दक्षिण कोरियाको सौल दोङ्देमुन स्थित नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा सुरेश भट्टको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै आज नुवाकोट समाज, दक्षिण कोरियाको १०औँ महाधिवेशन–२०२५ भव्य रूपमा सम्पन्न भएको छ।
दक्षिण कोरियामा रहेको अतिथी हरुको बाक्लो उपस्थितिमा सम्पन्न अधिवेशनमा तत्कालीन अध्यक्ष बिबी स्याङ्तान तामाङलाई समाजप्रतिको योगदानका लागि सम्मान तथा धन्यवाद अर्पण गरिएको थियो। सोही अवसरमा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि सफलताका शुभकामना व्यक्त गरिएको थियो।
अतिथिहरूको बाक्लो उपस्थिति रहेको यो अधिवेशनले सुरेश भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। बरिष्ठ उपाध्यक्षमा सुनिल रिजाल, उपाध्यक्षमा अर्जुन तामाङ, सचिवमा अश्विन अधिकारी, कोषाध्यक्षमा बाबुराम रिमाल, सह-कोषाध्यक्षमा उद्धव थापा तथा सदस्यहरूमा नविन भट्टराई, राजन गुरुङ, मदन ढुङ्गाना, प्रदिप तामाङ, विजय तामाङ, सुजन सि...
२६ कार्तिक २०८२, मंगलवार ०६:३८२६ कार्तिक २०८२, मंगलवार ०६:३८२६ कार्तिक २०८२, मंगलवार ०६:३८ by विशाल श्रेष्ठNo Comments
प्रवासी नेपालीहरूलाई उद्यमशीलता तर्फ प्रेरित गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले “उद्यमशीलता विकास कार्यक्रम–भाग १” आगामी शनिबार आयोजना गर्न लागेको छ।
“प्रवासीबाट उद्यमीका यात्रा तर्फ” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रम गण्डकी प्रदेश समाजको उद्यमशीलता विकास समितिद्वारा सञ्चालित हुनेछ।
कार्यक्रममा विशेष अतिथि सफल उद्यमी विनोद कुँवर रहनेछन्। उहाँले नेपालमा कोरियन चाउचाउ कम्पनी, कोरियन रक्सी (Soju) कम्पनी र श्रृङ्गार सामग्री कम्पनी लगायतका सफल व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ। उहाँको प्रेरणादायी उद्यम यात्राले प्रवासी नेपालीहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने हौसला प्रदान गर्ने अपेक्षा आयोजकहरूले व्यक्त गरेका छन्।
कार्यक्रमका प्रस्तोता प्रा.डा. बाबुकाजी श्रेष्ठ, संयोजक–उद्यमशीलता विभाग, रहनुहुनेछ। उहाँले कार्यक्रमलाई जानकारीमूलक र संवादम...
२५ कार्तिक २०८२, सोमबार ०५:०१२५ कार्तिक २०८२, सोमबार ०५:०१२५ कार्तिक २०८२, सोमबार ०५:०१ by विशाल श्रेष्ठNo Comments
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, ख्यङ्साङनाम्दो बुसान शाखाको आयोजनामा “सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०२५” यही नोभेम्बर १६ (आइतबार)का दिन किम्हेमा आयोजना हुने भएको छ।
यस कार्यक्रममार्फत निवर्तमान कार्यसमितिलाई बिदाइ तथा सम्मानका साथै ख्यङ्साङनाम्दो क्षेत्रमा रहेका विभिन्न जातीय संस्थाहरुबीच आपसी सहकार्य र समन्वयका विषयमा अन्तरक्रिया गरिनेछ।आयोजक महासंघका अनुसार, उक्त कार्यक्रम किम्हेस्थित लिटल इण्डिया रेष्टुरेण्टको सभाहलमा मध्याह्न १२ बजे सुरु हुनेछ। कार्यक्रममा महासंघका पदाधिकारी, विभिन्न समुदायका प्रतिनिधि, स्थानीय संघ–संस्थाका सदस्यहरू र समाजसेवीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
महासंघले सबै महानुभावहरूलाई कार्यक्रमको मिति, समय र स्थानमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिन हार्दिक निमन्त्रणा गरेको छ।...
२२ कार्तिक २०८२, शुक्रबार ०९:२८२२ कार्तिक २०८२, शुक्रबार ०९:२८२२ कार्तिक २०८२, शुक्रबार ०९:२८ by विशाल श्रेष्ठNo Comments
दुई वर्षअघि बक्स अफिसमा तहल्का मच्चाएको ब्लकबस्टर चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ को दक्षिण कोरियाको सुवन (Suwon) मा हुने विशेष शोका लागि सबै टिकट बिक्री समाप्त (SOLD OUT) भएको छ।
Manggena Entertainment को आयोजनामा यहि नोभेम्बर ९ (आइतबार) का दिन सुवनको Ak plaza र 팔달문 मा रहेको २ ओटै सुबीधासम्पन्न 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 मा प्रदर्शन हुन लागेको ‘जारी २’ को शोप्रति कोरियामा रहेका नेपाली दर्शकहरूको उत्साह अत्यधिक देखिएको छ।
केही दिनअघि मात्रै आयोजकले टिकटको अनलाइन बुकिङ खुला गरेको थिए, तर छोटो समयमै २ ओटै हलको सम्पूर्ण टिकट बिक्री सकिएको छ।
‘जारी २’ मा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायत कलाकारहरूको दमदार अभिनय रहेको छ। चलचित्रका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्।
फिल्मको लेखन र निर्देश...
