विशाल आवाज: नेपालीहरूको महान पर्व विजयादशमीको अवसर पारी सल्यानी समाज दक्षिण कोरियाले दक्षिण कोरियाको छनसनमा रहेको माइतीघर रेस्टुरेन्टमा अक्टोबर १२ तारिख बेलुकी ७ बजे भेटघाट, टिका जमरा तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
परदेशमा रहेपनि घरदेशको संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी एक आपसमा माया, सद्भाव बढाएर भाईचारा कायम राख्नुको साथै स्वदेशको झल्को मेटाउने उद्देश्यले कर्णाली प्रदेश समाज दक्षिणकोरिया र राप्ती समाज दक्षिण कोरियााको समन्वयमा सल्यानी समाज दक्षिण कोरियाले विजयादशमीको अवसरमा भेटघाट,टिकाजमरा तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको हो। अक्टोबर १२ तारिख शनिबार, बेलुकि ७ बजे हुने कार्यक्रमको स्थान 중남 천안시 동남구 버들로 10 (대흥동 75) 2 층 (माइतीघर रेस्टुरेन्ट,छनान) रहेको छ भने कार्यक्रम स्थल Line No.1 천안 역 Exit No.2 बा ५०० मिटर अगाडि रहेको छ।
प्रवा...
१५ आश्विन २०८१, मंगलवार ११:०८१५ आश्विन २०८१, मंगलवार ११:०८१५ आश्विन २०८१, मंगलवार ११:०८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपालीहरूको महान पर्व विजयादशमीको अवसर पारी दक्षिण कोरियाको होङ्देमा रहेको यति रेस्टुरेन्ट एण्ड बारले फ्रि इन्ट्रीका साथमा अक्टोबर ११,१२ र १३ तारिख शुक्रबार,शनिबार, आइतबार तिन दिन राति ९ बजेदेखि डिजे सहित विजयादशमी नाइट्स २०८१ डान्स पार्टी आयोजना गर्ने भएको छ।
दक्षिण कोरियाको राजधानी सौल मा रहेको पार्टी लभरहरूको लागि लोकप्रिय ठाउँ होङ्दे स्थित (서울 마포구 와우산로 18 길 20 홍대 예티 1 층) मा रहेको यति रेस्टुरेन्ट एण्ड बारमा विजयादशमी नाइट्स २०८१ आयोजना हुने भएको हो। स्पेसल गेस्टको रुपमा सुजन शाक्य उपस्थित हुने विजयादशमी नाइट्स २०८१ डान्स पार्टीमा चर्चित DJRX ले माहोल तताउने छन् भने कार्यक्रममा कोर-नेप ब्रोडकास्टर समेत रहेका यति रेस्टुरेन्ट एण्ड बारका सन्चालक गम्भीर श्रेष्ठ पनि रहनेछन्। ननस्टप डिजे लाइभ म्युजिकको साथमा नेपाली तथा इन्डियन खाना सँगै ड्रिङ्क्स र डान्सको रमाइलो लिन सक्ने क...
१५ आश्विन २०८१, मंगलवार ०८:४९१५ आश्विन २०८१, मंगलवार ०८:४९१५ आश्विन २०८१, मंगलवार ०८:४९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशन अक्टोबर ६ तारिख आइतबारका दिन सौलमा हुने निश्चित भए सँगै संगठनको अध्यक्षका आकांक्षीहरू देखा पर्न थालेका छन्।
पूर्वमन्त्री समेत रहेकी एमाले सचिव पद्मा अर्यालसँगै पूर्वी एसिया तथा असियानाका इन्चार्ज डा. सूर्य पाठक , प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटि अध्यक्ष सन्जय थापा को आतिथ्यतामा समृद्ध नेपाल निर्माणमा प्रवासीको योगदान प्रवासबाट लगानी प्रवासमै मतदान भन्ने मूल नाराका साथ अक्टोबर ६ तारिख बिहान ११ बजेबाट दक्षिण कोरियामा रहेको सौलस्थित 서울특별시 종로구 386 1 충 मा संगठनको आठौं राष्ट्रिय अधिवेशन हुँदैछ ।
प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशन नजिकिए सगै संगठनको आगामी अध्यक्षको आकांक्षीहरू पनि देखा पर्न थालिसकेका छन्। पछिल्लो समय संगठनको नयाँ अध्यक्षको लागि संजीव कुमार राई,अन...
