बिशाल आवाज: कोरियाली महान पर्व छुसकको अवसरमा दक्षिण कोरियामा पहिलोपटक “लुम्बिनी साँगीतिक महोत्सव – २०२५” आयोजना हुने भएको छ। लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा हुने सो महोत्सव आगामी अक्टोबर ६ तारिख सोमबार सउलस्थित 건국대학교 새천년관 대공연장에서 हुनेछ।
कोरियाली महान पर्व छुसकको अवसरमा आयोजना गर्न लागिएको यस कार्यक्रममार्फत आपतकालीन राहत कोष स्थापना गर्ने पवित्र उद्देश्य अघि सारिएको आयोजकहरूले बताएका छन्। महोत्सवलाई सफल बनाउन राप्ती समाजको सहयोग र लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लागत र क्षेत्रगत संघसंस्थाहरू सह–आयोजक तथा सहयोगीका रूपमा संलग्न हुनेछन् भने नेपाली सम्पर्क समिति दक्षिण कोरिया सहजीकरणमा रहनेछ।
“पवित्र लुम्बिनी, बुद्धको जन्मस्थान, शान्ति, सद्भाव र सदाचार हाम्रो पहिचान” भन्ने मूल नारासहितको स्थापित सस्थाले गर्ने यो कार्यक्रम सांगीतिक प्रस्तुति र सांस्कृतिक कार्यक्रममार्फ...
३ भाद्र २०८२, मंगलवार ११:२७३ भाद्र २०८२, मंगलवार ११:२७३ भाद्र २०८२, मंगलवार ११:२७ by एलिनाNo Comments
विशाल आवाज:नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज, योङइन विदेशी कल्याण केन्द्र तथा बुद्धभूमि ग्रुपद्वारा यही आउदो अगस्ट २४ तारिकका दिन योङइन बिदेशी कल्याण केन्द्रमा संयुक्त रूपमा रमाइलो तिज मेला–२०२५ गरिने भएको छ ।
अगस्ट २४ तारिक आइतवारका दिन दिउँसो ठिक १ बजेबाट सुरु हुने यस मेला योङइन विदेशी कल्याण केन्द्र (용인시외국인복지센터) 경기도 용인시 처인구 금령로 36, 거성빌딩 3층 301호 मा हुनेछ।आयोजक संस्थाहरूले परदेशमा रहेका नेपाली दिदीबहिनी र दाजुभाइलाई एकै ठाउँमा भेला गराई नेपाली संस्कृति, परम्परा र मौलिकताको सम्मान गर्दै एकतामा बाँध्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका छन्। कोरियाको ख्यङ्गी ख्वाङ्जु, सङ्नाम, योङइन, इछन र यजुमा बसोबास गर्ने नेपाली समुदायका साथै सम्पूर्ण कोरियामा रहेका सबै नेपालीलाई कार्यक्रममा सहभागी भई रमाइलो गर्न हार्दिक निमन्त्रणा गरेको छ।
...
३ भाद्र २०८२, मंगलवार ०३:००३ भाद्र २०८२, मंगलवार ०३:००३ भाद्र २०८२, मंगलवार ०३:०० by एलिनाNo Comments
अब दक्ष नेपाली कामदारलाई दक्षिण कोरिया पठाउने बाटो अझ सहज बनेको छ। नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीमार्फत E-7 भिसा प्रणाली अन्तर्गत कामदार पठाउने कार्यविधि स्वीकृत गरेको छ।
मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार विशेष योग्यता पूरा गरेका म्यानपावर कम्पनीलाई मात्र दक्ष कामदार पठाउने अनुमति दिइनेछ। यसका लागि कम्पनीहरूले आफ्नै प्रशिक्षण केन्द्र वा विद्यमान प्रशिक्षण केन्द्र भाडामा लिएर सञ्चालन गर्नुपर्ने र त्यहाँ कम्तीमा दुई जना प्रमाणित कोरियन भाषा प्रशिक्षक राख्नुपर्नेछ।
त्यस्तै, कम्पनीहरूले सम्बन्धित कोरियन संस्था वा संघसंस्थासँग सम्झौता गरी मागपत्र ल्याउन सक्ने व्यवस्था गरिएको छ। तर, यस क्रममा कामदार वा कम्पनीसँग अतिरिक्त शुल्क लिन नपाइने मन्त्रालयले स्पष्ट पारेको छ।
दक्ष कामदारले कोरिया जानुअघि भाषा परीक्षा र सीप (Occupational Skill) परी...
