Advertisement
Advertisement

जानकारी

Gen Z आन्दोलनका शहीद तथा घाइतेका लागि MRR कोरियाबाट उठेको ३५ लाख रुपैयाँको हिसाब सार्वजनिक

Gen Z आन्दोलनका शहीद तथा घाइतेका लागि MRR कोरियाबाट उठेको ३५ लाख रुपैयाँको हिसाब सार्वजनिक

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
 भदौ २३ र २४ गते नेपालमा भएको हिंसात्मक Gen Z आन्दोलनपछि उत्पन्न मानवीय संकटलाई लक्षित गर्दै MRR KOREA को सयोजकत्वमा दक्षिण कोरियामा रहेका नेपालीहरूले संकलन गरेको सहयोग रकमको विवरण सार्वजनिक गरिएको छ। आन्दोलनमा सहिद भएका परिवारको लागि र घाइतेहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले कोरियामा रहेका नेपालीहरूले MRR Korea को नेतृत्वमा आर्थिक संकलन अभियान सुरु गरेका थिए। अभियान अन्तर्गत छोटो समयमै उल्लेखनीय रकम संकलन भएको थियो। सार्वजनिक गरिएको विवरणअनुसार ३५ लाख नेपाली रुपैयाँ (३५,४९,२१५) रुपैयाँ बराबर संकलन भएको थियो। सो रकममध्ये ३५,१२,२५५ रुपैयाँ नेपाल पठाइसकिएको र त्यसमध्ये ३४,३२,१५८ रुपैयाँ विभिन्न घाइते तथा शहीद परिवारलाई वितरण गरिएको उल्लेख गरिएको छ। साथै केही रकम अन्य खर्चमा प्रयोग गरिएको छ भने करिब १ लाख १७ हजार रुपैयाँ बाँकी रहेको जानकारी दिइएको छ। MRR Korea ले सार्वजनिक गरेको ...
फुटबल प्रतियोगिता खेल्दा घाइते, कोरिया आएको ४ महिना मात्रै पुगेका खेलाडीका लागि सहयोग अपिल

फुटबल प्रतियोगिता खेल्दा घाइते, कोरिया आएको ४ महिना मात्रै पुगेका खेलाडीका लागि सहयोग अपिल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको छनान सहरमा आयोजित प्रथम “काष्ठमण्डप फुट्सल प्रतियोगिता” खेल्ने क्रममा इन्छन नेपाली फुटबल क्लब (NFC) का खेलाडी सुजन अधिकारी गम्भीर घाइते भएका छन्। प्रतियोगिताको दौरान उनको दाहिने घुँडाको लिगामेन्ट चुटिएको पुष्टि भएको छ। घटनापछि उनलाई तत्काल इन्छनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। गत बिहीबार (२७ तारिख) उनको सफल शल्यक्रिया (अप्रेसन) सम्पन्न भए पनि हालसम्म अस्पतालमै उपचाररत रहेका छन्। चिकित्सकका अनुसार उनलाई कम्तीमा ६ महिनासम्म पूर्ण आराम (बेड रेस्ट) आवश्यक पर्नेछ भने नियमित रूपमा चेकजाँचका लागि अस्पताल आउनुपर्ने अवस्था रहेको छ। अस्पताल खर्चको केही भाग बिमाबाट कभर भए पनि हालसम्म करिब ५०–६० लाख वन खर्च भइसकेको र आगामी दिनमा थप आर्थिक भार पर्ने देखिएको छ। यस्तो कठिन परिस्थितिमा नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदाय, खेलाडी तथा फुटबल क्...
सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यही अप्रिल १९ तारिक सुदूरपश्चिमेली बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै

सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यही अप्रिल १९ तारिक सुदूरपश्चिमेली बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको बुसानमा सक्रिय सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले अप्रिल १९ तारिखका दिन किम्हेमा सुदूरपश्चिमेलीको महान् चाड विसु, नयाँ वर्ष विसं २०८३ को शुभकामना आदानप्रदान तथा बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्नेभएको छ। सुदूरपश्चिमीले मौलिक चाड विसु तथा नेपाली नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान गर्नका लागि सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यहि अप्रिल १९ तारिख आइतबारका दिन दिउँसो ठिक ११ बजे किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको सभाहलमा बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो। दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा आयोजना हुने कार्यक्रममा सुदूरपश्चिमकी चर्चित देउडा गायिका गौरी भट्टका साथै सर्जक तथा लोक देउडा गायक कमल बिरहि थापा लगायत कलाकारहरूले धमाकेदार देउडा गीत प्रस्तुत गर्नेछन्। यति मात्र नभएर कार्यक्रममा सुदूरपश्चिमका मौलिक परिकारहरू बटुक, चु...
जेजुदोमा अप्रिल १२ मा राहदानी घुम्ती शिविर आयोजना हुने

जेजुदोमा अप्रिल १२ मा राहदानी घुम्ती शिविर आयोजना हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको जेजुदो क्षेत्रमा रहेका नेपालीहरुका लागि राहदानी सेवा सहज बनाउन “राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम” आयोजना हुने भएको छ। उक्त कार्यक्रम Embassy of Nepal, Seoul को आयोजना तथा Nepal Federation of Indigenous Nationalities (NEFIN) दक्षिण कोरिया जेजुदो क्षेत्रीय समितिको सहकार्यमा हुन लागेको हो। उक्त शिविर आगामी अप्रिल १२, २०२६ (चैत २९, २०८२) मा जेजुदोमा सञ्चालन गरिनेछ। कार्यक्रममा विशेषगरी राहदानी नवीकरण सेवा तथा श्रमिक सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम समावेश गरिने जनाइएको छ। राहदानी सेवा लिन चाहने सेवाग्राहीका लागि अनलाइन आवेदन फारम मार्च ३०, २०२६ सोमबार दिउँसो १२ बजेदेखि खुल्ने जानकारी दिइएको छ। सेवाग्राहीहरुले अनलाइन फारम भरेपछि प्राप्त हुने QR Code अनिवार्य रूपमा सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ। आयोजकका अनुसार सबै सेवाग्राहीको विवरण संकलन तथ...
हवासङ नेपाल युनाइटेड फुटबल क्लबको आयोजनामा अप्रिल १९ तारिक छनानमा “2nd Hwaseong NFC Futsal Cup 2026” हुने

हवासङ नेपाल युनाइटेड फुटबल क्लबको आयोजनामा अप्रिल १९ तारिक छनानमा “2nd Hwaseong NFC Futsal Cup 2026” हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच एकता, मनोरञ्जन तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल फुटबल महासंघको सहकार्यमा हवासङ नेपाल युनाइटेड फुटबल क्लबले “2nd Hwaseong NFC Futsal Cup 2026” आयोजना गर्ने भएको छ। उक्त प्रतियोगिता आगामी अप्रिल १९, २०२६ मा कोरियाको छनान (Cheonan) स्थित फुटसल मैदान (천안시 동남구 신방동 645-1) मा सञ्चालन गरिने आयोजकले जनाएको छ। “फुटबल प्रवासमा एकता, मनोरञ्जन, स्वस्थ जीवनको लागि आवश्यकता” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा कोरियामा क्रियाशील विभिन्न नेपाली क्लबहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताले नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै खेलकुदमार्फत सकारात्मक ऊर्जा फैलाउने विश्वास लिइएको छ। प्रतियोगितामा विजेताले ३५ लाख वोन नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेतालाई २० लाख वोन प्रदान ...
सलनाल विशेष ‘बुलबुले डान्स पार्टी’पछि सुर्खेत समाजद्वारा आर्थिक विवरण सार्वजनिक, ९२ लाखभन्दा बढी बचत

सलनाल विशेष ‘बुलबुले डान्स पार्टी’पछि सुर्खेत समाजद्वारा आर्थिक विवरण सार्वजनिक, ९२ लाखभन्दा बढी बचत

