यहि आउदो कोरियाली महान चाड छुसकको अबसरमा शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा हुन गइरहेको “हिमालयन सांगीतिक धमाका २०२४” कार्यक्रम को बारे विस्तृत जानकारी दिन सेप्टेम्बर १ तारिख दोङ्गदेमुनमा पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम हुने भएको छ।
सेप्टेम्बर १७ तारिक दक्षिण कोरियाको राजधानी सौलमा हुने “हिमालयन सांगीतिक धमाका २०२४” को बारेमा सम्पूर्ण जानकारी दिन र कलाकारसहितको पोस्टर सार्वजनिक गर्न आयोजक शेर्पा सङ्घ दक्षिण कोरियाले यही आउँदो सेप्टेम्बर १ तारिख आइतबारका दिन दोङ्देमुनमा रहेको पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहलमा १२:३० बजेदेखि ३:३० बजेसम्म पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा “हिमालयन सांगीतिक धमाका २०२४”कार्यक्रमको जिम्मेवारी बाँडफाँड गर्ने र कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका कार्यक्रमका बारेमा पुर्...
१२ भाद्र २०८१, बुधबार ०४:५०१२ भाद्र २०८१, बुधबार ०४:५०१२ भाद्र २०८१, बुधबार ०४:५० by विशाल श्रेष्ठNo Comments
अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ। सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।
वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन्।
केही समय देखि अमेरिकी युवकसँग डेटिङ्गमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर अझै हत्यारा पत्ता लागि नसकेको प्रहरीले जनाएको छ। हत्याराले उनको ओछ्यानमै पुगेर गोली हानेको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको भिडियोमा मुनालाई तीनवटा गोली हानिएको छ।
मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन्। २१ वर्षीया मुनाको नेपालमा आमा मात्र रहेको बताइएको छ। उनका आमा बुवाको भने सम्बन्ध विच्छेद गरेका छन्।
प्रहरील...
११ भाद्र २०८१, मंगलवार १४:०७११ भाद्र २०८१, मंगलवार १४:०७११ भाद्र २०८१, मंगलवार १४:०७ by विशाल श्रेष्ठNo Comments
नेपाली नारी हरूको महान पर्व हरितालिका तीजको अवसरमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा सेप्टेम्बर १ तारिख सुवनमा आयोजना हुन लागिरहेको भेटघाट तथा तीज विशेष कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक मनोज पौडेलले विशाल आवाजलाई जानकारी दिनुभएको छ।
दक्षिण कोरियाको सुवन स्थित दिल्ली ढावा इन्डियन रेस्टुरेन्टको चौथो तल्लामा रहेको सभा हलमा सेप्टेम्बर १ तारिख आइतबारका दिन दिनको १२ बजेदेखि अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले भेटघाट तथा तीज विशेष कार्यक्रम २०२४ आयोजना गरेको हो। कार्यक्रम स्थल सुवन स्टेशन लर्ड नम्बर गेटबाट ३० मिटर अगाडि 경기 수원시 팔달구 매산로 6-2 मा रहेको छ भने प्रवेश शुल्क पुरुषको लागि ३० हजार वन तोकिएको छ र महिलाहरूको लागि प्रवेश निःशुल्क गरिएको छ।
पछील्ल्लो समय कोरियामा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै अर्घाखाँची सम्पर्...
११ भाद्र २०८१, मंगलवार ११:३५११ भाद्र २०८१, मंगलवार ११:३५११ भाद्र २०८१, मंगलवार ११:३५ by विशाल श्रेष्ठNo Comments
गत बर्सझै यो बर्स पनि सामसङ जिवन बिमा कम्पनिले आफ्नो भाबी योजना,आफ्नो बिमा पोलिसि,life Insurance(생명보험) र Non-Life Insurance (손해보험)को अन्तर लगायतको विषयमा १ दिने “HARMONY DAY”कार्यक्रम सम्पन्न गरेको छ।
경기도 용인 को 삼성생명 휴먼센터 ( SAMAUNG LIFE INSURAANCE HUMAN CENTER)को हलमा सम्पन्न गरेको कार्यक्रममा सामसङ जिवन बिमा कम्पनिको बिमा अभिकर्ताहरुको उलेख्य सहभागी रहेको थियो भने नेपालको तर्फबाट बिमा अभिकर्ता ज्ञानु तामाङले सहभागी जनाउनुभएको थियो ।
कार्यक्रममा बिदेशी डिपार्ट इन्चार्ज 오종철 र 최만성 प्रो ले सामसङ जिवन बिमा कम्पनी स्थापना कालदेखिनै अग्र पङ्तिमा रहेको जानकारी दिनुको साथै आफ्नो भाबी योजनाको बारे यसरी प्रस्ट पारेका थिए।
कोरियामा दिनप्रतिदिन बिदेशिको सङ्ख्या बड्दो छ र सामसङ जिवन बिमा कम्पनिमा बिमा गर्ने बिदेशिको सङ्ख्या पनि त्यसरि नै बड्दो छ ।त्यसैले आगामी दि...
