दक्षिण कोरियामा हिजो परेको भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३ जनाको ज्यान गएको छ। राजधानी क्षेत्रमा केन्द्रित वर्षाले ठुलो जनधनको क्षति गरेको कोरियाली अधिकारीहरूले जनाएका छन्।
यसअघि गत जुलाईमा आएको बाढी र पहिरोले १९ जनाको ज्यान लिएको थियो भने ९ जना अझै वेपत्ता रहेका छन्। यस वर्ष मात्र बाढी र पहिरोका कारण कुल २२ जनाको मृत्यु भइसकेको छ र ९ जना अझै हराइरहेका छन्।
हालको वर्षा–जन्य विपत्तिबाट कोरियामा रहेका नेपाली समुदाय भने सुरक्षित रहेको जनाइएको छ।
कोरियाली मौसम विभागले अझै केही दिन भारी वर्षा जारी रहने सम्भावना बताउँदै संवेदनशील क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
Post Views: 278









