Advertisement
Advertisement

Breaking News

छल्लानाम्दोमा पहिलोपटक एक साता लामो “ग्लोबल कल्चर विक नेपाल” हुदै

छल्लानाम्दोमा पहिलोपटक एक साता लामो “ग्लोबल कल्चर विक नेपाल” हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षीण कोरिया छल्लानाम्दो प्रदेश स्थित यङआम गाँउपालिका अन्तर्गत बिबिध साँस्कृतिक कम्प्लेक्समा अक्टोबर २० तारिखदेखि २७ तारिखसम्म  The first Global culture Week Nepal आयोजना हुने भएको छ।   मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाद्वारा नेपाल र नेपाली जनजीवन खानपान  नेपाली कला संस्कृती रितिरिवाज तथा नेपाली भाषा भाषिको संरक्षण र प्रवर्द्धनका लागि  उक्त कार्यक्रम थालिएको आयोजकले जनाएको छ।अक्टोबर २० तारिख बाट सुरु भइ एक सातासम्म सञ्चालन हुने  प्रदर्शनीमा नेपाल देखि बौद्ध हिन्दु धर्मका बिबिध प्रतिमाहरु थांका,बाजा तथा लुगा कपडा साथै रामायण श्रीमद्भागवत त्रीपिटक र नेपाल बारे कोरियालीहरुले लेखेका ११  वटा पुस्तक तथा नेपाली सुजन शाक्यले लेखेका २ पुस्तकको समेत प्रदर्शनी गरिनेछ। साथै कार्यक्रममा  नेपाल मा सम्भावित व्यापार व्यवसाय गर्न सकिने गाइड बुकहरु  समेत प्रदर्शनीमा राखिनेछ। यसैगरी कार्यक्रम...
रवि लामिछाने पक्राउ

रवि लामिछाने पक्राउ

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन्। काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरेको हो।  उनलाई पक्राउ गर्न सिआइबीका एसपी होबिन्द्र बोगटी पुगेका थिए। उनी नेतृत्वको टोलीले स्थलमार्गबाट पोखरा लैजाने तयारी छ। रवि लामिछानेले प्रहरीलाई अनुरोध गरेपछि गाडीबाटै लैजान लागेको हो। जिल्ला अदालत कास्कीबाट लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो। जारी भएसँगै सिआइबीको टोली उनलाई पक्राउ गर्न पुगेको हो।  जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा पुर्जी जारी भएको हो। सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन ...
“१२ गाउँ” अक्टोबर २७ मा सुवनको मेगाबक्समा लाग्दै

“१२ गाउँ” अक्टोबर २७ मा सुवनको मेगाबक्समा लाग्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कोरिया अपडेट:नेपाली चलचित्र १२ गाउँ दक्षिण कोरियाको मेगाबक्समा प्रदर्शन हुने भएको छ । कोरियामा सक्रिय सल्यानी समाज दक्षिण कोरियाको आयोजना तथा राप्ती समाज र कर्णाली प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा यो चलचित्र प्रदर्शन हु्न लागेको हो ।  आगामी अक्टोबर २७ आइतबारका दिन कोरियाको सुवनस्थित मेगाबक्समा चलचित्र प्रदर्शन हुँदैछ । चिसो मौसम शुरु हुनै लाग्दा नेपालका बिभिन्न विद्यालयका प्राथमिक तहका बालबालिकाहरुलाइ न्यानो वितरण गर्ने उद्धेश्यले चलचित्र प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ । आइतबार मध्यान्ह ठिक १२ बजेदेखी चलचित्र प्रदर्शन शुरु हुनेछ । बिराज भट्टको निर्देशन तथा उनका छोरा समिर भट्ट अभिनित चलचित्रले नेपालमा राम्रो व्यापार गरिरहेको छ । गत बिहिबार फूलपातिदेखी चलचित्र प्रदर्शनमा आएको थियो । 𝐎𝐍𝐋𝐈𝐍𝐄 𝐓𝐈𝐂𝐊𝐄𝐓 𝐎𝐏𝐄𝐍 12 𝐆𝐀𝐔𝐍,𝐒𝐔𝐖𝐎𝐍 𝐒𝐇𝐎𝐖,🅼🅴🅶🅰🅱🅾🆇 𝗧𝗶𝗰𝗸𝗲𝘁 𝗽𝗿𝗶𝗰𝗲:30000 𝘄𝗼𝗻 खातावालाको नाम: BUD...
रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

