मंगलबार मध्य रातमा मादक पदार्थ सेवन गरेर झैझगडा गरेको आरोपमा पक्राउ परेका भनेका कलाकार पवन खतिवडा (म्याकुरी) सहित २ जना भन्ने आरोप सरासर तथ्यहिन रहेको पवन खतिवडाले जनाएका छन्।
बेलबारी नगरपालिका–५ स्थित चिम्नी होटलमा मंगलबार राति साढे १२ बजेतिर मादक पदार्थ (रक्सी) सेवन गरेर खतिवडासँगै लोकेन्द्र भण्डारीले बेलबारीका एक जनालाई कुटपिट गरेको आरोपमा प्रहरीले राति नै नियन्त्रणमा लिएको थियो भन्ने हल्ला निराधार रहेको पवन खतिवडाले आफ्नो सामाजिक सन्जाल मार्फत जानकारी दिएका छन्।
खतिवडाले आफ्नो सामाजिक सन्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै आफुलाइ विभिन्न ठुला खाले मिडिया र त्यहिको स्थानीय पेज हरुले पनि गलत र भ्रामिक समाचार सम्प्रेषण गरेर आफ्नो वदनाम गरेको उल्लेख गरेका छन्। उनका अनुसार आफु घटनास्थलमा रहेको कारण प्रहरीले सोधपुछ जानकारीको लागि मात्र आफुलाइ प्रहरी चौकि लगेको र बाहिर आएको हल्ला अनुसार केह...
३ फाल्गुन २०७९, बुधबार १२:५७३ फाल्गुन २०७९, बुधबार १२:५७३ फाल्गुन २०७९, बुधबार १२:५७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज २०७९ फागुन ३ गते
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’सँग जरिवाना नअसुल्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले जरिवाना गर्ने भएपछि बालेन सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार आयोगका नाममा कारण देखाउ आदेश र अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश जारी भएको बताए ।
काठमाडौं महानगरका प्रमुख शाहले स्थानीय तहको निर्वाचन खर्च पेश नगरेका कारण तोकिएको साढे ७ लाख जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
आयोगले जरिवाना गराउने निर्णय गरेको समयदेखि ६ महिनाभित्र जरिवाना नबुझाए स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने कानूनी व्...
३ फाल्गुन २०७९, बुधबार १२:४३३ फाल्गुन २०७९, बुधबार १२:४३३ फाल्गुन २०७९, बुधबार १२:४३ by विशाल श्रेष्ठNo Comments
सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। साथै, सो घटनामा संलग्न रहेको आशंकामा अन्य ९/१० जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन कार्य भइरहेको छ ।...
३ फाल्गुन २०७९, बुधबार १२:३२३ फाल्गुन २०७९, बुधबार १२:३२३ फाल्गुन २०७९, बुधबार १२:३२ by विशाल श्रेष्ठNo Comments
३ फाल्गुण, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिनुभएको हो।
प्रधानमन्त्रीले भन्नुभयो, “गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्। लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कार्वाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण...
२ फाल्गुन २०७९, मंगलवार १०:२५२ फाल्गुन २०७९, मंगलवार १०:२५२ फाल्गुन २०७९, मंगलवार १०:२५ by विशाल श्रेष्ठNo Comments
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा मंगलबार विहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।
भेटवार्तामा इपीएसमार्फत् अझ बढी श्रमिक कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो ।
आउँदो वर्ष नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।...
१ फाल्गुन २०७९, सोमबार ०८:१६१ फाल्गुन २०७९, सोमबार ०८:१६१ फाल्गुन २०७९, सोमबार ०८:१६ by एलिनाNo Comments
लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले माओवादी पार्टी छाडेकी छन् ।
उनले यही माघ २४ मा माओवादी जिल्ला समन्वय कमिटी अध्यक्ष समक्ष राजीनामा बुझाएर माओवादी त्यागेको घोषणा गरेकी हुन् । वलीले राजीनामा पत्रमा माओवादीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेकाले पार्टी त्यागेको उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्-´मैले लुम्बिनीमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेलेँ । तर, पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो ।`
श्रीमान्को भूमिका एमालेमा हुँदाहुँदै मुटुमाथि ढुंगा राखी माओवादी रोज्दा समेत पार्टीले सामान्यकरण गरी भूमिकाविहीन गराई आफ्नो अपमान गरेको उनको गुनासो छ । .
