अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको आठौं अधिवेशन सौलको तोंदेमुनस्थित सुभेक्षा रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनले मनोज पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा नारायण भण्डारी, उपाध्यक्षमा उदयराज चुंदाली र श्री पौडेल, महिला उपाध्यक्षमा शान रायमाझी, महासचिवमा मौसम सोमरे मगर, सचिवमा सनु खनाल, बिनोद नेपाली र अमृत भट्टराई चयन भएका छन्।
त्यसैगरी कोषाध्यक्षमा मोहन अधिकारी, सह–कोषाध्यक्षमा केशब खनाल चयन भएका छन्।
सदस्यहरूमा कुलचन्द्र पौडेल, अनिल खनाल, विश्वास भुसाल, नारायण घिमिरे, विशाल खनाल, नविन राजकोटी, प्रकाश पौडेल, मनोज पाण्डे, सुदन नारायण अधिकारी तथा केशब चुंदाली निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिले दक्षिण कोरियामा रहेका अर्घाखाँचीवासी नेपालीहरूबीच आपसी एकता, सहकार्य तथा सामाजिक तथा परोपकारी कार्यक्रम...
४ फाल्गुन २०८२, सोमबार ०६:२९४ फाल्गुन २०८२, सोमबार ०६:२९४ फाल्गुन २०८२, सोमबार ०६:२९ by एलिनाNo Comments
नवलपुर समाज दक्षिण कोरियाको ५औँ अधिवेशन तथा ७औँ साधारणसभा भव्य रूपमा सम्पन्न हुँदै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनले प्रकाश थापालाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।
प्रवासमा रहेका नवलपुरवासी नेपालीहरूको उल्लेख्य सहभागिताबीच सम्पन्न कार्यक्रमले संगठनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
नवनिर्वाचित कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा किशोर पौडेल, उपाध्यक्षमा नारायण पाण्डे र श्रीराम अधिकारी, महासचिवमा पाण्डव खनाल, सचिवमा ध्रुव आचार्य र शिशिर आचार्य चयन भएका छन्। त्यसैगरी कोषाध्यक्षमा मधुसुदन सापकोटा, सह–कोषाध्यक्षमा पुजा रूचाल तथा सदस्यहरूमा अमृत चापागाँई, बिकास देवकोटा, ओम प्रकाश भारति, सन्तोषराज भट्टराई, मन्जु कुमाल र रबि बराल चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष प्रकाश थापाले संगठनलाई अझ सुदृढ, एकीकृत र सक्रिय बनाउँदै दक्षिण कोरियामा रहेका नवलपुरवासी नेपालीहरूबीच आप...
३ फाल्गुन २०८२, आईतवार १०:४६३ फाल्गुन २०८२, आईतवार १०:४६३ फाल्गुन २०८२, आईतवार १०:४६ by एलिनाNo Comments
याङ्सान (दक्षिण कोरिया) — याङ्सान नेपाली परिवारद्वारा आयोजित पूल खेल प्रतियोगिता भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पिटर सुनार प्रथम स्थान हासिल गर्न सफल भएका छन्। उनलाई नगद रु. ५ लाख, ट्रफी तथा मेडल प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ।
त्यसैगरी बिप्लव बस्नेत द्वितीय स्थान हासिल गर्न सफल भएका छन्। उनलाई नगद रु. ३ लाख, ट्रफी तथा मेडल प्रदान गरीसम्मान गरिएको थियो।
कार्यक्रम श्री गोकुल लिम्बुज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सचिव सुरेन परियार, कोषाध्यक्ष श्री राम सुबेदी, वरिष्ठ उपाध्यक्ष बिनोद सिग्देल लगायत कार्यसमिति पदाधिकारीहरू तथा सम्पूर्ण कार्यसमिति सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
साथै प्रमुख सल्लाहकार तथा याङ्सानबासी दाजुभाइहरूको विशेष सहयोग र E9Pay को आर्थिक सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको ज...
२ फाल्गुन २०८२, शनिबार ११:४०२ फाल्गुन २०८२, शनिबार ११:४०२ फाल्गुन २०८२, शनिबार ११:४० by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको छुङछन नाम्दो क्षेत्र अन्तर्गत ओन्याङ ओन्छनमा फेब्रुअरी १६ मा आयोजना हुन लागेको 3rd Chhungnam Cup Pool Tournament को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। छुङनाम युथ इन्टरटेनमेन्ट ग्रुपको आयोजनामा फेब्रुअरी १६, २०२६ मा हुने उक्त प्रतियोगिता कोरियन नयाँ वर्षको अवसर पारेर सञ्चालन गर्न लागिएको हो।
प्रतियोगितामा सिनियर तथा जुनियर दुवै समूहका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। पहिलो चरणका खेलहरू Best of Three तथा सेमिफाइनल र फाइनल चरणका खेलहरू Best of Five को आधारमा सञ्चालन गरिनेछ।
💰 आकर्षक पुरस्कार व्यवस्था
• 🥇 प्रथम पुरस्कार: १६ लाख वन नगद, ट्रफी र प्रमाणपत्र
• 🥈 उपविजेता: १० लाख वन नगद, ट्रफी र प्रमाणपत्र
• 🥉 पहिलो र दोस्रो रनरअप: २–२ लाख वन सान्त्वना पुरस्कार
प्रतियोगितामा सहभागिताका लागि प्रवेश शुल्क १ लाख वन तोकिएको छ। सहभागी सम्पूर्ण खेलाडीहरूका लागि लन्च ...
