Comments
दक्षिण कोरियाका श्रम तथा रोजगार मन्त्री किम यङ-हुनले विदेशी कामदारमाथि सम्मानजनक व्यवहार गर्न स्पष्ट निर्देशन दिएका छन्।
अगस्ट ८ मा उत्तर जिओल्ला प्रान्तको वान्जु–गुनस्थित एक कृषि फार्म निरीक्षण गर्दै उनले,
“‘야’, ‘야이’ वा ‘너’ जस्ता अपमानजनक सम्बोधन नगरी उनीहरूको नाम लिएर बोलाउनुस्” भन्ने आग्रह गरे।
हालै विदेशी कामदारमाथि दुव्र्यवहार, विभेद र मानव अधिकार उल्लङ्घनका घटनाहरू बढ्दै गएको पृष्ठभूमिमा मन्त्रीको यो अभिव्यक्ति आएको हो।
निरीक्षणका क्रममा मन्त्री किमले कामदारहरूको बासस्थानमा जाडो–गरमी नियन्त्रण सुविधा,
गर्मी लहरका पाँच आधारभूत सुरक्षा नियमको पालना, र कार्यस्थलको अवस्था समेत अनुगमन गरे।
साथै उनले “नाम लिएर बोलाउने अभियान” सुरु गर्ने घोषणा गरे।
रोजगारी अनुमति प्रणाली (Employment Permit System) अन्तर्गतका सबै कामदारलाई कोरियन भाषामा नाम लेखिएको नेम ट्याग वितरण गर्ने ...
२४ श्रावण २०८२, शुक्रबार ०४:२२२४ श्रावण २०८२, शुक्रबार ०४:२२२४ श्रावण २०८२, शुक्रबार ०४:२२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको राजधानी सिओलस्थित शिल्ला होटलमा, कोरियाली श्रम मन्त्रालय (Ministry of Employment and Labor) र HRD Korea को आयोजनामा EPS Conference 2025 भव्य रूपमा सम्पन्न भएको छ।
२०२५ अगस्ट ६ तारिख सम्पन्न कार्यक्रममा कोरियाका श्रम तथा रोजगार मन्त्री माननीय किम यंग–हूनको प्रमुख आतिथ्यता रहेको थियो।
सम्मेलनमा नेपालकी राजदूत डा. शिवमाया तुम्बाहाङ्फे, श्रम काउन्सेलर मैया कडेल, साथै १७ श्रमिक आपूर्ति गर्ने देशका राजदूत, HRD अध्यक्ष, नीति निर्माता र सरोकारवाला अधिकारीहरूको उपस्थिति थियो।
सम्मेलनको मुख्य विषयवस्तु श्रमिकहरूको सीप अभिवृद्धि, कार्यस्थलको सुरक्षा, EPS प्रणालीको दिगोपन, र नीतिगत पहुँचको विस्तार थियो। सहभागी मुलुकका प्रतिनिधिहरूले EPS प्रणालीका व्यवहारिक अनुभव र सुधार आवश्यकतामाथि धारणा राखेका थिए।
नेपाली पक्षबाट महामहिम डा. तुम्बाहाङ्फेले EPS परीक्षा पास गर्नेको संख्या...
२३ श्रावण २०८२, बिहीबार १३:३७२३ श्रावण २०८२, बिहीबार १३:३७२३ श्रावण २०८२, बिहीबार १३:३७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज : प्रवासी भूमिमा रहेका नेपालीहरूको सांस्कृतिक पहिचानलाई बचाइराख्ने उद्देश्यसहित, बागलुङ समाज दक्षिण कोरिया (थेगु शाखा)ले यही अगस्ट २४, २०२५ आइतबारको दिन विशेष तीज कार्यक्रम आयोजना गर्न लागेको छ। “हरितालिका तीज विशेष – २०२५” शीर्षकमा आयोजना हुने “नाच्छ कोरिया” कार्यक्रम कोरियाको थेगुस्थित 동구 동촌로 28 (구, 르네상스) मा दिउँसो ११ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ।
कार्यक्रममा तीजका पारम्परिक भाकाहरू, लोकनृत्य तथा स्वदेशी स्वादका परिकारहरू प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ। गीत संगीतको बहारमा रमाउँदै मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न बागलुङ समाजले प्रवासमा बसोबास गरिरहेका नेपालीहरूलाई सुसंस्कृत तवरले एक ठाउँमा जोड्ने प्रयासस्वरूप यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा लोकप्रिय गायिका रितु थापा मगर, उमा श्रेष्ठ, जितनभाई श्रीस मगर, मिना छन्त्याल, गायक टिका पौडेल, सोम प्रका...