१४ आश्विन २०८१, सोमबार १२:०२१४ आश्विन २०८१, सोमबार १२:०२१४ आश्विन २०८१, सोमबार १२:०२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्सले अक्टोबर महिनाको लागि 𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐄𝐯𝐞𝐧𝐭 नया स्किम सार्वजनिक गरेको छ। जस अन्तर्गत अक्टोबर महिनामा पैसा पठाउने ग्राहकहरूलाई लक्कि ड्रमा समावेश गरी बम्पर उपहारको रुपमा दुइ जनाले आइफोन १६ पाउन सकिने भएको छ।
बैंक ट्रान्सफर 0 सेवा शुक्लमा
सुरक्षित भरपर्दो र सस्तो माध्यमबाट पैसा पठाउनुको साथै इभेन्टमा भाग लिइ पुरस्कार पाउनको लागि कोरियामा रहनुहुने हरुले अक्टोबर १ तारिख देखि ३१ तारिख सम्म सेन्ट-वी रेमिट्यान्स मार्फत रकम नेपाल पठाउनुपर्नेछ। 𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐄𝐯𝐞𝐧𝐭 मा सहभागि हुनको लागि १ अक्टोबर बाट ३१ अक्टोबर सम्मको अवधिमा नेपाल पैसा पठाएको हुन पर्नेछ र ट्रान्जेक्सन पूरा गरेपछि रेमिट्यान्सको एपमा गुगल फर्म आउँछ त्यसमा आफ्नो नाम र नम्बर मात्र भरि इभेन्टमा सहभागी हुन सकिनेछ। यो अवधि मा SentBe मार्फत ...
१४ आश्विन २०८१, सोमबार ०३:१६१४ आश्विन २०८१, सोमबार ०३:१६१४ आश्विन २०८१, सोमबार ०३:१६ by एलिनाNo Comments
काठमाडौं । लोकप्रिय गायक बादल थापाको स्वरमा रहेको गीत ‘बनवास ’ सार्वजनिक भएको छ । रोशन विश्वकर्माको शब्द, विशाल निरौला संगीत , एरेन्ज मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निशान एस के को निर्देशनमा रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र समिर खानको अभिनय रहेको छ । दिपक गिरीको छायांकन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गर्नुभएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोता÷दर्शकमाझ पस्किएका छौ सबैको माया पाउनेमा हामी आशावादी छौ’, मोडल समिर खानले भन्नुभयो ।
भिडियो लिंक
https://www.youtube.com/embed/td4y4An1oLU?si=CSCBb7JmA_yatAKv...
१३ आश्विन २०८१, आईतवार ११:५५१३ आश्विन २०८१, आईतवार ११:५५१३ आश्विन २०८१, आईतवार ११:५५ by एलिनाNo Comments
नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ ।
समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र संगठनका कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो ।
चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिनुभयो । बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिंदै उहाँले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गर्नुभयो । मानवीय विपदको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उहाँले पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।...
१३ आश्विन २०८१, आईतवार १०:०७१३ आश्विन २०८१, आईतवार १०:०७१३ आश्विन २०८१, आईतवार १०:०७ by विशाल श्रेष्ठNo Comments
विगत तीन दिनदेखि परेको अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १७ जनाको मृत्यु भएको छ । १३ जना घाइते र ८ जना अझै बेपत्ता छन् । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा १ र इलाममा १ जनाको मृत्यु भएको छ ।
यस्तै धनकुटास्थित तमोर नदीमा पहिचान नखुलेका २ जनाको शव भेटिएको छ । यस्तै बाढी पहिरोमा परेर पाँचथरमा ६, झापामा २ र मोरङमा १ जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।
यस्तै अहिलेसम्म ६४ वटा पशुचौपाया मरेका छन् । १ हजार २०६ वटा घरपालुवा पक्षी मरेका छन् । यस्तै पूर्ण रूपमा १९ वटा पक्की घर भत्किएका छन् भने ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ । यस्तै अन्य ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा ३३ वटामा आंशिक क्षति पुगेको छ ।
१३ वटा गोठ क्षतिग्रस्त हुँदा ६ वटा सरकारी कार्यालय, ४ वटा...
