बोम्जन गुरुङ:कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्याङ्ग नेपाली समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न भएको छ । मिर्याङ्ग स्थित (경상남도 밀양시 시청동길 18-3)को हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट असीम पुन मगर अध्यक्ष रहने गरि १७ सदस्यीय संरचनाको नवौं कार्यसमिति गठन भएको हो ।
समाजका अध्यक्ष साजन थापाको सभाध्यक्ष र सोही समाजका संरक्षक सागर पोख्रेलको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजका उपाध्यक्ष असीम पुन मगरको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा सहसचिव प्रेम क्षेत्रीले प्रगति विवरण र कोषाध्यक्ष अञ्जु प्राख्रिनले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सागर पोख्रेलले वर्षेनी "छेजुदो भ्रमण" को आकर्षक प्याकेज आयोजना गर्दै कोरियामा रहेका नेपाली समुदायमा एक सक्षम संस्थाको रुपमा परिचित रहँदै नेपालीहरुविच एक आपसको सद्भाव र आत्मीयता बलि...
२९ बैशाख २०८२, सोमबार १४:०४२९ बैशाख २०८२, सोमबार १४:०४२९ बैशाख २०८२, सोमबार १४:०४ by विशाल श्रेष्ठNo Comments
नेपाली युवाहरूको प्रमुख वैदेशिक गन्तव्य हो दक्षिण कोरिया। कम लागत र आकर्षक तलब पाउने भएपछि इपीएस भाषा परीक्षाका लागि प्रत्येक वर्ष लाखौं नेपालीले आवेदन दिँदै आएका छन्। तर, त्यसबाट छानिएर केही हजारमात्र दक्षिण कोरिया पुग्ने गरेका छन्।
जसरी नेपालीहरूको प्रमुख गन्तव्य कोरिया बनेको छ, त्यसरी नै अध्यागमन कानुन उल्लंघन गरेर फर्किने नेपालीहरू पनि कम छैनन्। विभिन्न प्रलोभनमा परेर दक्षिण कोरिया गएका नेपालीहरू निष्कासनमा पर्दै आएका छन्। इपीएस भाषा परीक्षा पास गरेरै गएकाहरू पनि त्यहाँको कानुन उल्लंघन गरेर निष्कासनमा पर्ने गरेका छन्।
दक्षिण कोरिया सरकारले गत साता ९ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरिया सरकारले उनीहरूलाई नेपाल फर्काएको हो।
नेपाल फर्काइनेमा थापा, ठगुन्ना, आचार्य, राई, तुम्बाहम्पे, राई, तामाङ, मगर र मैनाली थरका एक-एक जना रहेको स्रोतले ...
२९ बैशाख २०८२, सोमबार ०१:०३२९ बैशाख २०८२, सोमबार ०१:०३२९ बैशाख २०८२, सोमबार ०१:०३ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पतिपत्निको सम्बन्धमा बढोत्तरी हुनेछ । एकआपसमा सद्भावना बढ्नेछ । पारिवारिक रमझमले मन नै प्रफुल्लित हुनेछ । आजको दिन मेष राशिका जातकको लागि शुभ रहेक छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अनावश्यक वादविवादमा फसिन सकिनेछ । झुटा आरोपहरु पनि लाग्न सक्दछन । यात्रा गर्दा सम्यम अपनाएर यात्रा गर्नुहोला । सानोतिनो चोटपटकको भय पनि रहेको छ । बृष राशीका जातकका लागि आजको दिन त्यति उपयुक्त रहेको देखिदैन।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
नम्र व्यवहारकै कारण समाजमा प्रतिष्ठित भइनेछ । धार्मिक यात्राको अवसर जुट्दा रमाइलो महसुस होला । भाग्यमा बृद्दी हुनेछ । अचानक रुपमा धन प्राप्त होला । शुभ समाचार सुन्न पाइनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
गरेका कामहरुको चौतर्फि तारिफ हुने देखिन्छ । प्रमोसन आदि कुराहरु आजका दिन हुन सक्नेछन । बुवासङ्गको सम्बन्धमा बढोत्तरी हु...