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
सलनाल विशेष ‘बुलबुले डान्स पार्टी’पछि सुर्खेत समाजद्वारा आर्थिक विवरण सार्वजनिक, ९२ लाखभन्दा बढी बचत सुर्खेत समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजना गरेको ‘बुलबुले डान्स पार्टी’ कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गरेको छ। समाजले २०२६ मार्च २२ मा सार्वजनिक गरेको विवरणअनुसार उक्त कार्यक्रमबाट ९२ लाख वनभन्दा बढी रकम बचत भएको उल्लेख गरिएको छ। कार्यक्रममार्फत संकलित रकम तथा खर्चको पूर्ण विवरण भर्चुअल बैठकमार्फत सार्वजनिक गरिएको समाजले जनाएको छ। फेब्रुअरी १५ मा आयोजना गरिएको उक्त कार्यक्रम नेपाली समुदायबीच सांस्कृतिक एकता, मनोरञ्जन तथा सामाजिक सहयोगको उद्देश्यसहित सम्पन्न भएको थियो। कार्यक्रममा कलाकारहरूको प्रस्तुति, सांगीतिक कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएको थियो। समाजका अनुसार कार्यक्रमबाट प्राप्त बचत रकम फेङ्थेक क्षेत्रमा सञ्चालनमा रह...
दक्षिण कोरियामा निःशुल्क कोरियन भाषा कक्षा सुरु हुँदै, ५० जनालाई अवसर

दक्षिण कोरियामा निःशुल्क कोरियन भाषा कक्षा सुरु हुँदै, ५० जनालाई अवसर

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा कार्यरत नेपाली समुदायलाई लक्षित गर्दै नवलपुर समाज दक्षिण कोरिया ले निःशुल्क कोरियन भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी अप्रिल महिनाको पहिलो शनिबारदेखि सुरु हुने उक्त कक्षा विशेषगरी E-9 कामदार, विद्यार्थी तथा डिपेन्डेन्ट भिसामा रहेका नेपालीहरूका लागि लक्षित गरिएको आयोजकले जनाएको छ। कार्यक्रमअन्तर्गत पहिलो चरणमा जम्मा ५० जना सहभागीलाई मात्र समेटिनेछ। सहभागी हुन मार्च २५ तारिक सम्ममा फर्म पर्नुपर्ने छ । इच्छुक व्यक्तिहरूले छिटोभन्दा छिटो अनलाइनमार्फत आवेदन दिन आग्रह गरिएको छ। कक्षा ३ महिनासम्म सञ्चालन हुनेछ भने हरेक शनिबार र आइतबार साँझ २ घण्टा कक्षा सञ्चालन गरिने जानकारी दिइएको छ। यस प्रशिक्षणमा कोरियन भाषाको आधारभूत (Basic) तथा व्याकरण (Grammar) मा विशेष जोड दिइनेछ। साथै, दैनिक कामकाज र व्यवहारमा प्रयोग हुने व्यवहारिक भाषामा केन्द्रित गरिने आयोजकको भना...
कास्की परिवार दक्षिण कोरियाद्वारा शेयर बजार तालिम आयोजना

कास्की परिवार दक्षिण कोरियाद्वारा शेयर बजार तालिम आयोजना

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपालीहरूको संस्था कास्की परिवार दक्षिण कोरियाले शेयर बजार सम्बन्धी १० दिने अनलाइन तालिम आयोजना गर्ने भएको छ। “Zero to Hero + Super Performer” नारासहित सञ्चालन हुने उक्त तालिम आगामी २०२६ अप्रिल ५ तारिख आइतबारबाट सुरु हुने आयोजकले जनाएको छ। “Beginner To Advance Complete Share Market Training” शीर्षकमा सञ्चालन हुने तालिममा प्रशिक्षक बसन्त पाण्डेले प्रत्यक्ष रूपमा सहभागीलाई प्रशिक्षण दिनेछन्। तालिममार्फत शेयर बजारको आधारभूतदेखि उन्नत स्तरसम्मका प्राविधिक तथा मौलिक पक्षहरू सिकाइने बताइएको छ। तालिमको पहिलो चार दिनमा बजारको आधारभूत अवधारणा, प्राइस र भोल्युम विश्लेषण तथा चार्ट प्याटर्नबारे जानकारी दिइनेछ भने पाँचौंदेखि सातौं दिनसम्म स्ट्राटेजी, बाय/सेल सेटअप र स्मार्ट मनी कन्सेप्टसम्बन्धी कक्षाहरू सञ्चालन गरिनेछन्। अन्तिम चरणमा म्याक्रोइकोनोमिक विश्लेषण र फन्डामेन्टल व...
नेपाली सम्पर्क समिति दक्षिण कोरिया को नयाँ कार्यसमिति चयन,हर्क बिष्टको नेतृत्वमा १९औँ अधिवेशन सम्पन्न

