विशाल आवाज: महिला सेल्टर “नाना आङा धिम” सहयोगार्थ अङ्ग्रेजी नयाँ बर्ष २०२४ को अवसरमा ख्यङ्बु गाइजले यहि डिसेम्बर ३१ तारिख बेलुकी ८ बजे देखि बिहान ४ बजे सम्म किम्हेमा नाइट डान्स पार्टी गर्ने भएको छ।
नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले बिगत पाच वर्षदेखि बुसान किम्हेमा संचालन गर्दै आइरहेको महिला सेल्टर " नाना आङा धिम " सहयोगार्थ 김해시 거야로 202(태평포시즌 101 호) मा नाइट डान्स पार्टी गर्ने भएको हो। डिजे सुशान्त र डिजे SBD को प्रस्तुति रहने डान्स पार्टीमा प्रवेश गर्न टिकट शुल्क बिस हजार वन तिरे पछि एउटा वेलकम ड्रिङ्क्स सित्तैमा पाउने आयोजकले जनाएको छ।
अङ्ग्रेजी नयाँ बर्ष धुमधाम मनोरञ्जनका साथ मनाउनुको साथै सामाजिक कार्यमा पनि एकबद्धता जनाउन सो क्षेत्रमा रहेका विभिन्न जातीय तथा क्षेत्रीय संघ संस्था, समाजसेवी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थित हुन आयोजकले हार्दिक अ...
१३ मंसिर २०८०, बुधबार ११:०२१३ मंसिर २०८०, बुधबार ११:०२१३ मंसिर २०८०, बुधबार ११:०२ by विशाल श्रेष्ठNo Comments
सोल । दक्षिण कोरियामा चिनियाँसँग घरको स्वामित्व बढेसँगै पहिलो छ महिनामा विदेशी घरको स्वामित्व बढेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार जुनको अन्त्यमा विदेशी नागरिकसँग घरको सङ्ख्या ८७ हजार दुई सय २३ थियो ।
यो अघिल्लो छ महिनाको तुलनामा चार दशमलव चार प्रतिशतले बढी हो । साथै यो मुलुकभित्रका सबै घरको शून्य दशमलव ४६ प्रतिशत हो । कूल विदेशी घरको स्वामित्वमा सबैभन्दा ठूलो हिस्सा चिनियाँसँग ५४ दशमलव तीन प्रतिशत छ ।
त्यस्तै अमेरिकीसँग २३ दशमलव पाँच प्रतिशत छ । कूल विदेशी मालिकमा ९३ दशमलव चार प्रतिशतसँग एउटा मात्र घर छ भने पाँच दशमलव दुई प्रतिशतसँग दुईवटा घर छन् । जुनको अन्त्यमा विदेशीहरूसँग घरेलु भूमि २६ करोड ५४ लाख ७२ हजार वर्गमिटर भएको छ ।
यो अघिल्लो छ महिनाको तुलनामा शून्य दशमलव छ प्रतिशतले अधिक हो । यसले मुलुकको कूल भूमिको शून्य दशमलव २६...
११ मंसिर २०८०, सोमबार ११:५१११ मंसिर २०८०, सोमबार ११:५१११ मंसिर २०८०, सोमबार ११:५१ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ यहि आउदो कोरियन महान् चाड सलनालको अवसरमा फेब्रुअरी १० तारिख सलनालको दोश्रो दिन बागलुङ समाज दक्षिण कोरियाले धौलागिरी सांगितिक सौगात भाग-४ गर्ने पक्का भएको छ।
“प्रवासी भूमिमा बाग्लुङे हरुको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बागलुङ समाज आवश्यकता” भन्ने मुल नारा लिएर सन् २००१ मा कोरियामा रहेका बागलुङे बासिहरु मिलेर स्थापना गरेको बागलुङ समाजले आइतबार नेपाली सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख शनिबार गण्डकी प्रदेश अन्तर्गत बागलुङ समाज दक्षिणले कार्यक्रम गर्ने प्रस्ताव समाजको अध्यक्ष भुमिराज भुषालले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो।
सन् २००१ मा स्थापी...
