विशाल आवाज: दक्षिण कोरियामा सक्रिय जातिय संस्था किरात याक्थुङ चुम्लुङ छल्लादो साखादक्षिण कोरियाले डिसेम्बर २९ तारिख मोक्पोमा “चासोक तङनाम” मनाउने भएको छ।
“जुन दिनसम्म हामीसँग हाम्रो मौलिकता रहन्छ,त्यस दिनसम्म मात्र हामी हाम्रो जीवनको मालिक रहन्छौ” भन्ने मूल नाराका साथ कि.या.चु छल्लादो साखा दक्षिण कोरियाले डिसेम्बर २९ तारिक आइतबार दिनको १२ बजेबाट मोक्पो स्थित 전라남도 영암군 삼호읍 신황로 135-53 (축성암 (영암) 도서관 मा नेपाली राष्ट्रिय चाड तथा लिम्बु समुदायको महान चाड “चासोक तङनाम” येले तङबे ५०८४ (उधौली पर्व) को अवसरमा “चासोक तङनाम” बिशेष शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो। आफ्नो भाषा,संस्कृतिक,कला र परम्पराको संरक्षण गर्दै आयोजना हुने कार्यक्रममा मौलिक परिकारहरूको साथमा मौलिक धान नाच 'यालाङ',च्याब्रुङ 'के लाङ’ सँगै लिम्बु चर्चित याक्थुङ गायक-गायिकाहरुको साथ साङ्गीतिक मनोरञ्जनहरू स...
८ पुष २०८१, सोमबार १३:२३८ पुष २०८१, सोमबार १३:२३८ पुष २०८१, सोमबार १३:२३ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरियन नयाँ वर्ष सलनालको अवसरमा खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा जनवरी २९ तारिख आयोजना हुन लागेको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को पोस्टर आइतबारका दिन सौलमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सहजीकरण र पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वयमा सलनालको दोस्रो दिन जनवरी २९ तारिख बुधबारका दिन हुने “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को पोस्टर आइतबारका दिन दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा सार्बजनिक गरेको हो।
आयोजकले पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरु गायिका मिना राइ र युवा पुस्तामाझ लोकप्रिय गायक केहर सिङ लिम्बुको साथमा सामाजिक कल्याणकारी सहयोगार्थ कार्यक्रम आयोजना गर्न...
५ पुष २०८१, शुक्रबार ०८:०५५ पुष २०८१, शुक्रबार ०८:०५५ पुष २०८१, शुक्रबार ०८:०५ by विशाल श्रेष्ठNo Comments
२०२५ मा ईपिएस अन्तर्गत प्रवासी श्रमिकको कोटा १ लाख ३० हजार निर्धारण गरिएको छ। आज डिसेम्बर २० तारिक रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गतको प्रवासी श्रमिक (१७ देशकोलागि)को २०२५को लागि कोटा तोक्न बसेको बैठकले कोटा निर्धारण गरेको हो ।
प्रवासी श्रमिक नीति समितिको बैठकले २०२५को प्रवासी श्रमिकको कोटा १ लाख ३० हजार तोकेको हो। जस अनुसार उत्पादन क्षेत्रमा ७२,००० जना ,पानिजाहाज बनाउने कम्पनिकोलागि २,५०० जना ,निर्माण क्षेत्रमा २,००० जना ,कृषि क्षेत्र १०,००० जना ,मत्स्यपालनमा ८,५०० जना ,सेवा क्षेत्र ३,००० जना छ । माथिको कोटा सकीए आवश्यक परेको जुनसुकै क्षेत्रकोलागि ३२,००० जना थप्ने बैठकले निर्धारण गरेको छ।
यो कोटा मध्ये ७,७३० जना कमिटेड आउने छन् भने बाकी सबै नया प्रवासी श्रमिक आउने छन। २०२४ को कोटाबाट अहिलेसम्म ७०,४६० जनाको मात्र रोजगार अनुमति जारि भएको छ .यो सख्या सम्पूर्ण कोटाको ४७% हो। गत अ...
