Advertisement
Advertisement

ख्यङ्गि फेन्थेकमा खुल्यो सुविधा सम्पन्न ‘नवलपुर सेल्टर’

Advertisement
Advertisement

फेन्थेक (कोरिया)। कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै 경기도 (ख्यङ्गि) प्रान्तको फेन्थेक शहरमा नवलपुर समाज दक्षिण कोरियाले सुविधा सम्पन्न ‘नवलपुर सेल्टर’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

आइतबार आयोजित विशेष कार्यक्रममा दक्षिण कोरियामा सक्रिय विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा भव्य उद्घाटन गरिएको हो। कार्यक्रममा समाजका अध्यक्ष हरि कंडेलको अध्यक्षता, संरक्षक सुजन श्रेष्ठको प्रमुख आतिथ्यता, प्रथम अध्यक्ष हेम पाठक, संरक्षक आर.पी देवकोटा, कलाकार एवं समाजसेवी बिष्णु पाण्डेको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा संस्थाका सचिव नविन मानन्धरले सञ्चालन गर्नुभएको थियो भने, सल्लाहकार किसन पौडेल, श्री कंडेल, पुरुषोत्तम अर्याल, वरिष्ठ उपाध्यक्ष मनोज पंगेनी, उपाध्यक्ष खेम पंगेनी, संगठन विभाग प्रमुख पाण्डव खनाल लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य दिएका थिए।

समाजका संरक्षक सुजन श्रेष्ठको अथक प्रयास र योगदानकै कारण सेल्टर मूर्त रूप लिन सफल भएको आयोजकहरूले बताएका छन्। कार्यक्रममा संरक्षक, सल्लाहकार तथा आजिवन सदस्यहरूलाई विशेष सम्मानसमेत गरिएको थियो।

यस सेल्टरमा विशेषगरी काम छोडेर बस्नुपरेका, आपत्कालीन अवस्थामा परेको वा अस्थायी आश्रय चाहिने नेपालीहरूले आफ्नोपनका साथ बस्न सक्ने व्यवस्था गरिएको छ। नवलपुर समाज दक्षिण कोरियाका अध्यक्ष हरि कण्डेलले सेल्टरले नेपाली समुदायलाई ठूलो राहत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

नवलपुर समाजका पदाधिकारीहरूले यो सेल्टर नवलपुरबासी मात्र नभई सम्पूर्ण नेपालीहरूको साझा आश्रयस्थल हुने बताएका छन्। साथै, परदेशमा सामाजिक सुरक्षाको नयाँ अध्यायको सुरुवात भएको भन्दै सबै सहयोगी र शुभेच्छुकप्रति आभार व्यक्त गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×