२ भाद्र २०८२, सोमबार ०९:५०२ भाद्र २०८२, सोमबार ०९:५०२ भाद्र २०८२, सोमबार ०९:५० by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीहरूको साझा संस्था नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (SONSIK) को २२औं वार्षिक साधारण सभा तथा अधिवेशन २०२५ मा युग्नाम विश्वविद्यालय, देगुमा सम्पन्न भएको छ। अधिवेशनमार्फत सभापति किरण सुवालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
सन् २००४ मा स्थापना भई २०१५ मा दक्षिण कोरियाको स्थानीय प्रशासन कार्यालयमा कानुनी रुपमा दर्ता भएको SONSIK, कोरियामा रहेका नेपाली विद्यार्थीहरूको एक मात्र आधिकारिक र गैर–नाफामूलक विद्यार्थी संगठन हो। यस संस्थाले कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूबीच विचार, अनुभव र ज्ञानको आदान–प्रदानलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ।
साधारण सभामा विगतका उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्दै, नयाँ नेतृत्वले संगठनलाई अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउने संकल्प व्यक्त गर्यो। निर्वाचित पदाधिकारीहरूले नेपाल र कोरियामा रहेका विद्या...
२ भाद्र २०८२, सोमबार ०६:५०२ भाद्र २०८२, सोमबार ०६:५०२ भाद्र २०८२, सोमबार ०६:५० by एलिनाNo Comments
बिशाल आवाज :तमू समूदायको मौलिक धर्म, संस्कार, संस्कृति, भाषा, लिपि र भेषभूषाको संरक्षण र सम्बर्द्धन गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले स्थापित तमू धीं दक्षिण कोरियाले आफ्नो ११औं केन्द्रीय महाधिवेशन आगामी २०२५ अगस्ट २४ (आइतबार), बिहान ११ः०० बजे, सिओलस्थित 종로구 창신길 51, 새마을 빌딩, 5층 (창신동) मा भव्य रूपमा गर्ने भएको छ।
सन् १९९९ मा कोरियामा रहेका तमू समुदायले “धर्म हरायो भने संस्कार हराउँछ, संस्कार हरायो भने संस्कृति हराउँछ, र संस्कृति हरायो भने मानव अस्तित्व हराउँछ” भन्ने ऐतिहासिक मूल मन्त्रलाई आत्मसात गर्दै यस संस्थाको स्थापना गरेका हुन्। सुरुवातदेखि नै तमू धीं दक्षिण कोरिया केवल गुरुङ (तमू) समुदायका लागि मात्र नभई गैर तमु (गैर–गुरुङ) समुदायका लागि समेत साथ–सहयोग, आपतकालीन सहयोग र सामाजिक–सांस्कृतिक उत्थानमा सक्रिय हुँदै आएको छ।
अध्यक्ष रुपा गुरुङले सस्थाको तर्फ बाट कोरियावा...
२ भाद्र २०८२, सोमबार ०३:१५२ भाद्र २०८२, सोमबार ०३:१५२ भाद्र २०८२, सोमबार ०३:१५ by एलिनाNo Comments
विशाल आवाज: "हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना” भन्ने नाराका साथ स्थापित गजेदो स्थित हान्वा ओसन नेपाली एकता समाजले यस वर्ष पनि भव्य रूपमा तीज विशेष दर खाने तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम–२०२५ आयोजना गर्ने भएको छ।
नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना हुने यो कार्यक्रम आउँदो अगस्ट २४ (आइतबार), बिहान १० बजे ग्योङनाम (경남 거제시 탑곡로 75, 아주동, 거제시노동복지회관) मा सम्पन्न हुने भएको समाजले जनाएको छ।
हान्वा ओसन क्षेत्रमा मात्रै ८०० भन्दा बढी नेपाली कार्यरत रहेकोले यसपटकको तीज कार्यक्रमलाई अझै भव्य र उत्साहपूर्ण ढङ्गले मनाइने अपेक्षा गरिएको छ। समाजका अध्यक्ष नारायण शाही ठकुरीले भन्नुभयो– “हाम्रो साझा संस्था हान्वा ओसन नेपाली एकता समाजको यस तीज विशेष कार्यक्रममा तपाईँहरूको सुझाव, साथ र सहयोगको अपेक्षा गर्दै सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौं।”
कार्यक्रममा द...
३१ श्रावण २०८२, शुक्रबार १३:०७३१ श्रावण २०८२, शुक्रबार १३:०७३१ श्रावण २०८२, शुक्रबार १३:०७ by एलिनाNo Comments
बिशाल आवाज :दक्षिण कोरियाको ग्येङनाम प्रान्तस्थित गजेन्दोमा क्रियाशील DSME मगर समाजले स्वास्थ्य, मनोरञ्जन र राष्ट्रिय खेलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी सेप्टेम्बर ७, २०२५ आइतबारका दिन ओक्पो मिडल स्कूलको खेल मैदानमा ‘DSME मगर समाज भलिबल कप–२०२५’ आयोजना गर्ने भएको छ। खेलकुद मार्फत एकता र मित्रता बढाउने सोचका साथ आयोजना हुन लागेको यो प्रतियोगिता भव्य तयारीका बीच सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।
यस वर्षको भलिबल कपमा विजेता टिमलाई १५ लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई ८ लाख वोन, सेमिफाइनल टिमलाई ३/३ लाख वोन, उत्कृष्ट खेलाडीलाई १ लाख वोन, साथै उत्कृष्ट स्पाइकर, लिफ्टर, ब्लकर र डिफेन्डरलाई ५० हजार वोनसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। टिम दर्ता शुल्क २ लाख ५० हजार वोन तोकिएको छ भने अन्तिम दर्ता मिति ३० अगस्ट २०२५ बेलुकी ४ बजे सम्म रहनेछ।
टाइ–सिट सार्...