नेपाली सम्पर्क समिति दक्षिण कोरिया को नयाँ कार्यसमिति चयन,हर्क बिष्टको नेतृत्वमा १९औँ अधिवेशन सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा क्रियाशील नेपालीहरूको पुरानो तथा साझा संस्था नेपाली सम्पर्क समिति दक्षिण कोरिया (एनसीसी) को १९औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशनले हर्क बिष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरेको हो। नव–निर्वाचित कार्यसमितिमा विभिन्न प्रदेश र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिएको छ, जसले संस्थालाई अझ समावेशी र सशक्त बनाउने अपेक्षा गरिएको छ। नयाँ कार्यसमिति यसप्रकार रहेको छ: • अध्यक्ष: हर्क बिष्ट • बरिष्ठ उपाध्यक्ष: नारायण न्यौपाने (लुम्बिनी) • महिला उपाध्यक्ष: हेमलता शर्मा (खुल्ला) • उपाध्यक्ष: नारायण पौडेल (गण्डकी) • उपाध्यक्ष: डेनराज सिजापति • महासचिव: सुमन चौलागाईं (बागमती) • सचिव: पदम राई (पूर्वी नेपाल) • सचिव: भगवान तिवारी (बागमती) • कोषाध्यक्ष: झलक बिष्ट (सुदूरपश्चिम) • सह–कोषाध्...
“𝐈𝐋𝐀𝐌𝐄𝐋𝐘 𝐌𝐔𝐒𝐈𝐂𝐀𝐋 𝐍𝐈𝐆𝐇𝐓 𝟐𝟎𝟐𝟔“ को हिसाब सार्वजनिक: नाफा १ करोड २० लाखभन्दा माथि, तर खर्च शीर्षकमै उठे प्रश्न

“𝐈𝐋𝐀𝐌𝐄𝐋𝐘 𝐌𝐔𝐒𝐈𝐂𝐀𝐋 𝐍𝐈𝐆𝐇𝐓 𝟐𝟎𝟐𝟔“ को हिसाब सार्वजनिक: नाफा १ करोड २० लाखभन्दा माथि, तर खर्च शीर्षकमै उठे प्रश्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कोरियन पर्व सलनालको अवसरमा ईलामेली समाज, दक्षिण कोरिया द्वारा आयोजित ‘ILAMELY MUSICAL NIGHT 2026’ कार्यक्रमको आय–व्यय विवरण सार्वजनिक गरिएको छ । विवरणअनुसार कार्यक्रमबाट करिब १ करोड २० लाखभन्दा बढी नाफा भएको दाबी गरिएको छ । तर सार्वजनिक गरिएको हिसाब–किताबसँगै खर्च शीर्षकहरूलाई लिएर विभिन्न प्रश्नहरू उठ्न थालेका छन् । समाजले करिब ३ करोड ५४ लाख वोन आम्दानी र २ करोड ३५ लाख वोन खर्च देखाएको छ । तर खर्चतर्फ हेर्दा एउटै प्रकृतिका शीर्षकहरूमा पटक–पटक ठूलो रकम छुट्याइएको देखिन्छ । विशेषगरी कलाकारसँग सम्बन्धित खर्च विभिन्न शीर्षकमा विभाजन गरी उल्लेख गरिएको छ—जस्तै कलाकार भिषा प्रकृया खर्च, हवाई टिकट, व्यवस्थापन खर्च आदि जसले वास्तविक खर्च स्पष्ट बुझ्न कठिन देखिन्छ। त्यसैगरी प्रचार–प्रसार शीर्षक पनि फरक–फरक बुँदामा राखेर खर्च देखाइएको छ । पोस्टर, प्रचार सामग्री, टिकट छपाइ लगायतका शीर्षकम...