Advertisement
Advertisement

Breaking news 1

नेपाली गितमा भिडियो बनाएर विदेशमा प्रवर्द्धन गर्दै यी कोरियाली टिकटक स्टार

नेपाली गितमा भिडियो बनाएर विदेशमा प्रवर्द्धन गर्दै यी कोरियाली टिकटक स्टार

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, भर्खरै, मनोरञ्जन, समाचार
यस्तो लाग्छ टिकटकसामु भौगोलिक सीमाको बन्देज छैन । भाषाको अवरोध बाबजुद पनि नेपाली गीतलाई विदेशीले टिकटक बनाउँदै संसारभर फैलाएका छन् । यसै महिना गायिका एलिना चौहानको कन्सर्टमा गाइएको गीत ‘मिनरल वाटर’को दृश्य टिकटकमा भाइरल बनेको थियो । एसिया, युरोप, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकका टिकटक प्रयोगकर्ताले उक्त गीतमा भिडियो बनाउँदै सेयर गरिरहेका छन् । यतिबेला हामी दक्षिण कोरियाली टिकटक स्टार केजिमिनको कुरा गर्दैछौं, जो पछिल्लो समयमा नेपालमा समेत हिट छिन् । झण्डै दुई दर्जन नेपाली हिट गीतमा उनले टिकटक बनाएकी छन् । विश्वचर्चित कोरियाली ब्याण्ड बीटीएसको गीतदेखि नेपालीसम्म जसरी उनले भिडियो बनाएकी छन्, यसले पक्कै नेपाली संगीतलाई फाइदा पुगेको छ । केजिमिनलाई टिकटकमा एक करोड जनाले पछ्याएका छन् । टिकटकमा उनको लाइक २६ करोड ४१ लाख पटक उनको भिडियोमा लाइक गरिएको छ । हरियो कपालमा आकर्षक देखिएकी केजिमिनको ...
मार्च १२ मा प्रदर्शन हुन लागेको “छक्का पन्जा-४” को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित

मार्च १२ मा प्रदर्शन हुन लागेको “छक्का पन्जा-४” को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, विदेश, व्यापार, समाचार
मार्च १२ मा प्रदर्शन हुन लागेको "छक्का पन्जा-४" को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित विशाल श्रेष्ठ/दक्षिण कोरिया: "हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता, विशुध्द सामाजिक कामका लागि राप्ती समाजको एकता"  भन्ने मुल नाराका साथ स्थापित संस्था राप्ती समाज दक्षिण कोरियाले मार्च १२ आइतवारका दिन प्रदर्शन गर्न लागेको नेपाली कथानक चलचित्र "छक्कापन्जा ४" को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ। राप्ती अक्षयकोष निर्माणका लागि कोरिया स्थित सउल सहरको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 ट्रेन लाइन नं १ जोङ्गाक स्टेसन , गेट नं २ बाट निस्केर २००मिटर सिधा अगाडि रहेको जोगेशा गुम्बाको हलमा विहान ११:०० बजे पहिलो शो र दिउसो २:०० बजे दोस्रो शो गर्ने गरी तय गरिएको कार्यक्रमको हाल सग र सुवनको विभिन्न नेपाली रेष्टुरेन्ट,पसल, मार्केट, रेमिट्यान्स हरुमा आयोजना टोलि गएर पोष्टर प्रदर्शन गर्दै र टाँस्दै धमाधम प्रचा...
पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

Breaking News, Breaking news 1, जानकारी, देश, समाचार
१४ फागुन, काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने  जानकारी दिए ।...
युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री

युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, राजनीति, राष्ट्रिय खबर
युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ। बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो। दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईहरूमाथि तपाईका अभिभावकको मात्र आशा र सपना निहित नरही प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईहरूले आफ्नो मनोवल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ।” ...
तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको चौथो अधिवेशन मार्च १२ मा हुने

तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको चौथो अधिवेशन मार्च १२ मा हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, धर्म सस्कृति, भर्खरै, विदेश, समाचार
"भाषा,कला,संस्कार र संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान" भन्ने मुल नाराका साथ २०१८ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको चौथो अधिवेशन आउने मार्च १२ तारिक हुने भएको छ। शाखाको गत फेब्रुअरी १२ तारिकमा भएको भर्चुअल अनलाईन बैठक बाट आउदो मार्च १२ तारिक आईतबारका दिन ख्याङ्नाम क्षेत्र किम्हे शहरको जि.के.एस हलमा चौथो अधिवेशन हुने निर्णय गरिएको आयोजकले जनाएको छ।खेलकुद लगायत विभिन्न मनोरञ्जनात्मक सामजिक कार्यहरु गर्दै आएको घेदुङ शाखाले विगत चार वर्ष अगाडि देखि विभिन्न समस्यामा परि बस्ने दिदिबहिनी हरुलाई मध्यनजर गरि "नाना आङा धिम"(आवास गृह) संचालन गर्दै आएको छ। हाल सम्म पाँच सय भन्दा बढि दिदि बहिनि हरुले "नाना आङा धिम" बाट सेवा सुविधा लिईसक्नुभएको संस्थाका अध्यक्ष धनराज तामाङ ज्यूले जानकारी गराउनु भयो। तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको अध्यक्...
प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार
८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ । माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच एक घन्टायता वार्ता चलिरहेको हो । उच्च स्रोतका अनुसार दुई नेताहरुबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको हो ।...
“न्यु भिजन ग्रुप दक्षिण कोरिया” द्वारा शैक्षिक सामाग्री वितरण

“न्यु भिजन ग्रुप दक्षिण कोरिया” द्वारा शैक्षिक सामाग्री वितरण

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, भर्खरै, राष्ट्रिय खबर, शिक्षा, समाचार, स्थानीय खबर
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापित  "न्यु भिजन ग्रुप दक्षिण कोरिया" इलाममा रहेको विद्यालय मा शैक्षिक सामाग्री वितरण गरेको छ । ग्रुपले गत छुसकमा आयोजना गरेको डान्स पार्टिको उद्देश्य अनुरुप पहिलो चरणको सहयोग कार्यक्रम इलाम जिल्ला सुनपा १ सानोवांगिन स्थित भगवति आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको हो । फाल्गुन ७ गते आईतबार प्रजातन्त्र दिवसको अवसर पारेर एक विशेष कार्यक्रम द्वारा उक्त विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई झोला,जमेट्री बक्स, पेन्सिल सेट, कापी, रंगपेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङ शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी सुनपा १ का वडा सदस्य रोशन बुढाथोकी रहनुभएको थियो भने संस्थाको तर्फब...
एमालेबाट अलग भएको दुर्गा प्रसाईंको घोषणा

एमालेबाट अलग भएको दुर्गा प्रसाईंको घोषणा

Breaking News, Breaking news 1, Breaking news 3, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
काठमाडौं । चर्चित व्यवसायीसमेत रहेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । उनले एक मिडिया सग कुरा गर्दै आफू एमालेबाट अलग भएको बताए । प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो । तर, पार्टीले निर्णय नलिँदै उनी आफैंले एमालेबाट अलग भएका हुन् । प्रसाईंले आजै काठमाडौं आएर पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् । एमाले केन्द्रीय समितिको बैठकले २०७८ मंसिर २६ मा प्रसाईलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट उनी पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बनेका थिए । अहिले उनी पूर्वराजासँग नजिकिएका छन्     ...
बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री

बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार
बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री ७ फागुन, काठमाडौं। प्रधानमन्त्री तथा ७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ। आइतबार बिहान टुंडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। सम्वोधनमा प्रधानमन्त्रीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताउनुभयो।   प्रधानमन्त्रीले गर्नुभएको सम्वोधनको पूर्णपाठ:- फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन हो। आजभन्दा ठीक ७३ वर्षअगाडि हाम्रा अग्रज पुर्खाहरूले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको संघर्षमार्फत् जहाँनियाँ निरंकुश व्यवस्थामाथि विजय हासिल गरेका थिए। यस महत्वपूर्ण दिनमा प्रजातान्त्रिक अधिकार, गणतान्त्रिक ...
सबैले समर्थन गर्ने व्यक्ति राष्ट्रपति हुनुपर्छ : देवप्रसाद गुरुङ

सबैले समर्थन गर्ने व्यक्ति राष्ट्रपति हुनुपर्छ : देवप्रसाद गुरुङ

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, राजनीति, समाचार
७ फागुन, पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सबै राजनीतिक दलहरुले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने बताएका छन् । राष्टिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकोले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नु पर्ने बताए । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अहिले शक्तिकेन्द्र खेलिरहेको अवस्था छ । राष्ट्रियताको रक्षका लागि राष्ट्रपति साझा बनाउन पर्छ । त्यसो गर्न सकेनौं भने मुलुकको अस्मितामाथि गम्भीर संकट सिर्जना हुन्छ ।’ जुनसुकै दलले प्रस्ताव गरे पनि गणतन्त्र, संविधानको संरक्षक, परिवर्तनलाई आत्मसाथ गर्नसक्ने र सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने आफूहरुको अडान रहेको उनले बताए । उनले माओवादीले कुनै पात्र नभई अहिले वैचारिक र नीतिगत कुरा उठाएको ...