Advertisement
Advertisement

Breaking News

तमूधी दक्षिण कोरियाले धुमधाम साथ मनायो रजत जयन्ती

तमूधी दक्षिण कोरियाले धुमधाम साथ मनायो रजत जयन्ती

Breaking News, जानकारी, भर्खरै
अमिर योन्जन । गुरुङहरूको साझा संस्था तमू धीं दक्षिण कोरियाले रजत जयन्ती मनाएको छ । स्थापनाको २५औँ वर्ष पुगेको सुखद अवसरमा अगस्ट ४ गते आइतबार गुड मर्निङ हल सौलमा भव्य रूपमा रजत जयन्ती मनाएको हो । ‘प्ये म्हस्याँ छ्याम्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु मस्याँ म्हि म्हमु’ (शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए मानव जाति नै हराउँछ) भन्ने मूल नाराका साथमा भइपरी आएका समस्याहरुलाई समाधानको बाटो खोज्ने उद्देश्यले सन् १९९९ मा संस्थापक अध्यक्ष शान्तमान गुरुङ को नेतृत्वमा स्थापना भएको थियो । रजत जयन्ती कार्यक्रममा नेपालबाट अन्तर्राष्ट्रय तमू परिषद्का संस्थापक अध्यक्ष रेशम गुरुङ र संस्कृतिविद् प्रज्ञा डा. जगमान गुरुङ आइपुग्ने भनिएको थियो । तर उहाँहरूको बिभिन्न कारणवस उपस्थित हुन नसकेको कार्यक्रम संयोजक लेशन गुरुङले बताए । तमू धींले अघिल्लो दिन साँझ ...
O.H.C बागलुङ द्वारा आयोजित बनभोज तथा अधिवेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न

O.H.C बागलुङ द्वारा आयोजित बनभोज तथा अधिवेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  बिशाल आवाज : दक्षिण कोरियाको ख्यङ्गिदो योङिन मा O.H.C (Open Heart Club) बागलुङको बनभोज तथा अधिवेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । "प्रवासमा सम्पूर्ण बाग्लुङगेहरुको एउटै आह्वान कला,सस्कृती ,खेलकुद र भाईचारा हामी नेपालीहरुको पहिचान" भन्ने मुल नाराका साथ स्थापित O.H.C बागलुङले अगस्ट ३ तारिक दिउसो ४ बजेदेखी अगस्ट ४ बिहान ११ बजेसम्म 경기도 용인 처인구 양지면 죽양대로 2073 번길 29 (더우 펜션) मा बनभोज तथा प्रथम अधिवेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो । प्रथम अधिवेशन समारोह बाट सुमित केसीको नेतृत्वमा नयाँ पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएका छन्। नवनिर्वाचित पदाधिकारीहरूमा सुमित केसी अध्यक्ष, शिव जीसी बरिष्ठ उपाध्यक्ष, महेश खड्का उपाध्यक्ष,हरी आचार्य उपाध्यक्ष,खिम केसी सचिव, अशोक शर्मा सह सचिव, बिशाल खड्का सह सचिव, अमृत पौडेल कोषाध्यक्ष, माधब कन्डेल सह कोषाध्यक्ष, सज्जन खड्का सदस्य...
माओवादी उपाध्यक्ष पम्फा भुसाल कोरिया आउदै

