Advertisement
Advertisement

कोरियाको छाङ्वनमा हुने माम्फको अन्तिम तयारी पुरा, कार्यक्रम स्थल सम्म पुग्न यातायातको समेत सुविधा 

Advertisement
Advertisement

कोरियाको छाङ्वनमा हुने माम्फको अन्तिम तयारी पुरा, कार्यक्रम स्थल सम्म पुग्न यातायातको समेत सुविधा 

कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल'(माम्फ) अक्टोबर २० तारिख वाट सुरु भएर २१ र २२ तारिख सम्म हुदैछ । २२ तारिखका दिन हुन गइरहेको बहुसांस्कृतिक कार्यक्रम माम्फ र नजिकिँदै गरेको नेपालीहरूको महान चाड दशैको शुभकामना आदनप्रदान साथै टीका ग्रहण कार्यक्रमको अन्तिम तयारी पुरा भएको छ।

ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको १८ औं माम्फमा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, जापान र दक्षिण कोरिया गरी १६ मुलुकहरुले सहभागिता जनाएका छन् । विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माम्फमा विभिन्न मुलुकबाट कलाकारहरु आएर आफ्नो साँगीतिक प्रस्तुती पस्कने छन् । यो पटक माम्फका लागि नेपालबाट युवा गायक छेवाङ लामा कोरिया प्रस्थान गरिसकेका छन् ।

शुक्रबारदेखि आइतबार तीनदिनसम्म छाङ्वनको यङ्जी पार्कमा हुने उक्त फेस्टिबलमा हरेक मुलुकको विभिन्न प्रस्तुतीसहित बहुसांस्कृतिक विविधता परेड, एशियाली संगीत कन्सर्ट, ग्लोबल माइग्रेन्ट डान्सका साथै विभिन्न मुलुकलाई चिनाउने कला कला प्रदर्शनी र विविध सामग्रीसहितको स्टलहरु राखिनेछ।माम्फ को अन्तिम दिन अक्टोबर २२ तारिखमा हुने बिभिन्न देशहरुको सास्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम हेर्न आउने सुबिधा का लागी नि-शुल्क बस सेवा समेत उपलब्ध गरिएको छ।

५० हजारभन्दा बढी व्यक्तिहरुको उपस्थिति रहनुका साथैख्यङ्नाम MBC टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने कोरियाकै सबैभन्दा ठुलो बहुसाँस्कृतिक महोत्सव माम्फमा नेपालले पनि अन्य मुलुकहरु सँगै उत्साहजनक र उपलब्धिमूलक सहभागिता जनाउदै आएको छ ।

प्रवासीहरुका लागि गरिने कोरियाकै सबैभन्दा ठुलो महोत्सवमा सहभागी राष्ट्रहरुका राजदूतसहित उच्च निकायका व्यक्तित्वहरुको समेत उपस्थिति रहने माम्फको मुख्य आकर्षण ‘धामुन्ह्वा परेड’मा यो वर्ष ‘कलश जात्रा’का साथै शक्तिको प्रतिक नवदुर्गा भवानी, नेपालको सान र पहिचान सगरमाथा र भगवान गौतम बुद्धका प्रतिमासँगै नेपाली परम्परागत विवाहमा अनिवार्य बजाइने मौलिक बाजा ‘पञ्चेबाजा’को धुनसँगै धामुन्ह्वा परेडलाई आकर्षक रुपमा प्रस्तुत गरिने आयोजक नेपाली समूहका योगिता गौतम बताउँछिन्। उनका अनुसार आइतबार दिनको ११ बजेदेखि ३ बजेसम्म ख्याङनाम नेपाली समाजले नेपालीहरुको महान चाड दशैं पर्वको आयोजना गर्ने भएको छ। “यो पटक दशैं मनाउनुको कारण माम्फको दुई दिन पछि दशैं पर्ने रहेछ । त्यसैले प्रवासमा रहेका हामी नेपालीहरुबिच एकता, सदभाव र प्रेम दर्शाउदै दशैं मनाउन लागिएको हो।“ दशैं कार्यक्रमसँगै विभिन्न गीतसंगीत, नृत्य, कविता वाचन तथा हाँस्यव्यंग्य, क्यारीकेचर जस्ता मनोरञ्जनात्मक कार्यक्रम गरिने ख्याङनाम नेपाली समाजले जनाएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×