१० मंसिर २०८०, आईतवार ११:०८१० मंसिर २०८०, आईतवार ११:०८१० मंसिर २०८०, आईतवार ११:०८ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :ख्यङ्साङनाम्दो स्थित खोसङ मा रहेका नेपाली हरु मिली "प्रबाशी भुमीमा नेपाली माया, नेपालीपन,एकता,सहकार्य गर्दै रमाईलो बनाऊ जीबन" भन्ने मुल नारा लिएर खोसङ नेपाली समाज,दक्षिण कोरियाको पहिलो कार्यसमिति गठन सम्पन्न गरेको छ ।
सामाजिक ब्यक्तित्व तुलस गुरुङ को प्रमुख अतिथ्यता तथा बिभिन्न संघसस्थाको आतिथ्यतामा सम्पन्न पहिलो कार्यसमितिमा युवराज शाही को अध्यक्षतामा १५ सदस्यको कार्यसमिती चयन् भएको हो । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा टर सिं उपाध्यक्षमा भुबन ब. महासचिबमा मुकेश सचिबमा मनोज थापा,कोषाध्यक्षमा मौसम तामाङ,सहकोषाध्यक्ष:कबिता बि.क.(कुसुम) लगायत सदस्यहरूमा राम शर्मा,मेष शारू,लोकेश बोहोरा ,दिपेन्द्र न्यौपाने,सुसन देउवा,रभि श्रेष्ठ ,कन्चनमान सिं बेगा,कमल गैरे चयन भएको हो
कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएको तुलश गुरुङ्ले नब कार्यसमितिलाई हार्दिक बधाई तथा ...
६ मंसिर २०८०, बुधबार १०:२३६ मंसिर २०८०, बुधबार १०:२३६ मंसिर २०८०, बुधबार १०:२३ by विशाल श्रेष्ठNo Comments
डिसेम्बर १० मा “दिमाग खराब” किम्हेमा प्रदर्शन हुने
विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ “आपतकालिन राहतकोष सहयोगार्थ ” सिस्टरहुड दक्षिण कोरिया ले डिसेम्बर १० तारिख आइतबार 가야 대학교 मा दिउसो १ बजे किम्हे बुसान सो प्रदर्शन गर्ने भएको छ।
आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।
गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, द...
६ मंसिर २०८०, बुधबार १०:१०६ मंसिर २०८०, बुधबार १०:१०६ मंसिर २०८०, बुधबार १०:१० by विशाल श्रेष्ठNo Comments
श्रीमती कुट्ने पत्रकार, गाली खाने कमेडियन !
काठमाडौँ । स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ हिमेश पन्तको परिचय पछिल्लो समय राजनीतिक कार्यकर्ताको रुपमा समेत विस्तार भएको छ । गत निर्वाचनमा धादिङबाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेका पन्तले यतिबेला कलाकारिता र राजनीतिक करियरलाई सँगसँगै अघि बढाउँदै आएका छन् ।
उनै पन्त हाल आफूसँग सरोकार नै नभएको लफडामा परेका छन् । सामाजिक सञ्जलामा ‘हिमेश’ नाम भएको व्यक्ति भिडियो भाइरल बनेपछि आफूलाई कतिपयले गाली गलौज समेत गरेको उनको भनाइ छ ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘हिमेश नाम गरेको एक पत्रकारले श्रीमती कुटेको भन्ने भिडियो क्लिप बाहिरिएको रहेछ । हिजोदेखि मेरो इनबक्समा गालीका म्यासेजहरु आइरहेका छन् । म स्पष्ट पार्न चाहन्छु कि, पहिलो कुरो मेरो बिहे नै भएको छैन ।’ उनले आफू कुनैपनि घरेलु हिंसालाई समर्थन नगर्ने समेत बत...
१ मंसिर २०८०, शुक्रबार १२:०४१ मंसिर २०८०, शुक्रबार १२:०४१ मंसिर २०८०, शुक्रबार १२:०४ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :नेपाली सम्पर्क समिती(NCC) ले कोरियाको नया बर्ष( सलनाल) को अबसरमा बिभिन्न नेपाली संघ सस्थाले आयोजना गर्ने नेपाली सांस्कृतिक कार्यक्रम बाडफाड गर्ने मिती तय गरेको छ।
सन् 1993 मा स्थापना भई गौरबमय ईतिहास बोकेको नेपाली सम्पर्क समिती(NCC) लाई कोरिया स्थित सम्पूर्ण नेपाली संघ संस्थाहरूको छाता संस्थाका रूपमा मानिदै आएको छ। बिगतमा निकै राम्रो काम गरेको NCC ले सबै संघसंस्था को सहकार्य मा भगवान गौतम बुद्धको प्रतिमा समेत कोरिया स्थापना गरेको छ ।कोभिड तथा बिबिध कारणबस अलि सुस्ताएको NCC अहिले फेरि १८ औ कार्यसमिति निकै सकृयताका साथ लागि पर्नुका साथै अन्योलमा परेका संघसंस्था हरुले पनि NCC प्रति पुन आशा पलाएको बताउने गरेका छन ।
पहिले भन्दा फरक ढङ्गले विभिन्न बिभाग हरु गठन गरि संस्थालाई सेवामुलक संस्थाको रुपमा परिचित गराउदै ,भाषा समस्या ,स्वास्थ्य समस्या ,सास्कृतिक बिभाग लगायत...
