गणेश तामाङ योन्जनको प्रस्तुति तथा शब्दमा रहेको नयाँ तामाङ सेलो भाकाको गीत ‘चरी त बस्यो डालीमा’ यहि शुक्रबार सार्वजनिक हुँदैछ। गीतलाई Click Nepal YT मार्फत शुक्रबार दिउँसो ४:१५ बजे रिलिज गर्ने तयारी गरिएको छ।
गीतमा गायक आश्मान लोप्चन र गायिका सुमिना लो को स्वर रहेको छ भने संगीत तथा एरेन्ज विश्व दोङ ले गरेका हुन्। गीतलाई दिपेश प्रधान ले मिक्सिङ गरेका छन् भने रेकर्डिङ तथा निर्माण कार्य दोङ स्टुडियो मा गरिएको हो।
तामाङ समुदायको मौलिक भाकालाई आधुनिक शैलीमा प्रस्तुत गरिएको यो गीत दर्शक–श्रोतामाझ विशेष प्रिय हुने आशा लिइएको छ। गीतलाई थप आकर्षक बनाउन भिडियोमा समेत नवीनता दिन प्रयत्न गरिएको निर्माण पक्षले जानकारी दिएको छ।
‘चरी त बस्यो डालीमा’ मार्फत परदेशी नेपालीहरूलाई आफ्नै संस्कृति र परम्परासँग जोड्ने प्रयास गरिएको जनाएका छन्। गीतलाई प्रेम, उमंग र मौलिकतासँग जोडिएको सेलो भाका स्वरूप प्रस्तुत गरिएको छ।









