Advertisement
Advertisement

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Advertisement
Advertisement

दक्षिण कोरियाको दोङदेमुनस्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा (२०२६ मे ३, आइतबार) भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन अत्यन्त भव्य, सौहार्दपूर्ण तथा ऐतिहासिक वातावरणमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष सुनिल बान्तवा राईको अध्यक्षतामा तथा पूर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष केदार निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनले “कोरियामा भोजपुरे एकता, समृद्ध समाज हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई सार्थक बनाएको आयोजकले जनाएको छ।

कार्यक्रमका क्रममा दशौँ कार्यसमितिको दुई वर्षे कार्यकालको प्रगति विवरण महासचिव दिलीप बान्तवा राईले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भुपाल थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा एनआरएनए तथा एनसीसी सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेश तथा जिल्ला स्तरका संघसंस्थाका प्रमुख, जातीय, धार्मिक तथा क्षेत्रीय संगठनका प्रतिनिधि, साथै संस्थाका संरक्षक र सल्लाहकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि तथा अन्य अतिथिहरूले भोजपुर परिवार दक्षिण कोरियाले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए। साथै संस्थालाई आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्याउने व्यक्तित्वहरूलाई कदरपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

अधिवेशनले सर्वसम्मत रूपमा उमेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा राम साम्पाङ, महिला उपाध्यक्षमा सीता श्रेष्ठ, उपाध्यक्षहरूमा भुपाल थापा र केदार कुमार राई, महासचिवमा दिलीप बान्तवा, सचिवमा तीर्थबहादुर राई, कोषाध्यक्षमा अमर बहादुर खुलाल तथा सह-कोषाध्यक्षमा प्रीति मगर चयन भएका छन्। सदस्यहरूमा शेखरमान थापा, पवन थापा, मन्जित राई, प्रकाश खुलाल र शिवराज राई रहेका छन्। कार्यसमितिका केही पदहरू रिक्त रहेको र ती पदहरूलाई मनोनयन प्रक्रियामार्फत छिट्टै पूर्णता दिइने संस्थाले जनाएको छ।

अधिवेशनले भोजपुरे समुदायबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×