Advertisement
Advertisement

Day: १६ भाद्र २०८२, सोमबार १३:२९

दक्षिण कोरियामा माओवादीको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा महाशाखाको प्रथम भेला सम्पन्न

दक्षिण कोरियामा माओवादीको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा महाशाखाको प्रथम भेला सम्पन्न

Breaking News, जानकारी, भर्खरै, समाचार
  आइतबारका दिन जुम भर्चुअल माध्यममार्फत नेकपा (माओवादी केन्द्र) निकट प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया मातहतको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा दक्षिण कोरिया महाशाखा को प्रथम भेला भव्यतापूर्वक सम्पन्न भएको छ। भेलामा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य मुक्सामहाङ मेन्याङ्बो “क. मुकेश” प्रमुख अतिथि रहेका थिए भने नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका अध्यक्ष क. जीवन खतिवडा विशिष्ट अतिथिको रूपमा सहभागी भएका थिए। साथै अन्य जिम्मेवार नेताहरूको पनि विशेष आतिथ्य रहेको थियो। “किराँत लिम्बुवान कोचीला प्रदेश” नामाङ्कनको प्रस्ताव: प्रमुख अतिथि क. मुक्सामहाङ मेन्याङ्बोले भेलालाई सम्बोधन गर्दै पार्टीले छिट्टै कोशी प्रदेशसभामा नयाँ नामाङ्कनका लागि फरक मत प्रस्तुत गर्ने जानकारी दिए। उनले माओवादी निकट लिम्बुवान...
छुसकमा कोरियामा गुन्जिँदै सुजन चापागाईं एण्ड द इन्फिनिटी ब्याण्ड  

छुसकमा कोरियामा गुन्जिँदै सुजन चापागाईं एण्ड द इन्फिनिटी ब्याण्ड  

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज – कोरियामा रहेका नेपालीहरूले यसपालिको छुसक पर्वलाई विशेष बनाउन पाउने भएका छन्। पाँचथर सेवा समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको “पाँचथर सांगीतिक सौगात भाग–२ (२०२५)” अन्तर्गत चर्चित गायक सुजन चापागाईं एण्ड द इन्फिनिटीले दक्षिण कोरियामा लाइभ प्रस्तुत गर्ने भएका छन्। “ग्रामीण क्षेत्रको शिक्षामा सहयोगार्थ साथै आपतकालीन राहत कोष अभिवृद्धि” मूल उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रममा नेपाली सांगीतिक आकाशका लोकप्रिय आवाज श्रेया राइ र नोगेन लिम्बुको पनि प्रस्तुत हुने भएका छन्। कार्यक्रम २०२५ अक्टोबर ५ (आइतबार) का दिन राजधानी सउलको KUKKIWON, गंगनम मा भव्य रूपमा हुने तय भएको छ।गेट अपराह्न २ बजे खुल्नेछ भने लाइभ प्रस्तुति साँझ ५:३० बजेबाट सुरु हुनेछ। पाँचथर सेवा समाज दक्षिण कोरियाका अध्यक्ष रमेश लावतीका अनुसार, “पाँचथर सांगीतिक सौगात भाग–२” कार्यक्रम प्रवासी नेपालीबीच भाईचारा...
किम्हेमा GKS Korea को आयोजनामा प्रथम बुद्धिचाल प्रतियोगिता सम्पन्न, बिकास राईले ट्रफी चुमे

किम्हेमा GKS Korea को आयोजनामा प्रथम बुद्धिचाल प्रतियोगिता सम्पन्न, बिकास राईले ट्रफी चुमे