१ पुष २०८१, सोमबार १३:५९१ पुष २०८१, सोमबार १३:५९१ पुष २०८१, सोमबार १३:५९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन), दक्षिण कोरियाले विश्वव्यापी आदिवासी खुल्ला कविता प्रतियोगिता आयोजना साथै आदिवासी जर्नल प्रकाशन गर्ने भएको छ।
गत डिसेम्बर १ आइतबार सौलमा नेफिन कोरियाको कार्यसमिति सहित संरक्षक, सल्लाहकार तथा जातीय र सम्बद्ध संस्थाको अध्यक्षहरूको संयुक्त बसेको बैठकबाट “विश्वव्यापी खुल्ला आदिवासी कविता प्रतियोगिता” सहित आदिवासी “जर्नल प्रकाशन” गर्ने निर्णय भएको थियो। सोही अनुरूप डिसेम्बर १३ तारिख एक सूचना निकाल्दै नेफिन कोरियाले विश्वव्यापी खुल्ला आदिवासी कविता प्रतियोगिता गर्ने र प्रतियोगितामा पहिलो ,दोस्रो ,तेस्रो हुने लाइ क्रमश ५ लाख, ३ लाख ,२ लाख कोरियन वन र सान्त्वना हुने तीनजनालाई १/१ लाख कोरियन वन पुरस्कार स्वरूप दिने बताइएको छ। प्रतियोगितामा सहभागी उत्कृष्ट कविताहरूलाई आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले प्रकाशन गर्न लागिरहेको आदिवासी जर्नलमा ...
१ पुष २०८१, सोमबार ०९:३६१ पुष २०८१, सोमबार ०९:३६१ पुष २०८१, सोमबार ०९:३६ by एलिनाNo Comments
विशाल आवाज: गत कात्तिक ३० गतेबाट विश्वभर प्रदर्शनमा आएको नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियाको ख्यङ्जुमा पनि डिसेम्बर २९ तारिख प्रदर्शन हुने भएको छ।
नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’ ख्यङ्जु नेपाली एकता समाजले ख्यङ्जु स्थित 경주시 외동읍 입실로2길 21 मा डिसेम्बर २९ तारिख आइतबारका दिन दिउसो १:०० बजे प्रदर्शन गर्ने भएको हो।
आपतकालीन राहतका लागी प्रदर्शन हुने फिल्म हेर्न दर्शकले मात्र २० हजार कोरियन वन तिर्नुपर्ने आयोजकले जनाएको छ। टिकट बुकिङको लागि आयोजकलाई सम्पर्क गरि मनोरञ्जनका साथै सामाजिक कार्यमा सहभागी हुन ख्यङ्जु वरपर हुने सम्पूर्ण नेपालीलाई उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ।
‘स्टारकास्ट’कै कारण ठूलो ‘हाइप’ दिलाउन सफल फिल्म ‘ह्रस्व दीर्घ’ ले नेपालमा १० करोडमाथि कमाइसकेको छ।चन्द्र पन्त निर...
१ पुष २०८१, सोमबार ०२:२४१ पुष २०८१, सोमबार ०२:२४१ पुष २०८१, सोमबार ०२:२४ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:कोरिया स्थित तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा तमू (गुरुङ) जातिको नयाँ वर्ष तथा मौलिक पर्व ल्होसार आउँदो जनवरी ५ तारिकमा मनाउने भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्प वर्ग) लाई स्वागत र मुप्री ल्हो (चील वर्ग) विदाई गर्दै बुसान सहरको 경남 김해시 서상동 27-31 New Little India Resturent 2nd floor को हलमा दिउँसो १२ बजेदेखि शुरु हुने गरी सो ल्होसार मनाउने भएको हो ।
सो ल्होसारको अवसरमा दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा अध्यक्ष गितासिंह गुरुङले जानकारी दिए । "प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु" भन्ने तमु समुदायको विश्वब्यापी नारालाई अनुशरण गर्दै समय सापेक्षित विभिन्न कार्यक्रम गर्दै आइरहेको संस्थाले हरेक वर्ष जस्तै यसपटक पनि ल्होसार मनाउने तय...
३० मंसिर २०८१, आईतवार १३:५३३० मंसिर २०८१, आईतवार १३:५३३० मंसिर २०८१, आईतवार १३:५३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाजःनेकपा एमाले प्रबास संगठन प्रवासी नेपाली मन्च (onf) बुसान क्षेत्रिय कमिटि दक्षिण कोरियाको ७ औ अधिबेशन किम्हेमा सम्पन्न भएको छ।
आइतबार किम्हे शहरको न्यु लिटिल नेपाली रेष्टुरेन्टको हलमा सम्पन्न प्रवासी नेपाली मञ्च बुसान क्षेत्रिय कमिटीको सातौ अधिवेशनले सर्वसम्मत रुपमा शिव विश्वकर्माको नेतृत्वमा १३ सदस्यिय नया कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको अध्यक्षमा शिव विश्वकर्मा उपाध्यक्षमा तेजु गुरुङ ,सचिवमा धनञ्जय न्यौपाने ,उपसचिवमा सुमन अधिकारी र सदस्यहरुमा अञ्जु गुरुङ,उत्सव चौधरी,अजय गुरुङ,जिवन तामाङ ,केपी जोशी,सागर पराजुली र बद्री पौडेल चयन भएका छन्। यसैगरी एक जना सदस्य पछि चयन गर्ने कमिटीले जनाएको छ।
प्रवासि नेपालि मन्च अन्तराष्ट्रीय कमिटि सदस्य तथा दक्षिण कोरिया इन्चार्ज डा.सन्जु पौडेलको प्रमुख अतिथ्यमा तथा प्रवासि नेपालि मन्च दक्षिण कोरिया राष्ट्रीय कमिटि अध्यक्...
