Advertisement
Advertisement

Breaking News

कोरियामा निर्माण गरिएको तिम्रै पीरले’ गीत शनिबार सार्वजनिक हुने

कोरियामा निर्माण गरिएको तिम्रै पीरले’ गीत शनिबार सार्वजनिक हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियामा निर्माण गरिएको ‘तिम्रै पीरले’ बोलको नेपाली गीतको म्युजिक भिडियो आगामी साता शनिबार अर्थात् डिसेम्बर २१ तारिखमा सार्वजनिक हुने भएको छ ।  नेपाली युवाहरूको विदेशीने वाध्यता र त्यही वाध्यताले उत्पन्न परिस्थिति लाइ मुख्य कथा वस्तु बनाइएको भिडियोको सबै भाग कोरियाको छुङ्जुमा छायांकन गरिएको छ । सनम परियारको सुमधुर स्वरमा सजिएको उक्त गीतमा सोनीप विक्रम शाही, प्रभा गुरुङ, सुरेन्द्र श्रेष्ठ को मुख्य भूमिका रहेको छ भने विष्णु शर्मा, बिनु भण्डारी, गणेश अर्याल, दिपेन्द्र कडेल, मुना घिमिरे कटुवाल, भूमिका भुसालको सहायक भूमिका रहेको छ । Atomy Nepal दिपेन्द्र कँडेलले उत्पादन गर्नुभएको म्युजिक भिडियोमा कथा,निर्देशन र छायाङ्कन सोनम पराजुलीले गर्नुभएको छ भने एडिट युजिना स्टुडियो र कलर सुजन कोइरालाले गर्नुभएको छ। गीत यही आउँदो शनिबार कोरियन समय अनुसार बेलुकी ८:४५ मा सार्वजनिक हुनेछ।...
फिल्ममा माग्ने बुढासँग देखिँदै मिस पबी

फिल्ममा माग्ने बुढासँग देखिँदै मिस पबी

Breaking News, जानकारी, भर्खरै
  टिकटकबाट चर्चामा आएर म्युजिक भिडिओमा उदाएकी मिस पबी (पबित्रा साँकी) ले नयाँ फिल्म साइन गरेकी छन्। केदार घिमिरे (माग्ने बुढा)को शीर्ष अभिनय रहने फिल्म 'माग्ने राजा' मा मिस पबी अनुबन्धित भएकी हुन्।  ऋषि लामिछानेको निर्देशन रहने फिल्मलाई मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन्। फिल्मको कथा सामिप्यराज तिमिल्सिनाले लेखेका छन्। कमेडी कथावस्तुमा फिल्म निर्माण हुने र छायांकन फागुनदेखि सुरू गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ।  मिस पबीले आफू यो फिल्ममा जोडिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। यो उनको पहिलो फिल्म हुनेछ। यसअघि उनले साइन गरेको 'राजमहल' भने अहिलेसम्म निर्माण हुन सकेको छैन।  मिस पबीको अन्य कामको कुरा गर्दा उनी रियालिटी शो 'कमेडी दरबार' मा व्यस्त छिन्। त्यस्तै, उनले कमेडी सिरियल 'ख्यालठट्टा' मा पनि काम गरिरहेकी छन्। म्युजिक भिडिओमा पनि उनी देखिइरहेकी...
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो

उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  यस वर्ष विश्वभरमा २ अर्ब २० करोड डलर मूल्य बराबरको क्रिप्टोकरेन्सी चोरी भएको छ । यसमध्ये आधाभन्दा धेरै रकम उत्तर कोरियाली ह्याकहरूले चोरेको नयाँ अध्ययनले देखाएको छ । अनुसन्धान संस्था चेनालिसिसका अनुसार उत्तर कोरियासँग सम्बद्ध ह्याकरहरूले विश्वभरबाट १ अर्ब ३० करोड डलर मूल्य पर्ने क्रिप्टोकरेन्सी चोरेका छन् । यो गत वर्ष उनीहरूले चोरेको क्रिप्टोको तुलनामा दोब्बर भन्दा बढी हो । यीमध्ये केही चोरी क्रिप्टो र र अन्य प्रविधि कम्पनीहरुको सामु उत्तर कोरियाली ह्याकरहरूले रिमोट आईटी वर्कर बनेका गरेको प्रतिवेदनमा भनिएको छ ।  यो वर्ष  बिट्क्वाइनको भाउ दोब्बर बनेकै समयमा यो खबर आएको हो । अमेरिकामा नोभेम्बर ५ मा भएको राष्ट्रपतिको निर्वाचनमा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले जित हात पारेयता क्रिप्टो बजार हरियालीमा छ ।   बाहिरिँदै गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनको तुलनामा ट्रम्प बढी न...
२०२५ को लागि ईपिएस कोटा १ लाख ३० हजार जना निर्धारण