Breaking News, Breaking news 1, भर्खरै
  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । सहकारी ठगीका विषयमा छानविन गर्न गठित संसदीय समितिले रविमाथि कारवाही सिफारिस गरेको थियो । सहकारीबाट रकम रविले ल्याएको नभए पनि कम्पनीमा आएपछि खर्च गरेकोमा उनलाई दोषि ठहर्याइएको छ । आज कास्की प्रहरी प्रमुख आफैं रविलाई पक्राउ पूर्जि लिन जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । अदालतमा उपलब्ध एक मात्र न्यायाधीस कृष्णजंग साहले पक्राउका लागि अनुमति दिएका हुन् ।  ...
सहमतिबिना महिलासँग यौन सम्बन्ध राखेर भिडियो बनाएको आरोपमा कोरियन फुटबलर ह्वाङलाई चार वर्षको जेल सजाय माग

सहमतिबिना महिलासँग यौन सम्बन्ध राखेर भिडियो बनाएको आरोपमा कोरियन फुटबलर ह्वाङलाई चार वर्षको जेल सजाय माग

Breaking News, Breaking news 1, जानकारी, ट्रेन्डिङ, बलात्कार, भर्खरै, समाचार
  एजेन्सी : दक्षिण कोरियाली अन्तर्राष्ट्रिय फुटबलर ह्वाङ उइ-जोलाई गैरकानुनी रूपमा यौन सम्बन्धको भिडियो बनाएको अभियोगमा अदालतमा दोषी ठहर गर्दै चार वर्षको जेल सजायको माग गरिएको छ। अभियोजकहरूले ‘सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्ट’मा ३२ वर्षीय र ह्वाङलाई चार वर्षको जेल सजायको माग गरेका थिए। नटिङ्घम फरेस्टका पूर्व स्ट्राइकरले सहमतिबिना एक महिलासँग यौन सम्बन्ध राखेको भिडियो बनाएको सुनुवाईका क्रममा स्वीकार गरेको र आफूमाथि दया देखाउन आग्रह गरेको एएफपीले बिहीबार प्राप्त गरेको फैसलापूर्वको कागजातको एक अंशमा उल्लेख छ। 'हाल टर्कीको क्लब अलान्यास्पोरबाट खेल्दै आएका ह्वाङले सुरूमा आफू निर्दोष रहेको दाबी गरेका थिए', अभियोजकले भनेका छन्, 'यद्यपि उनले अहिले गल्ती स्वीकारेका छन्, तर उनले मुद्दा अघिको आरोपलाई अस्वीकार गरेका छन्।' पीडितहरूलाई भएको अपूरणीय क्षतिको लागि ह्वाङ सन्तुष्ट ...
कोरियामा दोश्रो तमू धीं ख्यङ्साङ् बुसान कप २०२४ आउँदो नोभेम्बर १७ मा हुने

कोरियामा दोश्रो तमू धीं ख्यङ्साङ् बुसान कप २०२४ आउँदो नोभेम्बर १७ मा हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
    बोम्जन गुरुङ /कोरिया:कोरियाको दक्षिणी भेगमा रहेको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा, तमू धी बुसान एफसीको आयोजनामा पुरुष तथा महिला फूटसल लिग प्रतियोगिामा २०२४ हुने भएको छ । "राष्ट्रिय पहिचानको लागि खेलकूद, स्वास्थ्य र मनोरञ्जनको लागि खेलकूद" भन्ने नारासँगै आउँदो १७ नोभेम्बरमा (밀양시 사문동 670 풋살장) स्थित खेलमैदानमा सो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष गितासिंह गुरुङले बताए । सो प्रतियोगितामा पुरुषतर्फ विजेता र उपविजेता टिमले क्रमशः ३० लाख र २० लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने, खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले नगद जनही १ लाख कोरियन वोन सहित ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गर्नेछन् । पुरुष टिम दर्ता शुल्क ३ लाख कोरियन वोन रहेको सोही आयोजक संस्था एफसीका खेल संयोजक हेमन्त गुरुङले जानकारी दिए ...
दशैको पहिलो हप्तानै “छक्का पञ्जा ५” कोरियाको ४ शहरमा लाग्दै

दशैको पहिलो हप्तानै “छक्का पञ्जा ५” कोरियाको ४ शहरमा लाग्दै

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:नेपालमा दशैँको फूलपातीको दिनबाट प्रदर्शन आएको यस वर्षको प्रतिक्षित नेपाली चलचित्र “छक्का पञ्जा ५”  दक्षिण कोरियामा पनि दशैको पहिलो हप्तानै जिन्छन,नोन्सान,थेजन र छन्जु गरि ४ शहरमा प्रदर्शन हुने भएको छ।  दक्षिण कोरियामा रहेको दोलखाली समाज ले दीपाश्री निरौला निर्देशित फिल्म को प्रदर्शन अधिकार पाएसँगै दक्षिण कोरियामा पनि दशैंको छेको पारेरै विभिन्न सहरका आयोजकहरूले दोलखा समाजसँग आफ्नो सहरको प्रदर्शन अधिकार लिइ विभिन्न चार शहरमा चलचित्र प्रदर्शन गर्न लागेको दोलखा समाजका सल्लाहकार सरोज केसीले विशाल आवाजलाई बताउनुभएको छ।  “छक्का पञ्जा ५” अक्टोबर १२ तारिख शनिबारका दिन नोन्सान नेपाली समाज दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसरमा साँझ ७ बजे 충남 논산시 중앙로 255 नोन्सान स्थित मेगाबक्समा नोन्सान सो गर्दैछ। यसैगरी १२ तारिख नै इवल समाज, दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसर...
अक्टोबर १३ मा “ह्याप्पि दशैँ पुल टुर्नामेन्ट २०२४” हुदै

