Advertisement
Advertisement

कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Advertisement
Advertisement

दक्षिण कोरियाको दोङदेमुनस्थित एक नेपाली–थाई रेस्टुरेन्टको सभाहलमा आज आइतबार कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन अत्यन्तै भव्य, गरिमामय तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष धर्मराज तिवारीको सभापतित्व तथा नेपाली दूतावास, दक्षिण कोरियाकी श्रम काउन्सिलर मैयाँ कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले कर्णालीवासीहरूको एकता, पहिचान र संगठनात्मक शक्तिलाई थप मजबुत बनाएको छ।

कार्यक्रममा एनआरएनए तथा एनसीसीका अध्यक्षहरू, विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्व, प्रदेश तथा जिल्लागत संस्थाका प्रतिनिधिहरू, साथै जातीय, धार्मिक तथा क्षेत्रीय संघसंस्थाका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै संस्थाका संरक्षक, सल्लाहकार तथा जिल्ला संयोजकहरूको सहभागिताले कार्यक्रमलाई अझ गरिमामय बनाउनुका साथै आपसी सहकार्य, सद्भाव र एकताको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

अधिवेशनलाई थप जीवन्त बनाउँदै ‘हवासँग’ नेपाली सांगीतिक समूहले आफ्नो सांगीतिक प्रस्तुति मार्फत उपस्थित दर्शकहरूको मन जित्न सफल भएको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा अन्य अतिथिहरूले मन्तव्य राख्दै संस्थाले विगत कार्यकालमा गरेका सामाजिक, सांस्कृतिक तथा एकतामूलक गतिविधिहरूको प्रशंसा गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

यसै अवसरमा तेस्रो कार्यसमितिको कार्यकालमा समाजमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न संघसंस्था, व्यवसायी तथा व्यक्तित्वहरूलाई मायाको चिनो तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

अधिवेशनको महत्वपूर्ण उपलब्धिका रूपमा खगेन्द्र रानाको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मतिबाट नयाँ नेतृत्व चयन गर्न सफल भएको छ। नवगठित चौँथो कार्यसमितिमा तिलक हमाल अध्यक्षमा चयन भएका छन्। नवनिर्वाचित कार्यसमिति यसप्रकार रहेको छ:

• अध्यक्ष: तिलक हमाल

• वरिष्ठ उपाध्यक्ष: प्रेमकला बि.क.

• उपाध्यक्ष: विजय लामिछाने, कर्ण कार्की

• महासचिव: टर सिंह पुन

• सचिव: बिनोद रावत, भक्त रावत, शुमन सिंह ठकुरी

कोषाध्यक्ष: एस.के. भट्टराई (सत्य)

• सह-कोषाध्यक्ष: रिक्त

• सदस्य: शागर राम्जा, गोपाल बरा, बिनोद बजगाईं, हिक्मत शाही

नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरिएको छ। साथै रिक्त पदहरूलाई छिट्टै पूर्णता दिइने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको अन्त्यमा यस ऐतिहासिक अधिवेशनलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण व्यक्तिहरूलाई आयोजकले हार्दिक धन्यवाद ज्ञापन गरेको छ

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×