२० कार्तिक २०८२, बुधबार ०९:५४२० कार्तिक २०८२, बुधबार ०९:५४२० कार्तिक २०८२, बुधबार ०९:५४ by एलिनाNo Comments
नेपाल तामाङ घेदुङ दक्षिण कोरियले आफ्नो १२औं महाधिवेशन आगामी नोभेम्बर २३ (आईतबार)का दिन गर्ने सौलमा गर्ने भएको छ।
संस्थाले जारी गरेको सूचनामा सो महाधिवेशनमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन सबैलाई सादर अनुरोध गरिएको छ।महाधिवेशन दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रम 서울시 종로구 창신길 51, 5층 MG 새마을금고 동대문 मा हुनेछ। उक्त स्थलमा दुङदेमुन गेट नम्बर १, २ वा ३ बाट हिँडेर करिब ४ मिनेटमा पुग्न सकिने जानकारी पनि आयोजकले दिएका छन्।
संस्थाका पदाधिकारीका अनुसार महाधिवेशनमा संगठनको वार्षिक प्रतिवेदन, भावी योजना र नयाँ नेतृत्व चयनलगायतका विषयमा छलफल हुनेछ। नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले कोरियामा रहेका तामाङ समुदायबीच एकता, संस्कृति संरक्षण र सामाजिक भावनाको सुदृढीकरणका लागि बिभिन्न कार्यक्रम गर्नुका साथै कोरिया लगायत नेपालमा सहयोग गर्दै आइरहेको छ।
कार्यक्रममा दक्षिण कोरियामा रहेका तामाङ लगायत गै...
२० कार्तिक २०८२, बुधबार ०५:४८२० कार्तिक २०८२, बुधबार ०५:४८२० कार्तिक २०८२, बुधबार ०५:४८ by एलिनाNo Comments
दक्षिण कोरियाको थेजन (Daejeon) शहरमा एक २० वर्षीया भियतनामी महिला विद्यार्थीले कोठामै बच्चा जन्माएर त्यसलाई बालगृह (childcare center) अगाडि फ्याँकेकी घटनाले सबैलाई स्तब्ध बनाएको छ।
प्रहरीका अनुसार, उक्त युवती (A) ले अक्टोबर २३ तारिख साँझ करिब ७:२० बजे थेजनको युसोंग–गु (Yuseong-gu) क्षेत्रस्थित भाडाको कोठामा छोरा जन्माएकी थिइन्। बच्चा जन्माएको करिब ६ घण्टापछि, अर्थात अक्टोबर २४ बिहान १:२० बजे, उनले नवजात शिशुलाई सिओ–गु (Seo-gu) मा रहेको एक बालगृहको अगाडि छाडेकी थिइन्।
सफा गर्ने क्रममा बिहान ७:५० बजे एक फोहोर संकलकले कपडामा बेरिएको शिशु भेट्टाए र तुरुन्तै बालगृहका कर्मचारीलाई जानकारी दिएका थिए। त्यसपछि प्रहरीलाई खबर गरी शिशुलाई तत्काल अस्पताल पुर्याइएको थियो।
CCTV फुटेजको आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले अक्टोबर २६ तारिखमा ती महिला र उनका प्रेमी (B) लाई पक्राउ गरेको थियो। अनु...
२० कार्तिक २०८२, बुधबार ०३:५३२० कार्तिक २०८२, बुधबार ०३:५३२० कार्तिक २०८२, बुधबार ०३:५३ by एलिनाNo Comments
दक्षिण कोरियामा एक किशोरले चलाएको इलेक्ट्रिक स्कुटरको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अदालतले ती बालकका अभिभावकलाई १० करोड वोन (करिब ६९ हजार अमेरिकी डलर) तिर्न आदेश दिएको छ।
दक्षिण कोरियाको समाचार संस्था JTBC का अनुसार, यो घटना २०२३ जुन महिनामा भएको थियो। दुई जना १३ वर्षका केटाहरूले भाडामा लिएको इ-स्कुटर चलाइरहेका बेला सडकमा पैदल हिँडिरहेका एक वृद्धलाई ठक्कर दिएका थिए। ठक्करका कारण वृद्धको टाउकोमा गम्भीर चोट लागी उनको मृत्यु भएको थियो।
कोरियाली कानुनअनुसार, १६ वर्ष वा सोभन्दा माथिका र मोटरसाइकल लाइसेन्स प्राप्त व्यक्तिहरूले मात्र व्यक्तिगत मोबिलिटी उपकरण (जस्तै इलेक्ट्रिक स्कुटर) चलाउन पाउने व्यवस्था छ। तर ती किशोरहरूले कुनै लाइसेन्स प्रमाणीकरण बिना नै भाडामा स्कुटर लिएर चलाएका थिए।
घटनापछि अदालतले ती बालकलाई किशोर संरक्षण अन्तर्गत (Protective Disposition) राख्ने आदेश दियो। अभिभा...