माओवादी उपाध्यक्ष पम्फा भुसाल कोरिया आउदै

Breaking News, जानकारी, भर्खरै
नेकपा माओवादी केन्द्रको प्रबास संगठन जनप्रगतिशिल मन्च कोरियाको अधिबेशनमा सहभागी हुन पार्टी केन्द्रिय उपाध्यक्ष तथा प्रबास प्रदेश इन्चार्ज पम्फा भुसाल कोरिया आउने भएकी छन् । उपाध्यक्ष भुसाल सगै पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेश सह-इन्चार्ज ओम शर्मा पनि कोरिया आउने जनाइएको छ । केही समय अगाडि जनप्रगतिशिल मन्चले आफ्नो संगठनको पुर्ण केन्द्रिय समिति बैठक मार्फत आठौ महिना अर्थात् अगष्ट १८ तारिक आतबारका दिन राजधानी सौल मा सभ्य र भब्य रुपमा संगठनको अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । अधिबेशनमा प्रमुख अतिथिको रुपमा भुसाल र विशेष अतिथी को रुपमा शर्मा रहने छन् । कार्यक्रमको पुर्बसन्ध्यामा अर्थात १७ अगष्ट २०२४, शनिबार समय बेलुका ठिक ६ बजे ।종각역 ४ नम्बर गेट हिमालयन रेस्टुरेन्टको दोश्रो तल्लामा जनप्रगतिशिल मन्च कोरियाका संगठित सदस्य हरु बिच प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम समेत...
अगस्ट ३ र ४ मा हुने तमूधी दक्षिण कोरियाको रजत जयन्तीको सम्पूर्ण तयारी पूरा

अगस्ट ३ र ४ मा हुने तमूधी दक्षिण कोरियाको रजत जयन्तीको सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:‌ यही अगस्ट ३ र ४ तारिखका दिन सउलमा  हुन गइरहेको  तमूधी दक्षिण कोरियाको रजत जयन्तीको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष रूपा गुरुङले विशाल आवाजलाई जानकारी दिनुभएको छ।  तमूधी दक्षिण कोरियाले ‌आफ्नो २५ औ बर्षको सुखद अवसरमा प्रमुख अतिथि अन्तराष्ट्रिय तमू परिषदका संस्थापक अध्यक्ष श्री रेशम गुरुङ ज्यू र संस्कृतिविद प्राज्ञ डा. जगमान गुरुङज्यूको बिशेष अतिथ्यतामा यही अगस्ट ३ र ४ मा  रजतजयन्ती उत्सव भव्य रुपमा मनाउन गईरहेको हो। "प्ये म्हस्याँ छ्याम्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु मस्याँ म्हि म्हमु" अथवा शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउछ र संस्कृति हराए मानव जाती नै हराउछ।"  भन्ने तमूहरुको विश्वव्यापी नारालाई आत्मसात गर्दै सन १९९९ मा तमूधी दक्षिण कोरिया स्थापना भएको थियो। ‌तमूहरुको साझा संस्था तमूधी दक्षिण कोरियाले अगस्ट ३ शनिबार दिनको ०३ः०० बजे र अगस्ट ४ ...
कोरियाका राजदुतका लागि पूर्व उपसभामुख डा.शिव माया तुम्बाहाङ्फे सिफारिस

कोरियाका राजदुतका लागि पूर्व उपसभामुख डा.शिव माया तुम्बाहाङ्फे सिफारिस

Breaking News, जानकारी, भर्खरै
बिशाल श्रेष्ठ/ बिशाल आवाज:सरकारले पूर्व उपसभामुख डा.शिव माया तुम्बाहाङ्फेलाई दक्षिण कोरियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।  तेह्रथुम जिल्लामा सन १९६४ मा जन्मनुभएर झापामा अध्ययन गरी त्रिभुवन विश्वबिद्यालय बाट राजनीतिशास्त्रमा पिएचडी गर्नुभएकी तुम्बाहाङ्फे नेकपा एमालेको स्थायी कमिटी सदस्य इलाम जिल्ला इन्चार्ज हुनुहुन्छ ।नेकपा एमालेको केन्द्रिय कार्यालयमा सन २०१४ देखी २०१७ सम्म काम गरिसकेको अनुभब बटुल्नुभएकी तुम्बाहाङ्फे यस अघी केपि ओली प्रधानमन्त्री हुँदा सन २०१८ मार्च १५ देखी २०२० जनवरी २० सम्म उपसभामुख ,सन २०२० फेब्रुअरी १७ देखी डिसेम्बर २५ सम्म कानुन न्याय तथा ससदिय मामिला मन्त्री र केपिओली नै प्रधानमन्त्री हुँदा सन २०२० डिसेम्बर २५ देखी २०२१ जुन ४ सम्म भुमि ब्यबस्था सहकारि तथा गरिबि निवारण मन्त्री भइसक्नु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नि...
व्यवस्थापनमा चुकेको जनसम्पर्क समिति दक्षिण कोरिया -अजय सोडारी