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  बिशाल आवाज –कोरियामा रहेका नेपाली युवाहरूलाई खेल, मनोरञ्जन मात्र नभई बौद्धिक विकासतर्फ पनि उन्मुख गराउने उद्देश्यसहित GKS Korea ले किम्हेमा आईतवार पहिलोपटक बुद्धिचाल (Chess) प्रतियोगिता सम्पन्न गरेको छ। “प्रवासमा नेपाली भाईचारा र बौद्धिक विकासमा पहल” भन्ने मूल नारासहित ४० जना प्रतियोगी रहेको प्रतियोगितामा बिकास राई प्रथम हुँदै ट्रफी चुम्न सफल भए।त्यसैगरी, सुमन राई दोस्रो हुँदै उत्कृष्ट प्रदर्शन गरे,र बिबश सम्बाहाम्फे तेस्रो हुँदै पुरस्कार प्राप्त गर्न सफल भए। विजेताहरूमध्ये पहिलो स्थान हासिल गर्दै बिकासले ₩१० लाख नगदसहित ट्रफी प्राप्त गरे। दोस्रो हुँदै सुमनले ₩३ लाखसहित ट्रफी अनी तेस्रो हुँदै बिबशले ₩१ लाख सहित ट्रफी पुरस्कार प्राप्त गरेका छन्। कार्यक्रम GKS Korea को आफ्नै सभाहलमा भव्य रूपमा सम्पन्न गरिएको थियो। आयोजकहरूले यस प्रतियोगिताको उद्देश्य प्रवासी जीवनमा बढ्...
ख्यङ्गि फेन्थेकमा खुल्यो सुविधा सम्पन्न ‘नवलपुर सेल्टर’

ख्यङ्गि फेन्थेकमा खुल्यो सुविधा सम्पन्न ‘नवलपुर सेल्टर’

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
फेन्थेक (कोरिया)। कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै 경기도 (ख्यङ्गि) प्रान्तको फेन्थेक शहरमा नवलपुर समाज दक्षिण कोरियाले सुविधा सम्पन्न ‘नवलपुर सेल्टर’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। आइतबार आयोजित विशेष कार्यक्रममा दक्षिण कोरियामा सक्रिय विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा भव्य उद्घाटन गरिएको हो। कार्यक्रममा समाजका अध्यक्ष हरि कंडेलको अध्यक्षता, संरक्षक सुजन श्रेष्ठको प्रमुख आतिथ्यता, प्रथम अध्यक्ष हेम पाठक, संरक्षक आर.पी देवकोटा, कलाकार एवं समाजसेवी बिष्णु पाण्डेको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा संस्थाका सचिव नविन मानन्धरले सञ्चालन गर्नुभएको थियो भने, सल्लाहकार किसन पौडेल, श्री कंडेल, पुरुषोत्तम अर्याल, वरिष्ठ उपाध्यक्ष मनोज पंगेनी, उपाध्यक्ष खेम पंगेनी, संगठन विभाग प्रमुख पाण्डव खनाल लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य दिएका थिए। समाजका संरक्षक सुजन ...
आजको राशिफल: २०८२ भदौ १६ गते सोमबार

आजको राशिफल: २०८२ भदौ १६ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पनि आत्मविश्वास उच्च रहनेछ। प्रेम, सन्तान र सिर्जनात्मकतामा राम्रो सफलता मिल्नेछ। नयाँ अवसरहरू देखिन सक्छन्। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारजनसँग समय बिताउने अवसर मिल्नेछ। घरको जिम्मेवारीले थोरै थकान दिन सक्छ, तर सन्तुष्टि मिल्नेछ। मनको कुरा खुलाउनु राम्रो हुन्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) भेटघाट, कुराकानी र संचार सम्बन्धी कामहरूमा व्यस्तता बढ्नेछ। भाइबहिनी वा साथीभाइको साथ पाइनेछ। लेखनमा रुचि जाग्नेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पनि तपाईंको दिन चम्किलो देखिन्छ। व्यक्तित्व उज्यालो बन्नेछ। नेतृत्व गर्ने अवसर पाइनेछ। सम्मान र प्रशंसा प्राप्त हुने समय हो। कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो मन अलिकति गम्भीर वा एकान्तप्रिय हुन सक्छ। मानसिक रूपमा विश्राम आवश्यक। अध्यात्मतर्फ रुचि बढ्...