१८ कार्तिक २०८२, सोमबार १३:०३१८ कार्तिक २०८२, सोमबार १३:०३१८ कार्तिक २०८२, सोमबार १३:०३ by विशाल श्रेष्ठNo Comments
बिपिन गुरुङ अध्यक्ष रहेको 𝐍𝐑𝐍 दक्षिण कोरियाले हालै जारी गरेको एक विज्ञप्तिमार्फत दक्षिण कोरियास्थित नेपाली समुदायमा देखिएका विभाजनकारी गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।
संघले एनआरएनएको एकता महाधिवेशनलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयले आधिकारिक मान्यता प्रदान गरिसकेको स्पष्ट उल्लेख गर्दै, अबको प्राथमिकता संस्था एकीकृत, स्थिर र प्रवासी नेपाली हितमा उन्मुख बनाउनुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा भनिएको छ, “दूतावास र राजदूतज्यू प्रवासी नेपालीका अभिभावक, संयोजक र मार्गदर्शक हुन्। उनीहरूले संस्थागत एकतालाई कमजोर बनाउने र समुदायमा अशान्ति फैलाउने कार्य गर्न नहुने संवैधानिक तथा नैतिक दायित्व रहन्छ।”
बिपिन गुरुङले अध्यक्ष रहेको एनआरएन दक्षिण कोरियाले केही समययता देखिएका व्यवहारले प्रवासी नेपाली समुदायमा गम्भीर निराशा र शंका पैदा गरेको उल्लेख गर्दै दूतावासको भूमिका...
१८ कार्तिक २०८२, सोमबार १२:३२१८ कार्तिक २०८२, सोमबार १२:३२१८ कार्तिक २०८२, सोमबार १२:३२ by एलिनाNo Comments
सुदूरपश्चिम समाज, दक्षिण कोरियाले स्वास्थ्य सचेतना अभिवृद्धिका लागि नयाँ अभियानका रूपमा ‘SUDUR HEALTH TALK’ नामक नियमित स्वास्थ्य परामर्श कार्यक्रम सुरु गर्न लागेको छ।
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., धनगढीको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमको पहिलो श्रृंखला (EP–1) आगामी नोभेम्बर ९ गते आइतबार, कोरियाली समय अनुसार साँझ ७:३० बजे तथा नेपाली समय अनुसार साँझ ४:१५ बजे सुरु हुने भएको छ।
कार्यक्रम सुदूरपश्चिम समाज, दक्षिण कोरियाको अफिसियल फेसबुक पेज, निसर्ग हस्पिटलको अफिसियल फेसबुक पेज तथा रेडियो घोडाघोडी FM 88.3 MHz बाट प्रत्यक्ष प्रसारण गरिनेछ।
पहिलो एपिसोडमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. ओमकार बिष्ट ले स्वास्थ्य परामर्श प्रदान गर्नेछन्। कार्यक्रममा महासचिव नवराज तिमिल्सिना प्रस्तुतकर्ता रहनेछन्।
संगठनका अध्यक्ष महेश भट्ट का अनुसार यो कार्यक्रम नियमित रूपमा प्रत्येक...
१५ कार्तिक २०८२, शुक्रबार ११:५८१५ कार्तिक २०८२, शुक्रबार ११:५८१५ कार्तिक २०८२, शुक्रबार ११:५८ by एलिनाNo Comments
२०२५ सेप्टेम्बर २९ मा छ्नानस्थित माइतीघर शेल्टरमा नयाँ रोजगारी खोज्ने क्रममा असामयिक निधन भएका इलाम चुलाचुली–१ निवासी दिवंगत ध्रुवराज लावतीकी तीन वर्षीया छोरीको शिक्षाको लागि दक्षिण कोरियामा रहेका नेपाली समुदायबाट सहयोग रकम हस्तान्तरण गरिएको छ।
२०२५ अक्टोबर २९ मा दक्षिण कोरियामा रहेका इलाम चुलाचुली–१ का स्थानीयवासीहरू सहित विभिन्न जिल्लाका नेपालीहरूले संयुक्त रूपमा संकलन गरेको रु. ७०१,८८१ रकम औपचारिक रूपमा लावती परिवारलाई हस्तान्तरण गरिएको हो।
यसअघि पनि दक्षिण कोरिया इलामेली समाज र पूर्बी नेपाल समाजको संयुक्त पहलमा रु. ७२०,००० सहयोग रकम प्रदान गरिएको थियो।
समुदायका सदस्यहरूले दिवंगत लावतीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनकी नाबालक छोरीको उज्ज्वल भविष्य र शिक्षामा निरन्तर सहयोग गर्दै जाने प्रतिवद्धता जनाएका छन्।
यस घटनाले पुनः एकपटक विदेशमा रहेका नेपालीबीचको आपसी एकता र मानवीय सं...