११ आश्विन २०८१, शुक्रबार १५:२०११ आश्विन २०८१, शुक्रबार १५:२०११ आश्विन २०८१, शुक्रबार १५:२० by एलिनाNo Comments
विशाल आवाज:भरतपुर–१० स्थित चितवन मेडिकल कलेज अगाडि रहेको शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशन प्राईभेट लिमिटेड र दक्षिण कोरियाको साम्युक युनिभर्सिटी बीच सम्झौता भएको छ । दुई संस्थाबीच नेपालबाट बिद्यार्थी अध्ययन अध्यापन गर्न पठाउने बिषयमा सम्झौता भएको हो ।
नेपालबाट उच्च शिक्षाको लागि अध्ययन गर्न विद्यार्थी पठाउंदै आएको गोल्डेन इमिनेन्टले दक्षिण कोरियाको साम्युक युनीभर्सिटीमा नेपालका लागि एकमात्र भर्ना केन्द्रको रुपमा सम्झौता गरिएको इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले जानकारी दिनुभयो ।
गोल्डेन इमिनेन्टका दक्षिण कोरिया शाखाका प्रमुख कुलदिप रिजालले साम्युक युनिभर्सिटी नेपाली विद्यार्थीहरुका लागि राम्रो र उत्कृष्ट युनिभर्सिटी रहेको र उक्त युनिभर्सिटीमा बिजनेस एडमिनिस्ट्रेसन,मेनेजमेण्टमा मार्च इन्टेकको लागि आजबाटनै भर्ना आवेदन शुरु भएको जानकारी दिनुभयो...
११ आश्विन २०८१, शुक्रबार ०५:०४११ आश्विन २०८१, शुक्रबार ०५:०४११ आश्विन २०८१, शुक्रबार ०५:०४ by एलिनाNo Comments
विशाल आवाज:फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टर दक्षिण कोरियाको आयोजनामा अक्टोबर २० तारिकका दिन फ्यङथेकमा दोश्रो नेपाली कम्युनिटी भलिबल कप आयोजना हुने भएको छ।
"शेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ ”फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरले अक्टोबर २० तारिखका आइतबारका दिन 경기도 평택시 청북면 원율북로 23 번길 19-7 मा दोश्रो नेपाली कम्युनिटी भलिबल कप खेलाइने भएको हो।
प्रतियोगितामा सहभागी हुनका लागि 13 OCTOBER दिउँसो १२ बजे सम्म SHRESTHA JEETENDRA KUMAR को NH BANK मा रहेको खाता नम्बर 3522132939873 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने छ भने प्रतियोगिताको खेल टाई सिट 13 OCTOBER नै आन्सान (बृहत दशैं महोत्सव कार्यक्रम हुने स्थल समय दिउँसो २ बजे) सार्वजनिक गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २१ लाख र १३ ल...
१० आश्विन २०८१, बिहीबार १२:३११० आश्विन २०८१, बिहीबार १२:३११० आश्विन २०८१, बिहीबार १२:३१ by एलिनाNo Comments
विशाल आवाज:छङ्ऊप नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा अक्टोबर ६ तारिकका दिन छङ्ऊपमा छङ्ऊप कप भलिबल २०२४ आयोजना हुने भएको छ।
"परदेशमा भाइचारा र स्वास्थ्यको लागि खेलकुद”भन्ने मूल नाराका साथ छङ्ऊप नेपाली एकता समाज दक्षिण कोरियाले अक्टोबर ६ तारिखका आइतबारका दिन 정읍시 국민체육센터(전북 정읍시 용흥1길 78-6) मा प्रथम छङ्ऊप कप भलिबल २०२४ खेलाइने भएको हो।
प्रतियोगितामा सहभागी हुनका लागि सेप्टेम्बर २९ तारिख आइतबारका बेलुकी ७ बजेसम्म THAPA RAM BAHADUR को NH BANK मा रहेको खाता नम्बर 3020869127021 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने छ भने प्रतियोगिताको खेल टाई सिट २९ तारिख नै बेलुकी ८ बजे सार्वजनिक गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २०लाख र १२ लाख कोरियन वोन र सेमिफाइनल पुग्ने दुई टिमलाई ४/४ लाख कोरियन वन...