व्यवस्थापनमा चुकेको जनसम्पर्क समिति दक्षिण कोरिया -अजय सोडारी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
अजय सोडारी-नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति दक्षिण कोरियाले करिब दुई महिनाको तयारी र योजना अनुरुप हिजो दक्षिण कोरियाको राजधानी सउलको दोङदेमुनको एक सभाहलमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्यो । कार्यक्रमको जसरी प्रचार र तयारी गरिएको थियो त्यहिअनुरुप कार्यक्रम अगाडि बढ्न नसकेको दृश्य कार्यक्रममा देखियो । यो कार्यक्रमको बारेमा केहि कुरा राख्न भन्दा पहिला अगाडिका सिलसिला बद्व घटना अगाडि बढाउन चाहे । कार्यक्रमको सुरुवात चरणमा जनसम्पर्क समिति दक्षिण कोरियाले तिन जना पाटिका नेतालाई दक्षिण कोरिया बोलाउने निर्णय गर्यो जसअनुसार पाटिका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन कुमार थापा,पाटिका केन्द्रिय सदस्य तथा संसदिय दलका प्रमुख सचेत रमेश लेखक तथा पाटिका अर्का केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण शर्मा पौडेल लाई कोरिया बोलाउने तयारी र प्रचाप्रचार गरियो । त्य...
जेजुदोमा आयोजना हुने “३०औं विश्व आदिवासी दिवस-२०२४” को तयारी पुरा

जेजुदोमा आयोजना हुने “३०औं विश्व आदिवासी दिवस-२०२४” को तयारी पुरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरिया जेजु शाखाको आयोजनामा अगस्ट ४ तारिक आइतबारको दिन जेजुदोमा हुने “३०औं विश्व आदिवासी दिवस-२०२४” को सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष गजिन हाङस्रोङले विशाल आवाज लाइ जानकारी दिनुभएको छ। संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९५ देखि अगस्ट ९ तारिखको दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाउने निर्णय गरेदेखि विश्वमा छरिएर रहेका आदिवासी जनजाति हरुले विश्व आदिवासी दिवस मनाउँदै आइरहेको छ। नेफिन जेजु कोरियाको मुख्य आयोजना तथा किरात याक्थुम चुम्लुङ, नेपाल तामाङ घेदुङ, नेपाल मगर सङ्घ, तमुधी, किरात राई यायोक्खा लगायत जेजुमा रहेका नेफिन कोरियामा आवद्ध साखा सस्थाहरुको सह आयोजनामा अगस्ट ४ तारिख आइतबारको दिन जेजुदोको 제주특별자치도 명신 1 길 11 मा अगस्ट ९लाई ‌ दिवसको रूपमा लिए पनि समय अनुकूलताका आधारमा अगस्ट ४ मा नै दिवस मनाउन लागिएको हो‌। रैथाने ज्ञा...
“ तामाङ घेदुङ उल्सान एफ.सि ह्वाईट” प्रथम अन्याङ ब्रदरहुड भेट्रान कप २०२४ को उपाधी चुम्न सफल

“ तामाङ घेदुङ उल्सान एफ.सि ह्वाईट” प्रथम अन्याङ ब्रदरहुड भेट्रान कप २०२४ को उपाधी चुम्न सफल

