विशाल आवाज:मञ्जुश्री संम्वत २८६० औ (डुक ल्हो) ड्राइगन वर्ग सोनाम ल्होछारको अवसरमा सिन्धुपाल्चोक तामाङ समाज युएइको आयोजनामा फेब्रुअरी ४,२०२५ club SK7,बर दुबइमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
“मञ्जुश्री संम्वतको पात्रो अनुसार २८५९ हि ल्हो (बिरालो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६०औ ड्रुक ल्हो / मुला पुख्री बर्ष लाई स्वागत गर्न तामाङ समुदायको महान पर्ब सोनाम ल्होछारको अवसरमा सबैको रोजाईमा पर्न सफल चर्चित एवम बरिष्ठ गायक प्रेम लोप्चन र बहुचर्चित गित कालो चस्मा लाउ भन्छकि गायिका बरिष्ठ कलाकार डोमा ह्योल्मोको प्रस्तुति रहनेछ।निर्मला गोले र साङ्गे डोल्मा लामाले सन्चालन गर्ने कार्यक्रममा गायक हरु सन्जय लामा,अनिल स्याङ्बो,नक्पो लामा,अग्नि बोम्जन,इशान बोम्जनको गायन प्रस्तुति साथै सन्जिव थोकर,निशा घिसिङको धमकेधार नृत्य प्रस्तुति रहने आयोजकले जनाएको छ।
राष्ट्रिय...
१७ पुष २०८०, मंगलवार ०३:४२१७ पुष २०८०, मंगलवार ०३:४२१७ पुष २०८०, मंगलवार ०३:४२ by विशाल श्रेष्ठNo Comments
१७ पुस, काठमाडौं । जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् ।
सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् ।
भूकम्पपछि जापानको मौसम विभागले सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको थियो । तर पछि ती सूचनाहरु हटाइएको थियो ।
अहिले भूकम्प प्रभावित क्षेत्रहरुमा खोज तथा उद्धारको काम जारी रहेको जापानको सरकारी सञ्चार माध्यम एनएचकेले जनाएको छ । जापानको सेल्फ डिफेन्स फोर्स (एसडीएफ)का एक हजार जनशक्तिलाई खोज तथा उद्धार कार्यमा परिचालन गरिएको जापानका प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् । उनीहरु उत्तरी नोटो प्रायद्वीपमा समुद्री मार्गहरु स्थापना गर्न प्रयास गरिरहेको उनले बताएका छन् ।
...
१६ पुष २०८०, सोमबार १४:४११६ पुष २०८०, सोमबार १४:४११६ पुष २०८०, सोमबार १४:४१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा पनि अन्तराष्ट्रिय टोपी दिवस मनाइएको छ । राजधानी सउलको सउल स्टेशनबाट नेपाली टोपीमा सजिएका हातमा झण्डा र नेपालको पर्यटकिय स्थलका फोटा भएका ब्यानर बोकी करिब २ किलोमिटर पदयात्रामार्फत कोरियाको अग्लो टावर सउल टावरसम्म पुगीएको थियो ।
झन्डै डेढसय जना भन्दा बढी सहभागी भएको उक्त कार्यक्रम नेपाली राजदुतावास कोरिया, पर्यटन बोर्ड र एमआरआर कोरियाले आयोजना गरेको हो । नेपाली टोपी नेपालीको पहिचानसंग प्रत्यक्ष जोडिएको बिषय भएकाले देश विदेशमा यसरी टोपी दिवस मनाउदा पर्यटन र संस्कृति प्रवर्धनमा टेवा पुग्ने विश्वास कार्यक्रममा सहभागीहरुले गरेका छन् ।
८ बर्ष अघिदेखी हरेक बर्ष जनवरी १ तारिकलाइ टोपी दिवसको रुपमा विश्वभरी रहेका नेपालीहरुले मनाउँदै आएका छन् !...
१६ पुष २०८०, सोमबार १४:२५१६ पुष २०८०, सोमबार १४:२५१६ पुष २०८०, सोमबार १४:२५ by विशाल श्रेष्ठNo Comments
गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले गत २०२३ नेभेम्वर २६ तारिख सेल्टर स्थापनार्थ गर्ने उद्देश्यका साथ गरेको फुटसल कार्यक्रम वाट दोगंदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको पाचौं तलामा NRNA शेल्टर सुचारु गरेको छ।
गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले गत २०२३ नेभेम्वर २६ तारिख सेल्टर स्थापनार्थ गर्ने उद्देश्यका साथ गरेको फुटसल कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ।विपिन कुमार गुरुगंको अध्यक्षतामा आज बसेको NRNA कोरियाको केन्द्रिय कार्यसमितिको बैठकबाट आयव्यय पारित गरिएको महासचिव प्रशान्त राज बानियांले जानकारि दिनुभयो! २६ वटा फुटसल टिम सहभागि सहित भव्यताका सम्पन्न फुटसल को आयतर्फ टिम दर्ताबाट ७२ लाख वन र सहयोग रकम बाट ६८ लाख ७५ हजार वन गरि जम्मा १ करोड ४० लाख ७५ हजार वन र खर्च तर्फबाट १ करोड ९ लाख ६ हजार वन गरि जम्मा ३१ लाख ६९ हजार वन बचत भएको कार...
