आधिकारिकताको दाबी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन
काठमाडौं, १० कात्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकताको दाबी गर्दैै आरके शर्माले नेतृत्वको समूहले परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ । अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो । सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दाबी गरेको हो । उक्त निवेदन परराष्ट्रमा ११२३ नम्बरमा दर्ता गरिएको छ ।
परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्षमा शर्मा, महासचिवमा बुद्धि सुवेदीसहित पदाधिकारीहरुको नामावली पेश गरिएको छ ।आधिकारिकताको दाबी गर्दै निवेदन दर्ता भए पनि यस विषयमा पछि निर्णय हुने मन्त्रालयले जनाएको छ ।निर्वाचन मत परिणाम सार्वजनिक हुँदा काठमाडौंबाटै मतदान गरेक...
९ कार्तिक २०८०, बिहीबार १३:१७९ कार्तिक २०८०, बिहीबार १३:१७९ कार्तिक २०८०, बिहीबार १३:१७ by विशाल श्रेष्ठNo Comments
जसपाका नेता हरु द्वारा नेपाली राजदूतावास कोरियाको राजदुत संग भेटघाट
विशाल आवाज: UN को ESCAP भन्ने संस्थाको २२,२३,२४ मा सुवनमा भएको कार्यक्रममा भाग लिन आएका जसपा नेता तथा संसद प्रकाश अधिकारी र जसपा राजनीतिक समिति सदस्य-रमेस बाबु श्रेष्ठले २६ तारिकका दिन कोरिया प्रवास संगठन नेपाली समाज को विशेष पहलमा नेपाली राजदूतावास कोरियाको राजदुत डा.ज्योति प्याकुरेल ,मिनिस्टर कन्सुलर पुष्प राज भट्टराई,लेबरर कन्सुलर चन्द्र कला वलि संग राजदुतावास मा भेट वार्ता गरेको छ।
भेटमा कोरियामा श्रमिक हरूले भोग्नु परिरहेको दुख समस्या निराकरणको उपाय साथै नेपाल ध्वजा वाहक प्लेन नेपाल एयरलाइन्स लाई तत्काल सुचारू को निम्ति आवश्यक पहलको निम्ति छलफल भएको हो।कोरियाबाट अधिकांश अवैधानिक रूपमा हुन्डी कारोबार न्युनिकरण गरि नेपालीलाई ठगिन बाट बचाउन साथै राष्ट्र लाई भैरहेको राजस्व घाटा न्युनिकरणको उपायहरू बारे समेत छलफल...
९ कार्तिक २०८०, बिहीबार ०६:२२९ कार्तिक २०८०, बिहीबार ०६:२२९ कार्तिक २०८०, बिहीबार ०६:२२ by विशाल श्रेष्ठNo Comments
तामाङ घेदुङ दक्षिण कोरियाको गोतोजी छोर्तोजी"(बुझौँ र जागौँ) को दोश्रो श्रृङ्खलामा प्राध्यापक डा. मुक्त सिं तामाङ आउने
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सञ्चालन गरिरहेको मासिक कार्यक्रम "गोतोजी छोर्तोजी"(बुझौँ र जागौँ) को दोश्रो श्रृङ्खलामा यस पटक त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभागका प्राध्यापक डा. मुक्त सिं तामाङ आउने भएको छ। कार्यक्रम अङ्ग्रेजी महिनाको अन्तिम शनिबार हुदै आएको छ।
तामाङ, भाषा, धर्म, संस्कार, संस्कृति, इतिहास र साहित्य बारे तामाङ र गैरतामाङ सबैलाई बुझ्न र बुझाउने उदेश्यले सञ्चालन गरिएको कार्यक्रममा यस पटक इतिहास सम्बन्धी अन्तरक्रिया हुने भएको छ। तामाङहरुको आदिम थलो बिषयमा मानवशास्त्री डा. तामाङले आफ्नो चालिस मिनेटको प्रस्तुति दिनु हुनेछ। त्यसपश्चात् अन्तरक्रिया कार्यक्रम हुने कुरा कार्यक्रम सञ्चालक एल बी रुम्बाले जानकारी दिएको छ।
डा. मुक्त सिं तामाङले संयु...
