Advertisement
Advertisement

रारा साँगीतिक सौगात भाग-१ को नाफा एक करोड बिस लाख,फोटो फ्रेम बनाइ कबुल गरेको रकम एक करोड पाच लाख अझै उठ्नै बाँकी

Advertisement
Advertisement

विशाल आवाज:कर्णाली प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा छुसकमा भएको  “रारा सांगीतिक सौगात भाग १”को आर्थिक प्रतिवेदन आईतवारका दिन  सउलमा एक कार्यक्रम सार्वजनिक गरिएको छ। सार्वजनिक   आर्थिक प्रतिबेदन अनुसार कार्यक्रमको सबै खर्च कटाएर नाफा एक करोड बिस लाख माथि भएको र फोटो फ्रेम बनाइ कबुल गरेको रकम एक करोड पाच लाख उठ्नै बाँकी रहेको बताइएको छ। 

कोरियाली महान चाड छुसक को अवसरमा कर्णाली प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा सम्पन्न  बृहत सांस्कृतिक कार्यक्रमको आर्थिक प्रतिवेदन दोङदेमुन स्थित नेपाली थाई रेस्टुरेन्टको सभाहलमा आइतबारका दिन एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो। नेपाली दूतावास सियोल, दक्षिण कोरियाका कार्यवाहक महामहिम राजदूत पुष्पराज भट्टराईज्यूको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष धर्मराज तिवारीले गर्नु भएको थियो ।  कोरियामा रहेका बिभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिज्यूहरुको विशेष आतिथ्यता र पत्रकार, बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, कर्णालीका अग्रज व्यक्तित्वहरू लगायत नेपालीजनको उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको कार्यक्रममा आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो।

 

आर्थिक  बिभाग सचिब रहेको टर सिंह पुनले तयार गरी आर्थिक संयोजक‌‌ तुलश गुरुङ र कार्यक्रम सयोजक प्रकाश बस्नेतले प्रमाणित गरी अध्यक्ष धर्मराज तिवारीले ‌रुजु गरेको  रारा साँगीतिक  सौगात भाग-१ को आयब्यय विवरणमा बिभिन्न शिर्षकमा जम्मा ५ करोड ४९ लाख ९ हजार ९४६  वन आम्दानी भएको र विभिन्न शीर्षकमा ४ करोड २८ लाख ८७ हजार ५०३ वन खर्च भई जम्मा १ करोड २० लाख २२ हजार ४४३ वन बचत भएको प्रस्तुत गरिएको छ। यसै गरी कार्यक्रमको दौरानमा फोटो फ्रेम बनाइ कबुल गरेको  मध्य सहयोग रकम सबै बाट १ करोड ५ लाख ३६ हजार २४२ वन अझै उठ्न बाँकी  रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ। सो रकम पनि उठेमा कार्यक्रमको नाफा २ करोड वन भन्दा धेरै हुने देखीएको छ। 

कार्यक्रममा कार्यक्रमको समीक्षा र आर्थिक हिसाबकिताब सार्वजनिक गर्न विशेष कारणबश ढिला हुन पुगेकोमा आर्थिक समिति क्षमा याचना गर्दै कार्यक्रमलाइ सभ्य र भव्यताका साथमा सम्पन्न गराउन सहयोग गर्नुहुने नेपाली संघसंस्था समाजहरु, बुद्धिजिवीवर्ग, मिडियाकर्मी, र  विभिन्न पेसा व्यवसाय गरी कोरियालाई कर्मथलो बनाइ कोरियामा रहनु भएका तमाम नेपाली दाजुभाई तथा दिदिवहिनीहरुमा  उच्च सम्मान प्रकट गर्दै आयोजकले हार्दिक धन्यवाद समेत ज्ञापन गरेको थियो ।

कर्णालीका कला, संस्कृति र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने  उद्देश्य र संस्थाको आपतकालीन राहत कोषलाई मजबुत बनाउने उद्देश्यका साथ  “रारा सांगीतिक सौगात भाग-१” सेप्टेम्बर १६ तारिख 서울시 종로구 대학으로 3길 29(연지동 135) स्थित 100주년기념관 मा सम्पन्न गरिएको थियो। कार्यक्रममा नेपालको ख्याति प्राप्त लोकप्रिय गायक प्रमोद खरेल, गायिका मेलिना राई, मोडल तथा डान्सर आश्मा विश्वकर्मा,  देउडा तथा लोकगायिका सुनिता बिसी को धमकेदार प्रस्तुति रहेको थियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×