११ भाद्र २०८१, मंगलवार १०:२९११ भाद्र २०८१, मंगलवार १०:२९११ भाद्र २०८१, मंगलवार १०:२९ by एलिनाNo Comments
माडीको बरुवामा गोल्डेन ईमिनेन्ट २९ औं स्टार कप फुटबल प्रतियोगिता सुरु भएको छ । स्टार स्पोर्टस क्लब बरुवाको आयोजनामा सोमबारबाट प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा प्याराडाईज युवा क्लब रत्ननगर विजयी भएको छ । स्टार स्पोर्टसको मैदानमा भएको खेलमा प्याराडाईजले बसन्तपुर माडीलाई ३–० ले हराएको हो । प्याराडाईजका आकाश थापा म्यान अफ दि म्याच भए ।
त्यस अघि प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रमुख अतिथि नारायणी सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठले उद्घाटन गरे । सो क्रममा श्रेष्ठले माडी आफ्नो जन्मथलो भएको बताउँदै यस्ता प्रतियोगितामा निरन्तर सहयोग रहने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा मुख्य प्रायोजक गोल्डेन ईमिनेन्ट इन्टरनेशनलका प्रवन्ध निर्देशक प्रकाश रिजालले प्रतियोगिताको सफलताको कामना गरे । उनले माडी क्षेत्रको फुटबल बिकासका लाग...
११ भाद्र २०८१, मंगलवार ०८:१५११ भाद्र २०८१, मंगलवार ०८:१५११ भाद्र २०८१, मंगलवार ०८:१५ by विशाल श्रेष्ठNo Comments
अमेरिकाको भर्जिनिया राज्यको मनाससबाट वेपत्ता भएकी नेपाली नर्स ममता भट्टको ‘हत्या’ गरेको आशंकामा उनकै श्रीमान नरेश भट्ट प्रहरी हिरासतमा छन् । भट्टले श्रीमतीको हत्या गरी शव लुकाएको प्रहरीले बताएको छ ।
काभ्रे घर भएकी ममता गत ३० जुलाइबाट अमेरिकामा सम्पर्कविहिन भएकी थिइन् । उनका श्रीमानले भने ५ अगष्टमा मात्रै प्रहरीमा औपचारिकरुपले रिपोर्ट गरेका थिए । नेपाली समुदायले सुरुबाटै उनीमाथि शंका गरेका थियो । अन्ततः घरमा प्रहरीले खानतलासीपछि भट्टराई पक्राउ गरेको हो ।
भट्टले अपराध स्वीकार गरेका छैनन् । हिजो उनलाई मनसास स्थित प्रिन्स विलियम अदालतमा पेश गरिएको थियो । उनले आफूलाई अंग्रेजी राम्रो बोल्न नआउने भन्दै दोभासेमार्फत बयान दिए । सुनवाइपछि अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । हिरासतमुक्त गर्दा भाग्न सक्ने र समाजका लागि खतरा हुनसक्ने भन्दै न्यायधीशले धरौटी दिन अस्वीकार गरेका हुन्...
१० भाद्र २०८१, सोमबार ०८:३९१० भाद्र २०८१, सोमबार ०८:३९१० भाद्र २०८१, सोमबार ०८:३९ by विशाल श्रेष्ठNo Comments
हेर्ने कथा/बिद्या चापागाइ :हामी सन् २०२३ को अप्रिल महिनाको अन्तिम साता चुम भ्याली गएका थियौं - फुन्जोको कथा गर्न । छेकम्पारमा फुन्जोको वाल्यकालका सम्झनाहरु पछ्याउने क्रममा हामी गाउँ मास्तिरको चौंरी गोठमा पुगेका थियौं । यो हिउँदे गोठ थियो । त्यहिँ भेटिएका थिए प्रकाश ।
प्रकाश फुन्जोका वाल्यकालका सम्झनाहरुसँग पनि जोडिन्छन् । प्रकाशको बारेमा बुझ्दै जाँदा थाहा भयो उनी काठमाडौंमा गलैंचा बुन्न भनी आएका रहेछन् । गलैंचा कारखानाबाट वालमजदूरहरु निकालिए । प्रकाश अर्का सूर्य भनिने साथीसँग जोरपाटीतिर भौंतारिरहेका थिए । छेकम्पारकै एक जना मानिसले प्रकाश र सूर्यलाई गोठालो काम गर्न भनी लिएर गए ।
प्रकाशलाई ठ्याक्कै तिथिमिति थाहा छैन । तर उनले भने अनुसार सन् १९९० को दशकको मध्यतिर हुनुपर्छ । सँगै आएका साथी केही समयमै भागेर फर्किए । तर प्रकाश भाग्न सकेनन् । प्रकाशका मिल्ने साथी सूर्यले नै ‘काले’को न...
