Advertisement
Advertisement

कास्की परिवार, दक्षिण कोरिया ख्याङ्सानाम्दो शाखाको तेस्रो अधिवेशन सम्पन्न

Advertisement
Advertisement

कास्की परिवार, दक्षिण कोरिया ख्याङ्सानाम्दो शाखाले आफ्नो तेस्रो अधिवेशन किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको सभाहलमा भव्यताका साथ सम्पन्न गरेको छ। ख्याङ्साङ–बुसान क्षेत्रका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, अगुवा तथा समुदायजनहरूको बाक्लो उपस्थिति रहेको अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

अधिवेशनले आगामी २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। सर्वसम्मत निर्णयअनुसार अध्यक्षमा रमेश थापा, उपाध्यक्षमा सिता बि.क. (साथै अर्को उपाध्यक्ष कार्यसमितिबाट मनोनित हुने), सचिवमा सन्जिव बराल, सह-सचिवमा सूर्य मोहन खनाल, कोषाध्यक्षमा टेक प्रसाद दाहाल, सह-कोषाध्यक्षमा कल्पना काफ्ले निर्वाचित भएका छन्। कार्यसमितिमा सदस्यका रूपमा कल्पना अधिकारी, बिनिस थापा मगर, रबिन्द्र थापा, चिन्तामणि सुवेदी, राजेन्द्र परियार, ॐ भण्डारी, आदिति खड्का र अमर बि.क. चयन भएका छन्।

अधिवेशनले दोस्रो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका निवर्तमान अध्यक्ष टेकनाथ बराल र सम्पूर्ण कार्यसमितिप्रति आभार व्यक्त गर्दै उनीहरूको योगदानको प्रशंसा गरेको छ। नवनिर्वाचित अध्यक्ष रमेश थापा सहित सम्पूर्ण पदाधिकारीलाई उपस्थित अतिथिहरूले हार्दिक बधाई दिँदै आगामी कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

“सङ्गठित समूह नै परदेशको सहारा हो” भन्ने नारालाई आत्मसात गर्दै नयाँ कार्यसमितिले आगामी दिनमा अझ सशक्त रूपमा समुदायको हितमा काम गर्ने प्रतिबद्धता प्रकट गरेको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको आयोजकहरूले जनाएका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×