२५ मंसिर २०८१, मंगलवार १३:०६२५ मंसिर २०८१, मंगलवार १३:०६२५ मंसिर २०८१, मंगलवार १३:०६ by विशाल श्रेष्ठNo Comments
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको र च्याप्टरको काव्य-सुधा अन्तर्गत १६८ औ श्रृङ्खला यही डिसेम्बर १५ तारिख नेपाली समयअनुसार साँझ ६ बजेदेखि गजल मुशायरा भर्चुअल कार्यक्रम हुने भएको छ।
अनेसास कोरिया च्याप्टर को फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा यसपालि गजलकार सुमी पोखरेल, सुधाकर दाहाल तथा राजेश आचार्यले गजल प्रस्तुत गर्नुहुने आयोजकले जनाएको छ। अनेसास कोरिया च्याप्टरको उपाध्यक्ष सरोज भण्डारी संयोजक रहेको कार्यक्रमको सञ्चालन भने सचिव विजयता भण्डारीले गर्नुहुनेछ।
डिसेम्बर १५ तारिख आइतबार नेपाली समय साँझ ६ बजे बाट सुरु हुने गजल मुशायरा प्रत्यक्ष सुन्न सम्पूर्ण साहित्य प्रेमी मनहरूमा फेसबुक लाइभ मार्फत कार्यक्रममा जोडिनु हुन आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।...
२५ मंसिर २०८१, मंगलवार ०६:०३२५ मंसिर २०८१, मंगलवार ०६:०३२५ मंसिर २०८१, मंगलवार ०६:०३ by विशाल श्रेष्ठNo Comments
घरमा काम गर्ने बालिकामाथि बलात्कारको अभियोगमा एमालेका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी पक्राउ
एमाले नेता तथा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी घरमा काम गर्न राखेकी बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले घरेलु कामदार १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको अभियोगमा शिवाकोटीलाई पक्राउ गरिएको जनाएको छ ।
पीडित बालिका कलेज पोसाकमै काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकीतिर जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले रोकेर सोधपुछ गर्दा घटना सार्वजनिक भएको झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दए । सोधपुछका क्रममा बालिकाले आफूलाई शिवाकोटीले जबरजस्ती करणी गरेको बताएकी थिइन् । घटनाबारे बालिकाले खुलाएपछि उनको तत्कालै उद्धार गरिएको प्रहरीले जनाएको छ
आमा भारतमा बस्ने गरेको र उनको बुबा नभएकी बालिक...
२३ मंसिर २०८१, आईतवार १२:५८२३ मंसिर २०८१, आईतवार १२:५८२३ मंसिर २०८१, आईतवार १२:५८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था बागलुङ समाज दक्षिण कोरियाको ११औ अधिवेशन सुवनमा सम्पन्न भएको छ।
आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित कामना हलमा सम्पन्न भएको अधिवेशनबाट नेपालीको नेतृत्वमा १८ सदस्य कार्यसमिति चयन गरिएको छ।
“प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता आपत्कालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भने मुल नारा लिएर सन् २००१ मा कोरियामा रहेका बाग्लुङ्गे हरु मिलेर स्थापना भएको समाजले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा सहयोग गर्दै आइरहेको छ।संस्थाले आफ्नो एघारौँ अधिवेशनको समारोहको अवसरमा दक्षिण कोरियामा विभिन्न सामाजिक कार्यमा योगदान पुर्याउने समाजलगायत व्यक्तित्वहरूलाई सम्मानसमेत गरेको थियो।
आज सम्पन्न बाग्लुङ समाज दक्षिण कोरियाको ११ औँ अधिवेशनबाट नवनिर्...