गायक प्रमोद खरेलको स्वर तथा दक्षिण कोरियामा रहेका राम शर्माको लेखनमा बनेको मर्म स्पर्शी गीत “किन रुन हुन्न मर्दले” सार्वजनिक भएको छ।
मारुनी डिजिटल स्टुडियोमा रेकर्डिङ भएको सो गीतमा रोशन सिंहको संगीत रहेको छ भने एरेन्ज भने विशाल निरौलाले गरेका छन्। कुमार रानाले मिक्स मास्टरिङको गरेको गितमा रेकर्ड भने रेकर्डिस्ट सुमन राना र खुमन रानाले गरेका हुन्।
भिडिओमा विक्रम बुढाथोकी र एलिना रायमाझीले मुख्य अभिनय गरेका छन्। यसैगरी शिवु पाण्डे, दिनेश गोर्खाली र बालकलाकार अबिन तामाङको समेत अभिनय रहेको छ।विवाहित जोडीको कथा देखाइएको भिडिओको कथा र निर्देशन विक्रम चौहानले गरेका हुन् । बुद्ध थापाको छायांकन रहेको भिडिओलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् भने सञ्चारकर्मी समेत रहेका लक्ष्मण शर्मानै भिडिओका निर्माता समेत हुन्।
Post Views: 450









