Advertisement
Advertisement

मिर्‍याङ्ग नेपाली समाजको नवौं अधिवेशनबाट असीम पुन मगर नेतृत्वको कार्यसमिति चयन

Advertisement
Advertisement

बोम्जन गुरुङ:कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्‍याङ्ग नेपाली समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न भएको छ । मिर्‍याङ्ग स्थित (경상남도 밀양시 시청동길 18-3)को हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट असीम पुन मगर अध्यक्ष रहने गरि १७ सदस्यीय संरचनाको नवौं कार्यसमिति गठन भएको हो ।

समाजका अध्यक्ष साजन थापाको सभाध्यक्ष र सोही समाजका संरक्षक सागर पोख्रेलको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजका उपाध्यक्ष असीम पुन मगरको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा सहसचिव प्रेम क्षेत्रीले प्रगति विवरण र कोषाध्यक्ष अञ्जु प्राख्रिनले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सागर पोख्रेलले वर्षेनी “छेजुदो भ्रमण” को आकर्षक प्याकेज आयोजना गर्दै कोरियामा रहेका नेपाली समुदायमा एक सक्षम संस्थाको रुपमा परिचित रहँदै नेपालीहरुविच एक आपसको सद्भाव र आत्मीयता बलियो बनाउन मद्धत मात्र नभई सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर रहिआएको बताए । मिर्‍याङ्ग नेपाली समाजको हरेक गतिविधिमा अमूल्य सहयोग र सहकार्य गर्दै आउनुभएका सम्पूर्ण महानुभाव र संघसंस्थालाई समाजका अध्यक्ष साजन थापाले धन्यवाद व्यक्त गरेका थिए । ख्यङ्साङ्नाम्दो, किम्हे/बुसान क्षेत्र आसपासका अन्य संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा अन्य वक्ताहरुले समाजको हरेक गतिविधिको प्रशंसा गर्दै अधिवेशन सफलताको शुभकामना सहित आ-आफ्नो धारणा राखेका थिए ।

दोश्रो चरणको बन्द सत्र अन्तर्गत मिलान तामाङको संयोजकत्वमा सागर पोख्रेल, सुजाता बस्नेत र साजन थाप सदस्यीय रहेको निर्वाचन मण्डलले विधिवत् रुपमा गठन गरेको कार्यसमिति अध्यक्षमा असीम पुन मगर, वरिष्ठ उपाध्यक्ष प्रिती लामा, उपाध्यक्षहरुमा दीपक खड्का र महिला उपाध्यक्ष एजेलिया थेबे चयन भएका छन् भने सचिवमा प्रेम क्षेत्री, सहसचिवहरुमा दिल कुमार मगर (विदेश) साथै कोषाध्यक्षमा पुकेश भुजेल, सहकोषाध्यक्ष प्रकाश जोशी चयन भएका छन् । सदस्यहरुमा टोप बहादुर शाही, भरत श्रेष्ठ, प्रमिला राई, दीपा थुलुङ, राजकुमार अधिकारी, अभय चन्द, रोहित भण्डारी, सन्तोष तामाङ र समीर खड्का नवौं कार्यसमितिमा आबद्ध भएका हुन् । उद्घाटन सत्रमा समाजका सचिव विक्रम गरञ्जा मगर र बन्द सत्रमा समाजका प्रमुख सल्लाहकार मिलन तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

समाजको नवौं अधिवेशन सफल पार्न उपस्थित जनाउनुहुने विभिन्न संघसंस्थाका आमन्त्रित अतिथिहरु, किम्हे, बुसान, मिर्‍याङ्ग आसपासका जातीय, क्षेत्रीय, राजनैतिक, शैक्षिक, सामाजिक लगायत संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा मिर्‍याङ्ग नेपाली समाजले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×