४ कार्तिक २०८०, शनिबार ०४:०७४ कार्तिक २०८०, शनिबार ०४:०७४ कार्तिक २०८०, शनिबार ०४:०७ by विशाल श्रेष्ठNo Comments
कोरियाको छाङ्वनमा हुने माम्फको अन्तिम तयारी पुरा, कार्यक्रम स्थल सम्म पुग्न यातायातको समेत सुविधा
कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल'(माम्फ) अक्टोबर २० तारिख वाट सुरु भएर २१ र २२ तारिख सम्म हुदैछ । २२ तारिखका दिन हुन गइरहेको बहुसांस्कृतिक कार्यक्रम माम्फ र नजिकिँदै गरेको नेपालीहरूको महान चाड दशैको शुभकामना आदनप्रदान साथै टीका ग्रहण कार्यक्रमको अन्तिम तयारी पुरा भएको छ।
ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको १८ औं माम्फमा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, जापान र दक्षिण कोरिया गरी १६ मुलुकहरुले सहभागिता जनाएका छन् । विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार...
२ कार्तिक २०८०, बिहीबार १४:१४२ कार्तिक २०८०, बिहीबार १४:१४२ कार्तिक २०८०, बिहीबार १४:१४ by विशाल श्रेष्ठNo Comments
एनआरएनए चुनाव अन्तिम समयमा आरके शर्मालाई बलियो समर्थन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि राति १२ बजेदेखि अनलाइन भोटिङ खुला भएर भोटिङ प्रक्रिया सकिदैछ। एनआरएनएको अध्यक्ष पदमा आरके शर्मा, डा बद्री केसी, र महेश श्रेष्ठ रहेका छन् ।
यद्यपि निर्वाचनमा पहिलो पटक मध्यपूर्वबाट अध्यक्षको उम्मेदवार रहेका आरके शर्मालाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । अन्तिम समयमा उनलाई एकीकृत नेपालको सत्ता गठबन्धन दल निकट प्रवासी संघ संगठनहरुले समर्थन गरेका छन् । एकीकृत समाजवादी, जसपा, नेकपा माओवादी केन्द्र निकट प्रवासी संगठनका साथै कांग्रेस निकट जनसम्पर्क मञ्चको ठुलो हिस्सा समेत आरकेको साथमा देखिएको हो ।
एमाले निकट प्रवासी संगठनको भने एमाले निकट उम्मेदवार बद्री केसीलाई रहेको छ । कांग्रेस भने चुनावमा विभाजित अवस्थामा पुगेको हो । कांग्रेसको एक ठूलो समूहले आरकेलाई समर्थन...
२ कार्तिक २०८०, बिहीबार १३:४६२ कार्तिक २०८०, बिहीबार १३:४६२ कार्तिक २०८०, बिहीबार १३:४६ by विशाल श्रेष्ठNo Comments
"पशुपति प्रसाद २" भष्मे डन जेजु सहरमा अक्टोबर २१ मा प्रदर्शन हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपालमा आगामी कार्तिक ३ गते(अक्टोबर २०) बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको ‘पशुपति प्रसाद २ : भस्मे डन’ दक्षिण कोरियाको जेजु सहरमा प्रदर्शन हुने पक्का भएको छ। विश्वभर सार्वजनिक प्रदर्शन लगत्तै भोलिपल्ट २१ तारिख बेलुकी ७:२० मा जेजुको मेगा बक्समा नेपाल तामाङ घेदुङ जेजुदो शाखा ले "सस्थाको कोष प्रवर्द्धन तथा विकासको लागि" चलचित्र प्रदर्शनी कार्यक्रम गर्ने भएको छ।
नेपालमा निर्माण पक्ष अहिले फिल्मको प्रचार प्रसारमा जोडतोडले लागि परेसगै कोरियाको उल्सानमा प्रदर्शन गर्न लागेको आयोजक टोली पनि प्रचारप्रसारमा व्यस्त छ। फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘पशुपति प्रसाद’ को सिक्वेलको रूपमा निर्माण भएको ...
२ कार्तिक २०८०, बिहीबार १३:१६२ कार्तिक २०८०, बिहीबार १३:१६२ कार्तिक २०८०, बिहीबार १३:१६ by विशाल श्रेष्ठNo Comments
"पशुपति प्रसाद २" भष्मे डन गिम्छन् सहरमा अक्टोबर २८ मा प्रदर्शन हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपालमा आगामी कार्तिक ३ गते(अक्टोबर २०) बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको ‘पशुपति प्रसाद २ : भस्मे डन’ दक्षिण कोरियाको गिम्छन् सहरमा प्रदर्शन हुने पक्का भएको छ। विश्वभर सार्वजनिक प्रदर्शन लगत्तै को पछिल्लो हप्ता २८ तारिख बेलुकी ७ बजे गिम्छन् मेगा बक्समा गिम्छन्-गुमि नेपाली समाज ले चलचित्र प्रदर्शनी तथा दशै टिका ग्रहण कार्यक्रम गर्ने भएको हो।
आयोजकले २८ तारिख आइतबारका दिन दिउसो ४ बजे हिमालयन याक रेस्टुरेन्टमा दशै टिका कार्यक्रम गरेर ७ बजे सोहि रेष्टुरेन्टबाट हिडेर २ मिनेट लाग्ने मेगा बक्समा चलचित्र देखाउने जनाएको छ।नेपालमा निर्माण पक्ष अहिले फिल्मको प्रचार प्रसारमा जोडतोडले लागि परेसगै कोरियाको उल्सानमा प्रदर्शन गर्न लागेको आयोजक टोली पनि प्रचारप्रसारमा व्यस्त छ। फिल्ममा विपिन कार्की, स...
