Advertisement
Advertisement

दक्षिण कोरियामा पनि “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइने

Advertisement
Advertisement

विशाल आवाज: राप्रपा निकट प्रवास संगठन प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा यही जनवरी ११ तारिख सुवनमा “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइने भएको छ।

प्रवासमा रहेका नेपाली समाजमा एकताको सन्देश दिँदै आधुनिक नेपालको एकीकरण गर्ने नेतृत्वकर्ता एवं राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यही पुष २७ गते अर्थात् जनवरी ११ तारिख शनिबारका दिन “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइने भएको हो। सुवन स्थित सुवन यक ९ नम्बर गेटबाट ५० मिटर अगाडि रहेको कामना रेस्टुरेन्टको सभाहलमा गरिने कार्यक्रम ठिक १२ बजे सुरु हुने आयोजकले जनाएको छ।

१८औँ शताब्दीको मध्यतिर पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका थिए जसले अहिलेको नेपाल बनेको थियो। तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए ।उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ ।
विक्रम संवत् १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए । उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए ।
पछिल्ला वर्षमा उहाको योगदानको कदर गर्दै पुष्पकमल दाहाल(प्रचण्ड)नेतृत्वको नेपाल सरकारले पृथ्वी जयन्तीको अवसरमा विक्रम सम्वत् २०७९ साल बाट पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ ।उहाको निधन ५२ वर्षको उमेरमा विसं १८३१ मा भएको थियो।


जनवरी ११ तारिख सुवनमा मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना आदानप्रदान साथै भेटघाट कार्यक्रमलाइ सभ्य र भव्यताका साथमा सम्पन्न पार्नका लागि कोरियामा क्रियाशील विभिन्न राजनीतिक,धार्मिक,जातीय, क्षेत्रीय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत बुद्धिजीवी वर्ग, विद्यार्थी,व्यापारी ,पत्रकार एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Wycofanie środków w Legiano podczas trwania premii

Spis treściCzym są warunki obrotu bonusem?Krok po kroku: Jak wypłacić środki z aktywną promocjąCzęste problemy i ich rozwiązaniaCz...

Energy Casino Weboldal Tervezés és Használhatóság Áttekintése

TartalomElső benyomás és regisztrációs folyamatFelület navigáció és játékkínálatBónuszok és promóciók áttekintéseBefizetés és kifi...

AlaWin Crypto Cashback: Höher als bei Fiat?

InhaltWas ist Crypto Cashback und wie funktioniert es bei AlaWin?Vergleich: Crypto Cashback vs. klassisches Fiat-CashbackVorausset...

NV Casino Regisztrációs Hibák: Űrlapproblémák és Megoldásaik

Tartalom1. A Regisztrációs Űrlap Gyakori Belépési Akadályai2. Felhasználónév és Jelszó Követelmények3. A Verifikációs Folyamat és ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×