अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको र च्याप्टरको काव्य-सुधा अन्तर्गत १६८ औ श्रृङ्खला यही डिसेम्बर १५ तारिख नेपाली समयअनुसार साँझ ६ बजेदेखि गजल मुशायरा भर्चुअल कार्यक्रम हुने भएको छ।
अनेसास कोरिया च्याप्टर को फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा यसपालि गजलकार सुमी पोखरेल, सुधाकर दाहाल तथा राजेश आचार्यले गजल प्रस्तुत गर्नुहुने आयोजकले जनाएको छ। अनेसास कोरिया च्याप्टरको उपाध्यक्ष सरोज भण्डारी संयोजक रहेको कार्यक्रमको सञ्चालन भने सचिव विजयता भण्डारीले गर्नुहुनेछ।

डिसेम्बर १५ तारिख आइतबार नेपाली समय साँझ ६ बजे बाट सुरु हुने गजल मुशायरा प्रत्यक्ष सुन्न सम्पूर्ण साहित्य प्रेमी मनहरूमा फेसबुक लाइभ मार्फत कार्यक्रममा जोडिनु हुन आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।
Post Views: 329









