Advertisement
Advertisement

Breaking News

ओन्याङ ओन्छनको सुबिधासम्पन्न सिजिभि हलमा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

ओन्याङ ओन्छनको सुबिधासम्पन्न सिजिभि हलमा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको ओन्याङ ओन्छन सहरमा पनि यही जुन १ तारिखका दिन प्रदर्शन हुने भएको छ। दक्षिण कोरियाको सउलमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’ पाँचथर सेवा समाज दक्षिण कोरियाले दक्षिण कोरिया प्रदर्शनका अधिकार पाएसँगै यही जुन १ तारिख आइतबारका दिन  खाल्सा खोकु समाज दक्षिण कोरियाको आयोजनामा दिउँसो १ बजे  सुविधा सम्पन्न सिजिभि हलमा प्रदर्शन हुने भएको छ। “धनकुटा जिल्ला खाल्सा क्षेत्रको पहिचानको लागि सहयोगार्थ” धनकुटा सेवा समाजको सहजीकरणमा खाल्सा खोकु समाज दक्षिण कोरियाका आयोजनामा 충남 안산시 온천대로 1538 아산 시네마파크 5층 CGV हल (पहिले डिग्री माइला र एन्जिला प्रदर्शन गरेको हल) मा प्रदर्शन गरिने  ‘ऊनको स्वीटर’ चलचित्र हेरेर मनोरञ्जन लिनका लागि प्रवेश शुल्क ३० हजार कोरियन वन तोकिएको 온양온천 सो को अनलाइन टिकट विक्...
फाजुको सुबिधासम्पन्न मेगाबक्समा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

फाजुको सुबिधासम्पन्न मेगाबक्समा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको फाजु सहरमा पनि यही जुन १ तारिखका दिन प्रदर्शन हुने भएको छ। दक्षिण कोरियाको सउलमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’ पाँचथर सेवा समाज दक्षिण कोरियाले दक्षिण कोरिया प्रदर्शनका अधिकार पाएसँगै यही जुन १ तारिख आइतबारका दिन फाजु नेपाल फुटबल क्लबको आयोजनामा दिउँसो १ बजे फाजुको सुविधा सम्पन्न मेगाबक्स हलमा प्रदर्शन हुने भएको छ। चलचित्र हेरेर मनोरञ्जन लिनका लागि प्रवेश शुल्क ३० हजार कोरियन वन तोकिएको फाजु सो को अनलाइन टिकट विक्रीसमेत खुलिसकेको आयोजकले जनाएको छ।   अन्तरजातीय प्रेमकथामा आधारित भएर बनेको फिल्ममा एलेक्स र परीक्षासहित विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । फिल्म हेरेका दर्शकले कथावस्तु, प्रस्त...
त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
काठमाडौं – नेपाली नागरिकहरूलाई वैदेशिक भ्रमणको आडमा खाडी मुलुकहरूमा अवैध रूपमा पठाउने र तिनको श्रम शोषण गराउने मानव तस्करीको प्रवृत्ति फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौलाउन थालेको छ। विगतमा सुरक्षाका लागि कडाइ गरिए पनि पछिल्लो समय अध्यागमन कर्मचारी र बिचौलियाहरूबीचको साँठगाँठ झन् बलियो बनेको प्रमाण भेटिएको छ। सुरक्षा निकाय र अनुसन्धानले भिजिट भिसाको नाममा भइरहेका आपराधिक गतिविधिहरूविरुद्ध पटक–पटक अनुसन्धान गरे पनि कारबाहीका नाममा भएको कसरत अस्थायी सावित भएको छ। भिजिट भिसामा विशेषगरी यूएई हुँदै कुवेत जान लागेका महिला र पुरुषहरूलाई अध्यागमन कार्यालयका कर्मचारीले अवैध रूपमा अनुमति दिँदै आएका छन्। कोड वर्डको दुरुपयोग : महिला ‘एल’ र पुरुष ‘एस’ त्रिभुवन विमानस्थलका केही कर्मचारीहरू यात्रुहरूको पहिचान गर्न ‘कोड वर्ड’ प्रणालीको प्रयोग गरिरहेका छन्। महिलाहरूका लागि ‘एल’ र पुरुषह...
कोरियामा नेपाली राजदूतको सक्रियता बढदो 