१ मंसिर २०८०, शुक्रबार ११:३७१ मंसिर २०८०, शुक्रबार ११:३७१ मंसिर २०८०, शुक्रबार ११:३७ by विशाल श्रेष्ठNo Comments
कमला केसी /बिशाल आवाज :गण्डकी प्रदेश समाज दक्षिण कोरियाले, पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहनुभएका संघीय संसद साथै नेकपा एमालेका प्रमुख सचेतक माननीय पदम गिरी, नेपाली काग्रेशको केन्द्रिय सदस्य संघीय सासंद प्रदिप पौडेल र नेकपा माओवादीका केन्द्रिय सदस्य एबं पुर्व खानेपानी आपूर्ति मन्त्री तथा पूर्व संघीय संसद बिना मगरको प्रत्यक्ष उपस्थितिमा नोभेम्बर १८ तारिक शनिबार बेलुकी ८ बजे नेपाली थाई रेष्टुरेन्टको सभाकक्षमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
नेपाल-कोरियाको कुटनैतिक सम्बन्धको ५०औं बर्षगाँठको अवसरमा "नेपाल-कोरिया कुटनैतिक सम्बन्ध सुदृढीकरण तथा सहयोग आदानप्रदानका लागि दक्षिण कोरिया आएका मौका पारेर कार्यक्रम गर्न लागिएको हो । यही अवसरमा
"उद्यमशीलता , आत्मनिर्भरता र प्राबिधिक सिप आजको आवश्यकता !नीतिनिर्माण र कार्यान्वयनमा युवा नेतृत्वको भुमिका!! " बिषयमा कोरिया स्थि...
१ मंसिर २०८०, शुक्रबार १०:०५१ मंसिर २०८०, शुक्रबार १०:०५१ मंसिर २०८०, शुक्रबार १०:०५ by विशाल श्रेष्ठNo Comments
रासस जाजरकोट । चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।
कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । उनका अनुसार भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् ।
त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । उनका अनुसार यसअघि गत साता नलगाड–४ मा चिसोका कारण दुई जना दीर्घरोगीको ज्या...
३० कार्तिक २०८०, बिहीबार ०९:२८३० कार्तिक २०८०, बिहीबार ०९:२८३० कार्तिक २०८०, बिहीबार ०९:२८ by विशाल श्रेष्ठNo Comments
काठमाडौं । चलचित्र निर्माता संघले ‘दिमाग खराब’ ले लिएको अडानप्रति समर्थन र ऐक्यबद्धता जनाएको छ । आज बसेको संघको बैठकले सो चलचित्रका निर्माताले लिएको अडानलाई सही ठहर्याउँदै साथ दिने निर्णय लिएको हो ।
दिमाग खराबका निर्माता निर्देशकले विदेशी चलचित्र बराबरी शो पाउनुपर्ने तथा आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर प्राप्त हुनुपर्ने दुई वटा शर्त अघि सारेका छन् । शर्त पूरा नभएको खण्डमा चलचित्र हलबाट उतार्ने उनीहरुको चेतावनी छ ।
'दर्शकको फ्लोअनुसार शो र आम्दानीको ५० प्रतिशत हिस्सा नेपाली चलचित्रले पाउनैपर्छ
यसै विषयमा छलफल गर्न आज निर्माता संघको बैठक बसेको थियो । बैठकमा ‘दिमाग खराब’का निर्माता निर्देशक पनि उपस्थित थिए । बैठकले ‘दिमाग खराब’ का तर्फबाट प्रस्तुत गरिएको माग समग्र निर्माताहरुकै भावनाबमोजिम रहेको निष्कर्ष निकालिएको निर्माता-कलाकार दीपकराज गिरीले बताए ।
‘आम्दानीको ५० ...