१ फाल्गुन २०८२, शुक्रबार १५:०७१ फाल्गुन २०८२, शुक्रबार १५:०७१ फाल्गुन २०८२, शुक्रबार १५:०७ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नवलपुरेलीहरूको साझा संस्था नवलपुर समाज दक्षिण कोरिया को आगामी अधिवेशन यही फेब्रुअरी १५ तारिखमा हुने भएको छ। अधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेको आयोजक समितिले जनाएको छ।
यसपटकको अधिवेशन विशेष रूपमा रोचक बन्ने देखिएको छ, किनकि अध्यक्ष पदका लागि पाँच जना सक्षम र सक्रिय व्यक्तित्वहरूले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। अध्यक्ष पदका आकांक्षीहरूमा मनोज पंगेनी, किसान पौडेल, प्रकाश थापा, खेम पंगेनी र नारायण भुसाल रहेका छन्।
उम्मेदवारहरू समाजका विभिन्न गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएका व्यक्तित्व हुन्। उनीहरूले आफ्नो अनुभव, कार्ययोजना र प्रतिबद्धतासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि नवलपुरेली समुदायमा उत्साह र चासो थपिएको छ।
समाजलाई अझ सशक्त, एकताबद्ध र क्रियाशील बनाउने प्रतिबद्धता सबै उम्मेदवारहरूले व्यक्त गरेका छन्। अधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँ...
१ फाल्गुन २०८२, शुक्रबार १०:२५१ फाल्गुन २०८२, शुक्रबार १०:२५१ फाल्गुन २०८२, शुक्रबार १०:२५ by एलिनाNo Comments
प्रवासी नेपाली मञ्च क्यानडाका पूर्व अध्यक्ष रमेश थापाले नेकपा (एमाले) परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। करिब १५ वर्षदेखि क्यानडामा बसोबास गर्दै आएका थापा नेपालमा त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत थिए। उनी प्रवासी नेपाली मञ्च क्यानडाको करिब एक दशक अध्यक्षको जिम्मेवारीमा रहनुका साथै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीमा पनि लामो समय सक्रिय रहेका छन्। हाल उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार हुन् भने क्यानडाको प्रतिष्ठित ट्रेन्ट विश्वविद्यालयबाट पीएचडी अध्ययनरत छन्।
करिब तीन दशकसम्म नेकपा (एमाले) मा सक्रिय भूमिका निर्वाह गर्दै आएका थापाले सामाजिक सञ्जालमार्फत ‘मैले एमाले किन छाडेँ ?’ शीर्षकमा आफ्नो निर्णय सार्वजनिक गर्दै अब राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेर काम गर्ने घोषणा गरेका हुन्। उनले एमालेले आफ्नै घोषित सिद्धान्त र व्यवहारबीच आवश...
३० माघ २०८२, बिहीबार ०६:५२३० माघ २०८२, बिहीबार ०६:५२३० माघ २०८२, बिहीबार ०६:५२ by विशाल श्रेष्ठNo Comments
थाइल्यान्डको चुनावमा रोचक नतिजा आएको छ । सामाजिक संजालका चर्चित अनुहार र युवा नेताले भरिएको पिपल्स पार्टीले बहुमत ल्याउने चर्चा सामाजिक सञ्जालमा गरिएको थियो ।
सामाजिक संजालको माहोल र चुनाव अगाडिका प्रक्षेपणले बलियो जनमत ल्याउने भनिएको पिपल्स पार्टीले ४०० प्रत्यक्ष चुनाव सिटमा २०० कम्तिमा ल्याउने प्रक्षेपण गरिएको बीबीसीमा उल्लेख छ । तर, पार्टीले १५१ मात्रै सिट ल्यायो ।
सत्ताधारी दल भुमजाइथाइले १९० सिट ल्याएर केही गठबन्धन गरेर सहज सरकार बनाउने देखिएको छ । प्रधानमन्त्री अनुटिन चार्नभिराकुल फेरि पनि सरकार बनाउने अवस्थामा पुगेका छन् । आइतबारको चुनावमा यो परिणामले धेरैलाई चकित बनाएको छ ।
तर, चुनावमा पराजित भएपछि मतगणनामा घाँधली भएको नयाँ दलका नेता– कार्यकर्ता तथा समर्थकले आरोप लाएका छन् । मतगणनामा पारदर्शिता नदेखाएको भन्दै उनीहरूले आलोचना गरेका छन् । विश्व मिडियाहरूले यसको समाचार प्राथामिकत...