कोरियामा नेपाली राजदूतको सक्रियता बढदो 

Breaking News, Breaking news 3, जानकारी, भर्खरै, समाचार
कोरियाको समुन्द्र पारि एउटा सुन्दर टापू जेजुदो छ l झन्डै २ हजार नेपाली विभिन्न पेसामा कार्यरत छन l गत मे ११ तारिख नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजना तथा एनआरएनए जेजु प्रान्त क्षेत्रीय कार्यासमितिको व्यवस्थापन अर्थात सह-आयोजनामा राहदानी घुम्ती सेवा तथा अन्तरक्रिया सम्पन्न भएको थियो l  उक्त घुम्ती सेवामा सहभागी हुन् दूतावास टिम सहित राजदूत डा. शिवमाया तुम्बाहाङफे अघिल्लो दिन सनिबार नै जेजुदो अवतरण गर्नु भएको थियो l  सनिबार दिनभर जेजुदो बासि नेपाली मुलका कोरियन नागरिक ,पर्यटन व्यवसायी, कृषि व्यवसायी, इपीएस बाट आएका विभिन्न कामदारहरु बिच अनौपचारिक भेट गर्नु भएको थियो l  राजदूतले व्यवसायीहरुलाइ नेपालमा समेत लगानी गर्न आग्रह गर्नु भएको थियो l साथै इपीएस कामदारहरुलाइ आफुले सिकेको सिप स्वदेशमा सदुपयोग गर्न सुझाब दिनु भएको थियो l  आइतबार बिहान ९ बजे बाट सुरु भएको घुम्ती सेवामा...
मिर्‍याङ्ग नेपाली समाजको नवौं अधिवेशनबाट असीम पुन मगर नेतृत्वको कार्यसमिति चयन

मिर्‍याङ्ग नेपाली समाजको नवौं अधिवेशनबाट असीम पुन मगर नेतृत्वको कार्यसमिति चयन

Breaking News, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्‍याङ्ग नेपाली समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न भएको छ । मिर्‍याङ्ग स्थित (경상남도 밀양시 시청동길 18-3)को हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट असीम पुन मगर अध्यक्ष रहने गरि १७ सदस्यीय संरचनाको नवौं कार्यसमिति गठन भएको हो । समाजका अध्यक्ष साजन थापाको सभाध्यक्ष र सोही समाजका संरक्षक सागर पोख्रेलको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजका उपाध्यक्ष असीम पुन मगरको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा सहसचिव प्रेम क्षेत्रीले प्रगति विवरण र कोषाध्यक्ष अञ्जु प्राख्रिनले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सागर पोख्रेलले वर्षेनी "छेजुदो भ्रमण" को आकर्षक प्याकेज आयोजना गर्दै कोरियामा रहेका नेपाली समुदायमा एक सक्षम संस्थाको रुपमा परिचित रहँदै नेपालीहरुविच एक आपसको सद्भाव र आत्मीयता बलि...
दक्षिण कोरियाले एकैपटक ९ नेपालीलाई गर्‍यो निष्कासन

दक्षिण कोरियाले एकैपटक ९ नेपालीलाई गर्‍यो निष्कासन

Breaking News, जानकारी, भर्खरै, समाचार
नेपाली युवाहरूको प्रमुख वैदेशिक गन्तव्य हो दक्षिण कोरिया। कम लागत र आकर्षक तलब पाउने भएपछि इपीएस भाषा परीक्षाका लागि प्रत्येक वर्ष लाखौं नेपालीले आवेदन दिँदै आएका छन्। तर, त्यसबाट छानिएर केही हजारमात्र दक्षिण कोरिया पुग्ने गरेका छन्। जसरी नेपालीहरूको प्रमुख गन्तव्य कोरिया बनेको छ, त्यसरी नै अध्यागमन कानुन उल्लंघन गरेर फर्किने नेपालीहरू पनि कम छैनन्। विभिन्न प्रलोभनमा परेर दक्षिण कोरिया गएका नेपालीहरू निष्कासनमा पर्दै आएका छन्। इपीएस भाषा परीक्षा पास गरेरै गएकाहरू पनि त्यहाँको कानुन उल्लंघन गरेर निष्कासनमा पर्ने गरेका छन्। दक्षिण कोरिया सरकारले गत साता ९ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरिया सरकारले उनीहरूलाई नेपाल फर्काएको हो। नेपाल फर्काइनेमा थापा, ठगुन्ना, आचार्य, राई, तुम्बाहम्पे, राई, तामाङ, मगर र मैनाली थरका एक-एक जना रहेको स्रोतले ...
कोरियामा मगर समुदायको “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम” आगामी जून १४ र १५ मा हुने 