Breaking News, जानकारी, भर्खरै
बिशाल आवाज : अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरिया अन्तर्गतको EONYANG YOUTH CLUB EONYANG F•C द्वारा गर्मि बिदाको सुरुवातको अवसर पारेर आयोजित प्रथम अन्याङ ब्रदरहुड भेट्रान कप २०२४ को उपाधी तामाङ घेदुङ उल्सान एफ•सि ह्ववाईटले ले आफ्नो पोल्टामा पार्न सफल भएको छ । फाईनल गेममा तामाङ घेदुङ बुसान रेडलाई ८-१ गोलको फराकिलो अन्तरले पराजित गरि तामाङ घेदुङ उल्सान ह्वाईटले उपाधी चुम्न सफल भएको हो । भेटरान खेलाडीहरूको तिब्र र माग र ईच्छालाई सम्बोधन गर्दै आयोजना गरीएको प्रथम अन्याङ ब्रदरहुड भेट्रान कप २०२४ मा प्रमुख अतिथिको रुपमा नेपाल फुटबल महासंघ गणतन्त्र दक्षिण कोरियाको वर्तमान अध्यक्ष ब्रो तमु पाल्नु भएको थियो भने प्रतियोगिता उल्सानको अन्याङ शहर नजिकैको 울산 울주군 두서면 서하천전로 76 화랑체육공원 सम्पन्न भएको हो । बिजेता तामाङ घेदुङ उल्सान एफ•सि ह्वाईटले प्रथम पुरस्कार स्वरुप नगत १४ लाख वोन सहित ट्रफि मेडल र प्...
छल्लानाम्दो ख्वाङ्जूमा “तेस्रो छुसक कप क्रिकेट टुर्नामेन्ट २०२४” हुँदै

छल्लानाम्दो ख्वाङ्जूमा “तेस्रो छुसक कप क्रिकेट टुर्नामेन्ट २०२४” हुँदै

Breaking News, जानकारी, भर्खरै
बिशाल आवाज : ख्वाङ्जु कृकेट क्लवले छुसकको अवसर पारेर सेप्टेम्बर १६ तारिक सोमबारको दिन छल्लानमदो ख्वाङ्जूमा “तेस्रो छुसक कप क्रिकेट टुर्नामेन्ट २०२४ ” आयोजना गर्ने भएको छ। “प्रबासी भूमिमा नेपाली बीचको एकता; सम्पूर्ण खेल प्रेमीहरुको सहभागिता" भन्ने मूल नारा गत बर्ष झै यस बर्षा पनि तेस्रो छुसक कप टुर्नामेन्टमा आयोजना हुने भएको हो । ख्वाङ्जु कृकेट क्लब बिगत लामो समय देखि ख्वाङ्जुमा कृयाशिल रही खेल संगै सामाजिक काममा पनि सहकार्य गर्दै आइरहेको क्लब हो । गत बर्ष पनि छुसककै अबसर पारेर मैत्रीपुर्ण क्रीकेट टुर्नामेन्ट आयोजना गरिसकेको अनुभबको आधारमा यसपटक बिगतका कमिकमजोरी लाई सुधार गरी अझ परिस्कृत रुपमा खेल आयोजना गरिने क्लब का मेन्टर प्रकाश पराजुली ले बिशाल आवाजलाइ बताएका छन् ।  प्रवासमा रहेर पनि खेलकुदको माध्यमबाट नेपाली-नेपाली बिच सद्भाब कायम राख्न पनि क्रिकेट टुर्नामेन्ट आयोजना गरेको बताउ...
बृहत अन्तरक्रिया कार्यक्रमको लागि माननिय गगन थापा कोरिया अवतरण

बृहत अन्तरक्रिया कार्यक्रमको लागि माननिय गगन थापा कोरिया अवतरण

Breaking News, जानकारी, भर्खरै
बिशाल आवाज :नेपाली काङ्ग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापा दक्षिण कोरिया अवतरण भएका छन्। नेपाली काङ्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति कोरियाको आयोजनामा जुलाइ २८ तारिक आइतबार कोरियाको राजधानी सउलको गुमिन ह्वेग्वान दोङ्गदेमुनमा हुने बृहत अन्तर्क्रिया कार्यक्रमको लागि थापा कोरिया आएका हुन्। पूर्वमन्त्री समेत रहेका थापाको साथमा पब्लिक पोलिसी पाठशालाका अध्यक्ष प्रताप पौडेल पनि कोरिया आइपुगिसकेका छन् भने पार्टीका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरण पौडेल भने केही समय पश्चात आइपुग्ने आयोजकले जनाएको छ। अतिथि स्वागत गर्नका लागि नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पदाधिकारी एवं शुभचिन्तकहरू इन्छन् विमानस्थलमा पुगेका थिए। कार्यक्रममा नेपालको आर्थिक एवं लोकतान्त्रीक विकासमा विदेशमा रहेका नेपालीहरुको ज्ञान सिप र उर्जाको सदुपयोग बिषयमा गहन छलफ...