अक्टोबर १३ मा “ह्याप्पि दशैँ पुल टुर्नामेन्ट २०२४” हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: नेपालीहरूको महान पर्व बडा दशैंको अवसर पारेर अक्टोबर १३ तारिखका दिन नाम्यङ स्थित जोगि रेस्टुरेन्टमा “HAPPY DASHAIN POOL TOURNAMENT 2024” आयोजना हुने भएको छ। संयोजक टासि शेर्पा जोगि रेस्टुरेन्टको आयोजनामा हुने प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी पत्र सहित क्रमशः १६ लाख र ८ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुने खेलाडीलाइ ४ लाख कोरियन वन प्रदान गरिने खेल संयोजक टासी शेर्पा (पासाङ शेर्पा) ले विशाल आवाजलाई बताउनुभएको छ। पुल तथा स्नुकर प्रतियोगिताको धेरै सिजन आयोजना गरिसकेको र लगभग प्राय खेलमा विजेता भइसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संयोजक शेर्पाले विशाल आवाजलाई बताउनुभयो । सहभागी शुल्क १ लाख कोरियन वन तोकिएको प्रतियोगिता १३ तारिखका दिन बिहान ११...
गण्डकी प्रदेश समाज दक्षिण कोरियाले बडा दशैंको अवसरमा टिका ग्रहण कार्यक्रम गर्दै

गण्डकी प्रदेश समाज दक्षिण कोरियाले बडा दशैंको अवसरमा टिका ग्रहण कार्यक्रम गर्दै

Breaking News, जानकारी, धर्म सस्कृति, भर्खरै
विशाल आवाज: नेपालीहरूको महान पर्व बडा दशैंको अवसर पारी गण्डकी प्रदेश समाज दक्षिण कोरियाले दक्षिण कोरियाको सुवनमा रहेको कामना सभा हलमा अक्टोबर १२ तारिख शनिबार बेलुकी ७ बजे टिका जमरा ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। परदेशमा रहेपनि घरदेशको संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी एक आपसमा माया, सद्भाव बढाएर भाईचारा कायम राख्नुको साथै स्वदेशको पारिवारिक झल्को मेटाउने उद्देश्यले गण्डकी प्रदेश समाज दक्षिण कोरियाको आयोजना र प्रदेश समाज अन्तर्गत रहेका ११ जिल्लाहरूको समन्वयमा बडा दशैंको अवसरमा भेटघाट, टिकाजमरा ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको हो। कार्यक्रममा टिका जमरा ग्रहण गरी नेपाली परिकारका साथमा नेपाली पन्चेबाजाको प्रस्तुतिसँगै रम्न पाउने आयोजकले जनाएको छ। प्रवासमा रहेर पनि आफ्नो देशको मौलिकताको संरक्षण र सम्बर्द्धनमा टेवा पुग्नुको साथै ...
प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षमा अन्जन कुलुङ राई सर्वसम्मत

प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षमा अन्जन कुलुङ राई सर्वसम्मत

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियाको सौलमा भएको नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाको आठौं राष्ट्रिय अधिवेशन बाट अध्यक्षमा भोजपुरका अन्जन कुलुङ राई सर्वसम्मत निर्वाचित भएका छन। दक्षिण कोरियाको राजधानी सउलमा आइतबारका दिन निक नेपाल ट्राभलको सभाहलमा सम्पन्न आठौं राष्ट्रिय अधिवेशनको बन्द सत्रबाट राईलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रवासी नेपाली मञ्चका पूर्वएशिया र ओसियाना इञ्चार्ज डा. सुर्य पाठक अध्यक्ष र प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष सन्जय थापा अनी प्रवासी नेपाली मन्च कोरिया सल्लाहकार यज्ञराज सुबेदी सदस्यहरु रहेको निर्वाचन मण्डलको टोलिले लगभग मध्यराती अन्जन कुलुङ राई को नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेका हुन। अधिवेशनबाट उपाध्यक्षमा नवराज तिमिल्सिना, सचिवमा देवेन राई र उपसचिवमा मणिराम गौतमलाई चयन गरेको छ । यसैगरी स...