कोरियामा मगर समुदायको “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम” आगामी जून १४ र १५ मा हुने 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरियामा रहेको मगर समुदायले आगामी जून १५ र १६ तारिक "भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम २०२५" को आयोजना गर्ने भएको छ । ”भाषा, धर्म र सँस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता“ भन्ने मूल नाराका साथ विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सहित कोरियामा सबैलाई पायक पर्ने गरि (경남 창녕군 부곡면 온천로 594 일성 콘도) मा सो कार्यक्रमको आयोजना गरिएको हो । नेपाल मगर संघ गणतन्त्र कोरियाको मुख्य व्यवस्थापनमा नेपाल मगर संघ, थेगु शाखा, नेपाल मगर संघ किम्हे/बुसान शाखा, नेपाल मगर संघ जेजु शाखा, DSME मगर समाज गजेदो र अठार मगरात खाम भाषी सम्पर्क मञ्चको संयुक्त आयोजनामा हुने सो कार्यक्रममा सहभागिताका लागि विभिन्न सात स्थानबाट जाने आउने बसको सुविधा रहने आयोजकले जनाएको छ । सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख , महिलालाई ८० हजार र विद्यार्थीलाई ७० हजार कोरियन वोन निर्...
नेपाल मगर संघ गणतन्त्र कोरिया किम्हे बुसान शाखाको छैठौं अधिवेशन यही मे १८ मा हुने 

नेपाल मगर संघ गणतन्त्र कोरिया किम्हे बुसान शाखाको छैठौं अधिवेशन यही मे १८ मा हुने 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरिया स्थित गौरवमय जातीय संस्था नेपाल मगर संघ किम्हे बुसान शाखाको छैठौं अधिवेशन यही मे १८ मा हुने भएको छ । संघले आफ्नो पाँचौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै किम्हेको न्यू लिटिल इण्डिया रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुने गरी सो अधिवेशन गर्ने तयारी गरेको हो ।  सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाको पहिलो शाखाको रूपमा सन् २०१५ मा स्थापित किम्हे बुसान शाखाले विभिन्न संघसंस्थाहरुसँग सहकार्य र समन्वय गर्दै स्थापनाको एक दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको सो किम्हे बुसान शाखाका अध्यक्ष दिल तारामी मगरले बताए । नेपाल मगर संघले कोरियाभरी आफ्नो चार श...
कोरियाको योङ्गिनमा २५६९ औं बुद्ध जयन्ती विशेष समारोह यही मे ११ मा हुने 

कोरियाको योङ्गिनमा २५६९ औं बुद्ध जयन्ती विशेष समारोह यही मे ११ मा हुने 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेफिन कोरिया, नेपाल बौद्ध परिवार दक्षिण कोरिया तथा प्रदेश संस्थाहरुको संयुक्त आयोजना यही मे ११ तारिक योङ्गिन स्थित (경기 용인시 처인구 해곡동 224-4 와우정사) वाउछङ्सा गुम्बामा "२५६९ औं बुद्ध जयन्ती विशेष समारोह" मनाइने भएको छ ।  विश्व शान्तिका अग्रदूत भगवान् बुद्धलाई स्मरण गर्दै यस कार्यक्रम मार्फत् शान्तिको सन्देश फैलाउने र बुद्ध नेपालमा जन्मेको र नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका रहने विश्वास गर्दै सो समारोहको आयोजना गरिएको नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हर्क विष्टले जानकारी दिए ।  करिब एक दशक अगाडि तत्कालीन नेपाली सम्पर्क समितिका अध्यक्ष अञ्जु केसीको नेतृत्वमा नेपालबाट भगवान् बुद्धको मूर्ति ल्याई वाउछङ्सा गुम्बामा स्थापना गरिएको थियो । सो गुम्बामा नेपालीपन झल्काउने विविध गतिविधि हुँदै आइरहेको सन्दर्भ उल्लेख गर्दै यस पटक पनि...
मे १८ मा “मुक्कुमलुङ कप ” फुटसल टुर्नामेन्ट हुँदै

मे १८ मा “मुक्कुमलुङ कप ” फुटसल टुर्नामेन्ट हुँदै

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा रहेका फुटबल खेलाडीहरूलाई मध्यनजर गर्दै ब्लु लायन फुटबल क्लब दक्षिण कोरियाले मे १८ तारिख का दिन “मुक्कुमलुङ कप ” फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । मे १८ तारिख आइतबारका दिन ख्यङ्गि आनसङ स्थित 경기 안성시 보개면 양복리 240-2(잇피알) मा हुने प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाइ क्रमश:३५ लाख र २० लाख कोरियन वोन सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने साथै सेमीफाइनलिस्ट टिमलाई पनि ५/५ लाख वन प्रदान गर्नुका साथै अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, इमर्जिङ खेलाडी,उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्तालाई जनही १/१ लाख कोरियन वोन सहित , मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ। “स्वास्थ्यको लागि खेलकुद, मनोरञ्जनको लागि फुटसल” भन्ने नाराका साथ आयोजना गरिएको “मुक्कुमलुङ कप ” फुटसल टुर्नामेन्टमा सहभागी हुन टीम दर्ता शुल्क ३लाख ५० हजार वन GURUNG SUBASH को...