सुदूरपश्चिम समाज, दक्षिण कोरियाले स्वास्थ्य सचेतना अभिवृद्धिका लागि नयाँ अभियानका रूपमा ‘SUDUR HEALTH TALK’ नामक नियमित स्वास्थ्य परामर्श कार्यक्रम सुरु गर्न लागेको छ।
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., धनगढीको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमको पहिलो श्रृंखला (EP–1) आगामी नोभेम्बर ९ गते आइतबार, कोरियाली समय अनुसार साँझ ७:३० बजे तथा नेपाली समय अनुसार साँझ ४:१५ बजे सुरु हुने भएको छ।
कार्यक्रम सुदूरपश्चिम समाज, दक्षिण कोरियाको अफिसियल फेसबुक पेज, निसर्ग हस्पिटलको अफिसियल फेसबुक पेज तथा रेडियो घोडाघोडी FM 88.3 MHz बाट प्रत्यक्ष प्रसारण गरिनेछ।
पहिलो एपिसोडमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. ओमकार बिष्ट ले स्वास्थ्य परामर्श प्रदान गर्नेछन्। कार्यक्रममा महासचिव नवराज तिमिल्सिना प्रस्तुतकर्ता रहनेछन्।
संगठनका अध्यक्ष महेश भट्ट का अनुसार यो कार्यक्रम नियमित रूपमा प्रत्येक महिनामा मासिक रुपमा सञ्चालन गरिनेछ, जसमा विभिन्न स्वास्थ्य क्षेत्रमा विशेषज्ञ चिकित्सकहरूबाट प्रत्यक्ष स्वास्थ्य जानकारी र परामर्श प्राप्त गर्न सकिनेछ। साथै, टेलिमेडिसिन सेवामार्फत सहभागीहरू आफ्ना स्वास्थ्य समस्या र जिज्ञासा प्रत्यक्ष रूपमा राख्न सक्ने व्यवस्था गरिएको छ।
“कोरियामा रहेका सुदूरपश्चिमेली र सम्पूर्ण नेपालीहरूलाई स्वास्थ्य सचेतना र सल्लाह उपलब्ध गराउन यो कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ,” समाजका महासचिव तिमिल्सिनाले बताए।
📌 सम्पर्कका लागि:
• महेश भट्ट (अध्यक्ष): 010-2675-4297
• नवराज तिमिल्सिना (महासचिव): 010-9671-1097
• तीर्थराज पनेरु (सचिव): 010-4685-9503
• झलक बिष्ट (कोषाध्यक्ष): 010-2192-8348