१३ पुष २०८०, शुक्रबार १३:३९१३ पुष २०८०, शुक्रबार १३:३९१३ पुष २०८०, शुक्रबार १३:३९ by विशाल श्रेष्ठNo Comments
बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। सन्दीपलाई कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ।
१६ देखि १८ वर्षसम्मका बालिकालाई बलात्कार गरेको पाइएमा १० देखि १२ वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था छ।
गएको वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिग बालिका बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो।
आइतबारदेखि यो मुद्दामा निरन्तर बहस भइरहेको थियो
अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ । किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको पनि अदालतले ठहर गरेको छ ।
लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ङ बमोजिम ७ देखि १० वर्ष कैद हुन सक्ने जनाइएको छ ।
राष्ट्रिय क्रि...
१२ पुष २०८०, बिहीबार ०६:०६१२ पुष २०८०, बिहीबार ०६:०६१२ पुष २०८०, बिहीबार ०६:०६ by विशाल श्रेष्ठNo Comments
साढे १९ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ
१२ पुस, विराटनगर । हुण्डीको १९ लाख ५० हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार प्रहरीले विराटनगर महानगरपालिका– ६ केशलिया रोडबाट ४९ वर्षीय सुरेशप्रसाद साहलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार पक्राउ पर्ने साह सुनसरीको देवानगन्ज गाउँपालिका– ५ साहेबगन्जका हुन् । केशलिया रोडमा शंका लागेर चेकजाँच गर्दा स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँ बरामद भएको उनले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा साह हुण्डी काराेबारी जस्ताे देखिएकाे उनले बताए । ‘पक्राउ परेका व्यक्ति भरिया हाेइनन्,’ उनले भने , प्रारम्भिक अनुसन्धानका क्रममा यिनी आफै काराेबारी हुन जस्ताे देखिन्छ ।’
साहले भने आफू खाद्यान्नको व्यापारी भएकाे प्रहरीलाई बयान दिएका छन् । को७प ५२२१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलस...
१० पुष २०८०, मंगलवार १०:२७१० पुष २०८०, मंगलवार १०:२७१० पुष २०८०, मंगलवार १०:२७ by एलिनाNo Comments
कोरियामा बेबी क्यारिअर भन्दा घरपालुवा जनावरका क्यारिअर धेरै बिक्री
दक्षिण कोरियाको घट्दो जन्मदरको उदाहरण प्रस्तुत गर्ने अर्को एउटा तथ्याङ्क सार्वजनिक भएको छ । कोरियाको अनलाइन मार्केट जि मार्केटले सार्वजनिक गरेको तथाङ्कअनुसार साना बच्चाहरुलाउ लिएर हिँडडडुल गर्ने बेबि क्यारियर अर्थात कोरियनमा युमोछा भनिने Stroller भन्दा घरपालुवा जनावरलाइ डुलाउने क्यारियरको बिक्री धेरै रहेको छ । तथ्याङ्कअनुसार यस बर्षभरीमा ५७ प्रतिशत घरपालुवा जनवारका क्यारिअर बिक्री हुँदा बच्चाहरुका क्यारिअर ४३ प्रतिशत मात्रै बिक्री भएका छन् ।
यसअघि २०२१ र २०२२ मा क्रमश ६७ र ६४ प्रतिशत रहेको बच्चाहरुको क्यारिअर बिक्रीको मात्रा यो बर्ष ह्वात्तै घटेको हो ।
पछिल्ले समय कोरियामा विवाह गर्ने प्रचलन पनि अत्यन्त न्यून हुँदै गैरहेको छ भने प्रजनन दर घटेर ०.७२ मा पुगेको छ ।
यस्लाइ कोरियाको विकासको वाधक बन्न सक्ने...
