Advertisement
Advertisement

Day: २१ बैशाख २०८३, सोमबार ०३:१२

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको दोङदेमुनस्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा (२०२६ मे ३, आइतबार) भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन अत्यन्त भव्य, सौहार्दपूर्ण तथा ऐतिहासिक वातावरणमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सुनिल बान्तवा राईको अध्यक्षतामा तथा पूर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष केदार निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनले “कोरियामा भोजपुरे एकता, समृद्ध समाज हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई सार्थक बनाएको आयोजकले जनाएको छ। कार्यक्रमका क्रममा दशौँ कार्यसमितिको दुई वर्षे कार्यकालको प्रगति विवरण महासचिव दिलीप बान्तवा राईले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भुपाल थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा एनआरएनए तथा एनसीसी सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेश तथा जिल्ला स्तरका संघसंस्थाका प्रमुख, जातीय, धार्मिक तथा क्षेत्रीय संगठनका प्र...