२०२५ को लागि ईपिएस कोटा १ लाख ३० हजार जना निर्धारण

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
२०२५ मा ईपिएस अन्तर्गत प्रवासी श्रमिकको कोटा १ लाख ३० हजार निर्धारण गरिएको छ। आज डिसेम्बर २० तारिक रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गतको प्रवासी श्रमिक (१७ देशकोलागि)को २०२५को लागि कोटा तोक्न बसेको बैठकले कोटा निर्धारण गरेको हो ।  प्रवासी श्रमिक नीति समितिको बैठकले २०२५को प्रवासी श्रमिकको कोटा १ लाख ३० हजार तोकेको हो। जस अनुसार उत्पादन क्षेत्रमा ७२,००० जना ,पानिजाहाज बनाउने कम्पनिकोलागि २,५०० जना ,निर्माण क्षेत्रमा २,००० जना ,कृषि क्षेत्र १०,००० जना ,मत्स्यपालनमा ८,५०० जना ,सेवा क्षेत्र ३,००० जना छ । माथिको कोटा सकीए आवश्यक परेको जुनसुकै क्षेत्रकोलागि ३२,००० जना थप्ने बैठकले निर्धारण गरेको छ। यो कोटा मध्ये ७,७३० जना कमिटेड आउने छन् भने बाकी सबै नया प्रवासी श्रमिक आउने छन। २०२४ को कोटाबाट अहिलेसम्म ७०,४६० जनाको मात्र रोजगार अनुमति जारि भएको छ .यो सख्या सम्पूर्ण कोटाको ४७% हो। गत अ...
दक्षिण कोरियामा पनि “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइने

दक्षिण कोरियामा पनि “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: राप्रपा निकट प्रवास संगठन प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा यही जनवरी ११ तारिख सुवनमा “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइने भएको छ। प्रवासमा रहेका नेपाली समाजमा एकताको सन्देश दिँदै आधुनिक नेपालको एकीकरण गर्ने नेतृत्वकर्ता एवं राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यही पुष २७ गते अर्थात् जनवरी ११ तारिख शनिबारका दिन “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइने भएको हो। सुवन स्थित सुवन यक ९ नम्बर गेटबाट ५० मिटर अगाडि रहेको कामना रेस्टुरेन्टको सभाहलमा गरिने कार्यक्रम ठिक १२ बजे सुरु हुने आयोजकले जनाएको छ। १८औँ शताब्दीको मध्यतिर पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका थिए जसले अहिलेको नेपाल बनेको थियो। तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जन...
Fonemoneyको १ करोड वन जित्ने अफर ३ महिना थप

Fonemoneyको १ करोड वन जित्ने अफर ३ महिना थप

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
Fonemoneyको १ करोड वन जित्ने अफर ३ महिना थप १२ जनाले थप पैसा डबल हुने मौका पाउने Fonemoneyको १ करोड वन जित्ने अफरको अवधि अब ३ महिना थप भएको छ । रेमिटेन्स कम्पनी Fonemoneyले पछिल्लो समयमा सेवाग्राहीहरुबाट व्यक्त बढ्दो चाहनालाई मध्यनजर गर्दै Fonemoney साथमा १ करोड हातमा योजनाको अवधि मार्च ३१,२०२५ सम्मको लागि बढाइएको जनाएको छ । कम्पनीको यो अफर अवधि बढेसंगै अरु १२ जना सेवाग्राहीले पैसा डबल बनाउने मौका पाउनेछन् । २१ हप्ताको अवधिमा हालसम्म Fonemoneyबाट पैसा पठाउने २१ जनाको रेमिटेन्स पठाएको पैसा डबल भईसकेको छ । आगामी साता सोमबारपनि सो साताको आईतबारसम्म पैसा पठाउने मध्येबाट लक्की ड्रमार्फत् पैसा डबल हुने एक भाग्यशाली सेवाग्राही छनौट हुनेछन्। Fonemoneyले शुन्य सेवा शुल्कमा सेवा दिदै आईरहेको छ । कोरियामा नेपालीहरुको विश्वास जित्दै गरेको रेमिट Fonemoneyले Refer and Earn योजना समेत सं...
कलाकार बिमता घर्ती मगरको साथमा कोरियामा “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” मनाइने

कलाकार बिमता घर्ती मगरको साथमा कोरियामा “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” मनाइने