९ पुष २०८०, सोमबार ११:४८९ पुष २०८०, सोमबार ११:४८९ पुष २०८०, सोमबार ११:४८ by विशाल श्रेष्ठNo Comments
फेब्रुअरी १० मा सलनाल सुम्निमा डान्स पार्टी हुने
विशाल आवाज: कोरियन नयाँ वर्ष सलनालको अवसरमा आपतकालीन राहत कोष स्थापनार्थ किरात राई यायोक्खा दक्षिण कोरियाद्वारा फेब्रुअरी १० तारिख राति सउलमा सलनाल सुम्निमा डान्स पार्टी हुने भएको छ।
दक्षिण कोरियामा रहेका किरात राइ समुदायका नेपाली हरु मिलेर सन् २००१ मा स्थापित किरात राई यायोक्खा दक्षिण कोरियायाले यस अघि पनि विभिन्न सामाजिक कार्यका साथ साथै कार्यक्रम हरु पनि सफलताको साथमा सम्पन्न गरिसकेको छ।फेब्रुअरी १० तारिख बेलुकी ७ बजे देखि बिहान ५ बजे सम्म बजे सम्म हुने कार्यक्रम स्थान 서울뉴성북라이온스클럽 पुग्नको लागि , सउल मेट्रो लाइन नम्बर 4 को 성신여대 역 गेट नम्बर 1 मा झरेर पुग्न सकिनेछ ।
नेपालको डिजे स्टार DJ TSHERING र DJ NANI यनिकी सुस्मिता प्रधान को साथ मा स्थानिय कलाकारहरु को बेजोड प्रस्तुती रहने सलनाल सुम्निमा डान्स पार्टी सफल पार्नको लागि दक्षिण ...
९ पुष २०८०, सोमबार ०८:३५९ पुष २०८०, सोमबार ०८:३५९ पुष २०८०, सोमबार ०८:३५ by विशाल श्रेष्ठNo Comments
डिसेम्बर ३० मा खिम्जे न्यू इयर इभेन्ट हुने
विशाल आवाज:परदेशको पिडा र तनाब बाट मुक्त हुन मनोरञ्जन दिलाउने उद्देश्यका साथ खिम्जे नेपाली समाज द.कोरियाले यहि डिसेम्बर ३० तारिख खिम्जेमा चर्चित गायिका अनु चौधरी र स्थानिय कलाकारहरुको साथमा खिम्जे न्यू इयर इभेन्ट आयोजना गर्ने भएको छ।
दक्षिण कोरियाको खिम्जे क्षेत्रमा रहेक खिम्जे बासि नेपाली हरु मिलेर सन्२०२३ मा स्थापित समाजले यस अघि दशै कार्यक्रम र दिमाग खराब चलचित्र प्रदर्शन कार्यक्रम सफलताको साथमा सम्पन्न गरिसकेको छ। चर्चित नेपाली गायिका अनु चौधरी को साथमा स्थानिय कलाकारहरु बिनोद बान्टावा राइ , गोकुल पाण्डे,निशान लिम्बु,आकाश राइ,उमेश राइ,प्रेरित लिम्बु,रोनिङ्ग राइको बेजोड प्रस्तुति रहने न्यू इयर इभेन्टमा होममेड म:म: ,समोसा, चटपटे र पेय पदार्थहरु सोजु,बियर,कोक,फेन्टा,जुस आदि भारी छुटको साथमा पाइने आयोजकले जनाएको छ।
डिसेम्बर ३० तारिख...
८ पुष २०८०, आईतवार १३:५१८ पुष २०८०, आईतवार १३:५१८ पुष २०८०, आईतवार १३:५१ by एलिनाNo Comments
"चोमोलोङ्मा सांगीतिक सौगात भाग - ४ " आनसान भेला तथा प्रचारप्रसार सम्पन्न
डिसेम्बर 24 आइतबार , "चोमोलोङ्मा सांगीतिक सौगात भाग - ४ "कार्यक्रमलाई सफल बनाउन नेपालीहरूको बाक्लो बसोबास रहेको आनसान क्षेत्रमा कार्यक्रम तयारी सम्बन्धमा विशेष छलफल, तथा भेटघाट लगायत प्रचारप्रसारको कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाको सल्लाहकार कार्यसमिति, सोलुखुम्बुको विभिन्न सामाजिक व्यक्तित्वबारेको सहभागितामा (याक रेष्टुरेन्ट) मा आगामी कार्यक्रम तयारी सम्बन्धमा विशेष छलफल, तथा भेटघाट पश्चात आनसान क्षेत्रमा रहेको नेपाली होटल, मोबाइल पसलहरूमा पोस्टर वितरण, कार्यक्रम बारे थप जानकारी दिइ कार्यक्रम समापन भएको थियो।
चोमोलोङ्मा सांगीतिक सौगात भाग - ४ कार्यक्रमको सफल बनाउन विषेश टिकेट खरिद गर्नेहरूलाई लक्कि-ड्र मार्फत आईफोन 15 ,ल्यापटप , आईप्याड, मोबाइल र क्यास उपहारहरू समेतको ब्यवस्था गरेको प्रवक्ता गेल्...