३० श्रावण २०८२, बिहीबार १२:३४३० श्रावण २०८२, बिहीबार १२:३४३० श्रावण २०८२, बिहीबार १२:३४ by एलिनाNo Comments
दक्षिण कोरियामा हिजो परेको भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३ जनाको ज्यान गएको छ। राजधानी क्षेत्रमा केन्द्रित वर्षाले ठुलो जनधनको क्षति गरेको कोरियाली अधिकारीहरूले जनाएका छन्।
यसअघि गत जुलाईमा आएको बाढी र पहिरोले १९ जनाको ज्यान लिएको थियो भने ९ जना अझै वेपत्ता रहेका छन्। यस वर्ष मात्र बाढी र पहिरोका कारण कुल २२ जनाको मृत्यु भइसकेको छ र ९ जना अझै हराइरहेका छन्।
हालको वर्षा–जन्य विपत्तिबाट कोरियामा रहेका नेपाली समुदाय भने सुरक्षित रहेको जनाइएको छ।
कोरियाली मौसम विभागले अझै केही दिन भारी वर्षा जारी रहने सम्भावना बताउँदै संवेदनशील क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।...
३० श्रावण २०८२, बिहीबार १२:२९३० श्रावण २०८२, बिहीबार १२:२९३० श्रावण २०८२, बिहीबार १२:२९ by एलिनाNo Comments
बिशाल आवाज: दक्षिण कोरियामा रहेका राप्तीवासीहरुको अग्रणी संस्था राप्ती समाज दक्षिण कोरियाले आफ्नो सातौं अधिवेशन आगामी सेप्टेम्बर ७, आइतबार बिहान ११:०० बजे सउलको दोङदेमुनस्थित नेपाल थाई रेस्टुरेन्टको सभाहलमा आयोजना गर्ने भएको छ। अधिवेशन नयाँ कार्यसमिति चयन गर्ने तथा आपसी सहयोग, सद्भाव र एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।
“हामी जहाँ भएपनी हाम्रो एउटै विशेषता, विशुद्ध सामाजिक कामका लागि राप्ती समाजको एकता” भन्ने मूल नाराका साथ सन् २००६ मा स्थापना भएको राप्ती समाज दक्षिण कोरियाले विगत १९ वर्षदेखि कोरियामा कार्यरत राप्तीवासी तथा सम्पूर्ण नेपालीबीच आपसी सहयोग, सद्भाव, समझदारी र भाइचारा अभिवृद्धि गर्दै आएको छ।
हालको छैटौं कार्यसमितिको कार्यकाल पूरा भएपछि, अब आगामी दुई वर्षका लागि नयाँ सातौं कार्यसमिति चयन गर्नुपर्ने भएकाले अधिवेशन आयोजना गरिएको संस्थाका अध्यक्ष अमृत के...
२९ श्रावण २०८२, बुधबार ०७:०६२९ श्रावण २०८२, बुधबार ०७:०६२९ श्रावण २०८२, बुधबार ०७:०६ by एलिनाNo Comments
बिशाल आवाज :दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था नेपाल गोरखा परिवार दक्षिण कोरियाले आफ्नो १३औं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आगामी १७ अगस्ट २०२५ (आइतबार) का दिन सुवनस्थित भेटघाट रेष्टुरेन्टको सभाहलमा संस्थले १३औं अधिवेशन गर्दैछ।
संस्थाले आफ्नो स्थापना कालदेखि नै कोरिया साथै नेपालमा पनि विभिन्न सामाजिक कार्य र सहयोगका कार्यक्रम गर्दै आएको छ। समुदायमा एकता र आपसी सहयोग प्रवर्द्धन गर्न निरन्तर सक्रिय यस संस्थाले अधिवेशनलाई विगतका गतिविधिहरूको समीक्षा र भावी योजना निर्माणको अवसरका रूपमा लिने जनाएको छ।
“प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुखदुःखमा साथ दिने हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित स्थापित संस्थाको यस अधिवेशनमा कोरियाबासी सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, शुभचिन्तक, विभिन्न संघसंस्था तथा तिनका प्रतिनिधिहरूको गरिमामय उपस्थितिका लागि संस्थाले हार्दिक निमन्त्रणा गरेको ...