९ भाद्र २०८१, आईतवार ०८:३३९ भाद्र २०८१, आईतवार ०८:३३९ भाद्र २०८१, आईतवार ०८:३३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: खोर्यङ नेपाली समाज दक्षिण कोरियाको वनभोज तथा तीज विशेष सांस्कृतिक कार्यक्रम यही आउँदो सेप्टेम्बर १ तारिखका दिन 경북 고령군 대가야읍 고아리588 मा हुने भएको छ।
“हाम्रो एकता सामाजिक कार्यमा प्रतिबद्धता” भन्ने मूल नाराका साथ दक्षिण कोरियाको थेगु स्थित सक्रिय खोर्यङ नेपाली समाज दक्षिण कोरियाले सेप्टेम्बर १ तारिख आइतबारका दिन विहान १० बजेदेखि वनभोज तथा तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्नेभएको हो।
नेपाली नारिहरुको महान पर्व हरितालिका तिजको अवसर पारि विभिन्न नेपाली परिकार सगै मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम हुने कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि ४० हजार वन र महिलाको लागि ३० हजार वन प्रवेश शुल्क तोकिएको छ।
नेपाली भाषा- धर्म, साहित्य, कला संस्कृतिलाई प्रवर्धन र संरक्षण गराउने हेतुका साथ साथै संस्थाको राहतकोषलाई मजवुद बनाउने थेगु आसपास...
९ भाद्र २०८१, आईतवार ०७:२४९ भाद्र २०८१, आईतवार ०७:२४९ भाद्र २०८१, आईतवार ०७:२४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: यही आउँदो कोरियन महान चाड छुसकको अवसर पारि सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ आयोजना हुने भएको छ। सेप्टेम्बर १६ तारिखका दिन बुसान स्थित Eunseok cultural & welfare center मा सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाको आयोजनामा हुने कार्यक्रमको तयारी तीव्र पारिएको अध्यक्ष देवराज बडुले विशाल आवाजलाई जानकारी दिनुभएको छ।
“दुर्गम क्षेत्रका अनाथ बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोगार्थ” आयोजना हुन लागेको सुदूरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ मा पछिल्लो समय युवा पुस्ताको मन जित्न सफल लोकप्रिय राष्ट्रिय कलाकारहरू गायिका अस्मिता अधिकारी,गायिका तथा मोडल प्रीति आले, गायक रमेशराज भट्टराई र गायक चक्र बमले धमाकेदार प्रस्तुति दिने भएका छन्।
कार्यक्रममा नेपालका चर्चित कलाकार लगायत सुदुर पश्चिमको चर्चित डेउडा कलाकारलाई आमन्त्रित गरि यसपालिको छुसक बुसान धमाका भब्य वना...
८ भाद्र २०८१, शनिबार १३:१४८ भाद्र २०८१, शनिबार १३:१४८ भाद्र २०८१, शनिबार १३:१४ by विशाल श्रेष्ठNo Comments
नेपालका भिजन तामाङले दक्षिण कोरियामा भएको चौधौँ अन्तर्राष्ट्रिय ओपन फ्रेण्डशिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।
अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आइओएफटीसीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ४० केजी मुनि भिजनले स्वर्ण पदक जितेका हुन्।
दक्षिण कोरियाको क्युन्मिङ विश्वविद्यालयमा भिजनले सेमिफाइनलमा अमेरिका र फाइनलमा फिलिपिन्सका खेलाडीलाई पराजित गरी नेपाललाई स्वर्ण दिलाएका थिए । नेपालबाट सहभागी भिजन एक्लो खेलाडी हुन् भने भजिन्द्र क्षेत्रीले भिजनको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
प्रतियोगितामा नेपालसहित आठ राष्ट्रका ६ सय ५० खेलाडीको सहभागिता रहेको बताइएको छ। विजेतालाई आइओएफटीसीका निर्देशक दिवाकर महर्जन। प्रतियोगिता संयोजक राजु क्षेत्री लगायतले एक कार्यक्रम बीच पुरस्कृत गरेका थिए। ...