१ कार्तिक २०८०, बुधबार ११:३५१ कार्तिक २०८०, बुधबार ११:३५१ कार्तिक २०८०, बुधबार ११:३५ by विशाल श्रेष्ठNo Comments
कोरिया सउलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको स्नूकर प्रतियोगिता हुने
बोम्जन गुरुङ/विशाल आवाज:कोरिया स्थित तमू धीं को आयोजनामा आउँदो नोभेम्बर ११ र १२ तारिक सउल दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा "Billiards Snooker Tournament" हुने भएको छ । शारीरिक र मानसिक स्वास्थ्यका लागी खेलकूद भन्ने कार्यक्रमको मूल नारा सहित स्वच्छ र पारदर्शी खेल मार्फत मनोरञ्जनसँगै नेपालीहरुमा बन्धुत्व र मैत्रीभाव विकास गर्ने अभिप्रायले सो प्रतियोगिता आयोजना गरिएको हो ।
नेपाली समुदायविच भएको सउल कोरियाकै अहिलेसम्मको ठूलो पुरस्कार राशी भएको जानकारी दिँदै पछिल्लो समय युवा पुस्ताको स्नूकर खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाकी अध्यक्ष रुपा गुरुङले बताईन् । प्रतियोगितामा पहिलो र दोश्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र ...
२८ आश्विन २०८०, आईतवार १४:५८२८ आश्विन २०८०, आईतवार १४:५८२८ आश्विन २०८०, आईतवार १४:५८ by विशाल श्रेष्ठNo Comments
अक्टोबर २९ मा आनसानमा संयुक्त विजया दशमी महोत्सव २०८० हुने
बोम्जन गुरुङ/विशाल आवाज:'साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास' भन्ने मुल नाराका साथ 'पाँच-स' दक्षिण कोरियाको प्रमुख आयोजना र दक्षिण कोरियामा रहेका २१ वटा क्रियाशील सस्थाहरुको सयुक्त आयोजनामा अक्टोबर २९ तारिख आनसानमा संयुक्त विजया दशमी महोत्सव २०८० हुने भएको छ।
"साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह र २१ वटा सस्था द्वारा पन्चे बाजा र स्थानिय कलाकारहरूको बेजोड प्रस्तुति सहित आन्सान स्थित (पाँच स मन्दिर तथा पुस्तकालय नजिकको पार्क) मा सो कार्यक्रम आयोजना गरिने "पाँच स" का कार्यवाहक अध्यक्ष विष्णु थापाले जानकारी दिए ।
पूर्वीय सनातन धर्म, क...
२७ आश्विन २०८०, शनिबार ०५:०८२७ आश्विन २०८०, शनिबार ०५:०८२७ आश्विन २०८०, शनिबार ०५:०८ by विशाल श्रेष्ठNo Comments
विराटनगर । विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा आएका केदार कार्की कोशी प्रदेशको आठौ मुख्यमन्त्रीको रुपमा नियुक्त भएका छन् ।
अघिल्लो प्रदेश सभामा ३ जना मुख्यमन्त्री भएका थिए । कोशी प्रदेशमा पछिल्लो प्रदेश सभाको एक वर्षको अवधिमा ५ औ मुख्यमन्त्री नियुक्त भएका छन् ।
यो अवधिमा २–२ पटक हिक्मत कार्की र उद्धव थापा मुख्यमन्त्री बनेका छन् । दुवै पटक मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका मुख्यमन्त्री बनेका उद्धव थापालाई भने अदालतले बरखास्त गरेको थियो ।
हिक्मत भने पहिलो पटक माओवादी र जसपाले साथ छाड्दा विश्वासको मत पाउन नसकी पद मुक्त भएका थिए भने दोस्रो पटक विश्वासको मत पाउन नसक्ने भएपछि राजीनामा दिएका थिए ।
संविधानको धारा १६८(३) अन्तर्गत मुख्यमन्त्री भएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै प्रदेश प्रमुखले संविधानको धारा १...