छोराको भिडियो कलले जोडेको निहारिका र शिवराज सम्बन्ध
तीन महिना अघिसम्म जसलाई बलात्कारको आरोप लगाइरहेकी थिइन्, उनैसँग निहारिका राजपुतले अहिले विवाहको तयारी गरिरहेकी छन् । उच्च अदालतमा बलात्कार मुद्दा विचाराधीन रहँदा जिल्लामा मिलापत्र भइसकेको छ । शिवराज–निहारिका पुनर्मिलन पछाडिको कथा ।
आफूलाई ‘कुमारी आमा’ बताउँदै आन्दोलनरत निहारिका राजपुत अहिले विवाहको तयारीमा छन् । एक साताभित्र बिहे हुने निश्चित भएपछि बुधबार अपराह्न ४ बजे उनी बर्दिवासमा किनमेल गरिरहेको अवस्थामा भेटिइन् ।
उनको साथमा छोरा बिआन मात्र थिएनन्, शिवराज श्रेष्ठ पनि थिए । तर, ठीक तीन महिना अघिसम्म अर्कै परिस्थिति थियो । निहारिका शिवराजलाई बलात्कार आरोप लगाउँदै आन्दोलनरत थिइन् ।
राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास, पटकपटकको गिरफ्तारी र अनशनपछि सरकार उनको माग सम्बोधन गर्ने बाटोमा अघि बढेको थियो । शिवराजले बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए । तर, ...