२९ माघ २०८२, बुधबार ०१:०१२९ माघ २०८२, बुधबार ०१:०१२९ माघ २०८२, बुधबार ०१:०१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा रहेका नेपाली साहित्यप्रेमीहरूका लागि एक महत्वपूर्ण साहित्यिक कार्यक्रम ‘बृहत साहित्य मेला २०२६’ आयोजना हुने भएको छ। नेपाल मुक्तक प्रतिष्ठान, दक्षिण कोरिया शाखाको आयोजनामा हुने उक्त कार्यक्रम नेपाली भाषा, साहित्यको विकास र विस्तार गर्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार कार्यक्रम फेब्रुअरी १७ तारिखका दिन दिउँसो १२:३० बजेबाट दोङ्देमुनस्थित शुभेच्छा रेष्टुरेन्टको हलमा आयोजना हुनेछ।
कार्यक्रममा मुक्तक, गजल तथा कविता वाचनसँगै दमदार साहित्यिक प्रस्तुतिहरू रहनेछन्। विशेष प्रस्तोताका रूपमा चर्चित साहित्यकारहरू सेसेफुङ शेर्मा, रामचन्द्र शर्मा ,भीषण माइलाको सशक्त प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै अन्य साहित्यकारहरूको समेत सहभागिता रहनेछ।
नेपाल मुक्तक प्रतिष्ठान कोरियाले यस कार्यक्रमलाई भव्य र सफल बनाउन कोरियामा रहेका सम्पूर्ण साहित्यिक मनहरूलाई उपस्थ...
२८ माघ २०८२, मंगलवार ०६:३९२८ माघ २०८२, मंगलवार ०६:३९२८ माघ २०८२, मंगलवार ०६:३९ by एलिनाNo Comments
खुम्बु क्षेत्रमा हराइरहेका एक दक्षिण कोरियाली नागरिक येओन साङ–चुङको शव फेला परेको छ।
खुम्बु क्षेत्रमा ट्रेकिङमा रहेका येओनसँग सन् २०२५ डिसेम्बर ३१ देखि सम्पर्कविहीन भएपछि खोजी भइरहेको थियो। उनको शव शनिबार दिउँसो करिब २ बजे लोबुचे क्षेत्र नजिकैको कोङ्मा ला पासमा, समुद्री सतहबाट करिब ५ हजार ३०० मिटर उचाइमा फेला परेको हो। खोजी अभियानका क्रममा आमादब्लाम युवा क्लबका पाँच जना सदस्यले शव फेला पारेका थिए।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडा सदस्य पासाङ नुर्बु शेर्पाका अनुसार येओनको मृत्यु उचाइबाट लडेर भएको अनुमान गरिएको छ। तर, मृत्युको वास्तविक कारण पोस्टमार्टम परीक्षणपछि मात्र पुष्टि हुने बताइएको छ।
शवलाई पोस्टमार्टमका लागि हेलिकप्टरमार्फत फाप्लु लगिएको छ।
नेपालस्थित दक्षिण कोरियाली दूतावास तथा कोरियन ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपालको पहलमा र आमादब्लाम युवा क्लबको सहयोगमा हराइरहे...
२७ माघ २०८२, सोमबार १०:००२७ माघ २०८२, सोमबार १०:००२७ माघ २०८२, सोमबार १०:०० by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको छङ्जुस्थित एक कोरियन रेस्टुरेन्टमा नेपाली भाषामा आपत्तिजनक शब्द लेखिएको अण्डा फेला परेपछि गम्भीर विवाद सिर्जना भएको छ। उक्त अण्डा रेस्टुरेन्टमा कार्यरत एक नेपाली महिला कामदारले प्रयोगको क्रममा देखेपछि रेस्टुरेन्ट सञ्चालकलाई जानकारी गराएकी थिइन्।
प्रारम्भिक अनुसन्धान तथा परिस्थितिजन्य प्रमाणका आधारमा उक्त अण्डा नेपाली कामदार कार्यरत अण्डा उत्पादन वा प्याकिङ फ्याक्ट्रीमै आपत्तिजनक शब्द लेखेर पठाइएको आशंका गरिएको छ। अण्डाको बाहिरी खोलमा स्पष्ट रूपमा नेपाली भाषामै शब्द लेखिएको देखिएकाले यो कार्य उत्पादन वा प्याकिङ प्रक्रियाकै क्रममा भएको हुन सक्ने देखिन्छ। त्यही अण्डा सप्लाई हुँदै कोरियन रेस्टुरेन्टसम्म पुगेको बताइएको छ।
घटनापछि ती नेपाली महिला कामदारले यसलाई सामान्य मजाकका रूपमा लिन नमिल्ने भन्दै रेस्टुरेन्ट मालिकलाई प्रहरीमा उजुरी दिन आग्रह गरेको बताएकी छन्। उनका अनुसार...