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, भर्खरै
बोम्जन गुरुङ:कोरियामा बर्षेनी मनाउदै आइरहेको "मगर माघे संक्रान्ति विशेष कार्यक्रम" नेपाल मगर संघ गणतन्त्र कोरियाले सुवनमा यहि आउँदो जनवरी १२ मा मनाउने भएको छ । नेपाल मगर संघ गणतन्त्र कोरियाले आफ्नो शाखाहरु बुसान/किम्हे शाखा, थेगु शाखा, जेजु शाखा DSME मगर समाज गजेदो र अठार मगरात खामभाषी सम्पर्क मञ्चसँगको संयुक्त आयोजनामा सुवनस्थित (경기도 수원시 팔달구 매산로 1가57-3 [역전시장 2층] [호박나이트 클럽)) बिहान ११ बजेदेखि शुरु हुने गरी सो कार्यक्रम मनाउने भएको हो। ख्यातीप्राप्त स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित नेपालबाट आमन्त्रित कलाकार बिमता घर्ती मगरको प्रस्तुतिले कार्यक्रम भव्य हुने संघका महासचिव केशर राना मगरले बताए । स्वादिष्ट मगर परिकारहरुको साथमा मनाइने उक्त कार्यक्रम विगतमा जस्तै ब्यापक सहभागिता सँगै कार्यक्रम थप उत्साहजनक हुने विश्वास नेपाल मगर संघ गणतन्त्र कोरियाका केन्द्रीय अध्यक्ष तुल घर्ती मगर...
दक्षिण कोरियामा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” हुने

दक्षिण कोरियामा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा जनवरी २८ तारिखका दिन सउलमा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” हुने भएको छ। दीर्घकालीन शैक्षिक कल्याणकारीको सहयोगार्थ नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा जनवरी २८ तारिख मङ्गलबारका दिन सउलको HW convention hall 컨벤션센터 서울특별시 종로구 지하문로 255(부암동 165-3) मा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ आयोजना हुने भएको हो। नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरूको साथमा तामाङ डम्फुको बेजोड प्रस्तुति सँगै हुने कार्यक्रम दिउँसो ३:३० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम स्थलसम्म जानको लागि दोङ्देमुन ३ नम्बर गेटबाट बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। “तामाङ भाषा, धर्म, संस्कार, संस्कृतिको प्रवर्धन गरौँ।आफ्नो पहिचान र अ...
डिसेम्बर २२ मा “रारा सांगीतिक सौगात भाग-१” को आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने

डिसेम्बर २२ मा “रारा सांगीतिक सौगात भाग-१” को आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज:कर्णाली प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा छुसकमा भएको “रारा सांगीतिक सौगात भाग १”को आर्थिक प्रतिवेदन यहि डिसेम्बर २२ तारिख सउलमा हुने भएको छ। कोरियाली महान चाड छुसक को अवसरमा कर्णाली प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा सम्पन्न बृहत सांस्कृतिक कार्यक्रमकोे आर्थिक प्रतिवेदन दोङदेमुन स्थित नेपाली थाई रेस्टुरेन्टको सभाहलमा डिसेम्बर २२ तारिख आइतबारका दिन बिहान ११ बजे सार्वजनिक गर्ने भएको हो। कर्णालीका कला, संस्कृति र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्य र संस्थाको आपतकालीन राहत कोषलाई मजबुत बनाउने उद्देश्यका साथ “रारा सांगीतिक सौगात भाग-१” सेप्टेम्बर १६ तारिख 서울시 종로구 대학으로 3길 29(연지동 135) स्थित 100주년기념관 मा सम्पन्न गरिएको थियो। कार्यक्रममा नेपालको ख्याति प्राप्त लोकप्रिय गायक प्रमोद खरेल, गायिका मेलिना राई, मोडल तथा डान्सर आश्मा विश्वक...
दक्षिण कोरियामा विदेशी कामदारको संख्या १० लाख नाघ्यो, “९०% विदेशी भिषा थप्न चाहन्छन्”

दक्षिण कोरियामा विदेशी कामदारको संख्या १० लाख नाघ्यो, “९०% विदेशी भिषा थप्न चाहन्छन्”

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियामा वैदेशिक कामदारहरूको संख्या पहिलो पटक १० लाख नाघेको छ। यो तथ्यांकले कोरियाको मुख्य उद्योगहरू, जस्तै उत्पादन, कृषि, र निर्माण क्षेत्रमा कामदारहरूको अभाव पूर्ति गर्न विदेशी कामदारहरूको आवश्यकता तीव्र रूपमा बढिरहेको देखाउँछ। जनसंख्या वृद्धिदर घट्दै गएका र बुढ्यौली जनसंख्या बढ्दै गएकाले दक्षिण कोरिया वैदेशिक श्रमिकमाथि निर्भर बन्दै गएको छ। यससँगै, आप्रवासीहरूको हक अधिकार, सामाजिक एकीकरण, र श्रम व्यवस्थापन सुधार गर्न प्रभावकारी नीतिहरूको आवश्यकता झन् महत्त्वपूर्ण बनेको छ। यस परिवर्तनले कोरियाली समाज र व्यवसायहरूलाई थप विविधतासँग तालमेल गर्न र नयाँ चुनौतीहरू सामना गर्न तयार हुनुपर्ने स्पष्ट संकेत गरेकोको कोरियाली सन्चार माध्यामहरूले बताएका छन् ।...