एमाले सांसद उत्तरकुमार वलीको निधनपछि तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएको थियो । उनी दाङ ३ ´ख` ब...
१ फाल्गुन २०७९, सोमबार ०८:१४१ फाल्गुन २०७९, सोमबार ०८:१४१ फाल्गुन २०७९, सोमबार ०८:१४ by एलिनाNo Comments
सरकारले फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
काठमाडौं जिल्ला अदालत अगाडि भेला भएर द्वन्द्वपीडित र मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले जनयुद्ध दिवसको नाममा दिइएको सार्वजनिक बिदा खारेज गर्नुपर्ने र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने माग राखेका छन् । विरोध प्रदर्शन कार्यक्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मानवअधिकारकर्मी सुशील प्याकुरेलले जनयुद्ध दिवस भनेर बिदा दिनु ज्यादती भएको बताए ।
कुनै पार्टीले हिंसा सुरु गरेको दिनलाई, अथवा क्रान्ति सुरु गरेको दिनलाई मनाउने मैले आजसम्म विश्वमा कतै देखेको छैन’ उनले भने, ‘…जनयुद्ध सुरु त प्रचण्डलाई प्रधानमन्त्री बनाउन मात्र गरिएको रहेछ । आज लोकतान्त्रिक भनिएका पार्टीहरुको निरिहता दिवस भनेर मनाउन...
१ फाल्गुन २०७९, सोमबार ०४:१८१ फाल्गुन २०७९, सोमबार ०४:१८१ फाल्गुन २०७९, सोमबार ०४:१८ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ: विगत १० वर्ष देखि दक्षिण कोरियामा रोजगारीका सिलसिला रहदै आउनुभएका प्रकाश बस्नेतको पहिलो प्रयास एक दमै नयाँपनका साथमा प्रमोद खरेल र मेलिना राइको स्वरमा पहिलो सांगेतिक कोसेली “लोभी नजर” सार्बजनिक भएको छ।
बस्नेतको लेखन तथा भावना म्युजिक सोलुसनको प्रस्तुति “लोभी नजर” मा नेपालको हालको सर्वप्रिय गायक प्रमोद खरेल र लोकप्रिय गायिका मेलिना राइको श्वर रहेको छ। बिमल अधिकारी र सलिना खत्रीको अभिनय रहेको म्युजिक भिडियोलाइ मौसम हिमाली ले निर्देशन गर्नुभएको छ भने राजेश घिमिरेको छायांकन रहेको छ। बिमल अधिकारीको म्युजिक, विशाल निरौलाको arranger,कुमार रानाको मिक्स मास्टर, मालाश्री स्टुडियोमा खुमन सुमन रानाले रेकर्ड गर्नुभएको छ भने विकास ग्यवालिले एडिट र अनिमेष जोर्देनले मेकअप अनि शिव खत्रीको प्रडक्सन रहेको छ।
BHAWANA MUSIC SOLUTION को युट्युब च्यानलबाट सार्वजनिक भएको “लो...
१ फाल्गुन २०७९, सोमबार ००:४८१ फाल्गुन २०७९, सोमबार ००:४८१ फाल्गुन २०७९, सोमबार ००:४८ by विशाल श्रेष्ठNo Comments
काठमाडौं,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन्।
२८औँ 'जनयुद्ध दिवस'का अवसरमा आज शुभकामना दिँदै उनले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवसका रुपमा रहेको बताए।
उनले स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरू एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा शुभकामना पनि व्यक्त गरेका छन्।
‘यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछु, घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना गर्दछु’, ...
२९ माघ २०७९, आईतवार १४:४५२९ माघ २०७९, आईतवार १४:४५२९ माघ २०७९, आईतवार १४:४५ by विशाल श्रेष्ठNo Comments
चर्चित पात्र मुकुन्द घिमिरेले चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने र त्यहाँ उमेद्वारी दिने बताएका छ्न । सामाजिक संजालमा यो जानकारी दिएका हुन ।
उनले सामाजिक संजालमा लेखेको स्टाटस यस्तो छ – `चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने,म मुकुन्द घिमिरेले उमेद्वारी दिने।´
मुकुन्द घिमिरेले धेरै पहिलेदेखि रवि लामिछाने बिदेशी नागरिक भएको बताउँदै आएका छ्न ।...