Advertisement
Advertisement

“Buddha Was Born in Nepal” अभियानलाई विश्वभर फैलाउन यही मे १७ तारिक दोबोंसान पर्वत आरोहण कार्यक्रम गर्दै बिपिन गुरुङको एनआरएन दक्षिण कोरिया

Advertisement
Advertisement

बिपिन कुमार गुरुङ नेतृत्वको गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन) दक्षिण कोरियाले “बुद्ध नेपालमा जन्मिएका हुन्” भन्ने ऐतिहासिक सत्यलाई विश्व समुदायसमक्ष अझ सशक्त रूपमा स्थापित गर्ने उद्देश्यसहित दक्षिण कोरियाको प्रसिद्ध दोबोंसान पर्वत आरोहण कार्यक्रम आयोजना गर्ने भएको छ।

एनआरएन दक्षिण कोरियाले आगामी मे १७ तारिख आइतबार बिहान ८ बजे बाट आयोजना गर्न लागेको उक्त कार्यक्रम धार्मिक तथा सांस्कृतिक अभियानमा मात्र सीमित नरही नेपालको हिमाल आरोहण, पर्यटन प्रवर्द्धन तथा प्राकृतिक सौन्दर्यको अन्तर्राष्ट्रिय प्रचारसँग समेत जोडिएको महत्वाकांक्षी अभियानका रूपमा अघि बढाइएको जनाएको छ।

संस्थाले विगत केही वर्षदेखि निरन्तर रूपमा “Buddha Was Born in Nepal” अभियान सञ्चालन गर्दै आएको छ। विभिन्न अन्तर्राष्ट्रिय मञ्च, सांस्कृतिक कार्यक्रम तथा सचेतनामूलक गतिविधिमार्फत नेपालको गौरवशाली पहिचानलाई विश्वसामु प्रस्तुत गर्दै आएको एनआरएन दक्षिण कोरियाले यसपटक उक्त अभियानलाई अझ प्रभावकारी र वृहत् बनाउन दक्षिण कोरियाको चर्चित दोबोंसान पर्वतलाई रोजेको जनाएको छ।

No description available.

संघका अध्यक्ष विपिन कुमार गुरुङका अनुसार भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सत्यलाई विश्व समुदायमा थप प्रभावकारी रूपमा प्रवाह गर्नुका साथै नेपालको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचार–प्रसार गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो। उहाँले नेपाल विश्वकै उत्कृष्ट हिमाल आरोहण गन्तव्य भएको उल्लेख गर्दै नेपालमा रहेका हिमश्रृंखला, पदयात्रा मार्ग तथा साहसिक पर्यटनको अथाह सम्भावनालाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन समेत कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, एनआरएन दक्षिण कोरियाका महासचिव नरेश शर्माले “Buddha Was Born in Nepal” अभियान केवल नारामा सीमित नभई नेपालको इतिहास, सभ्यता र राष्ट्रिय पहिचानसँग जोडिएको गौरवको विषय भएको बताउनुभयो। उहाँले दोबोंसान आरोहण कार्यक्रममार्फत नेपाली समुदायबीच राष्ट्रिय एकता, पहिचान तथा पर्यटन प्रवर्द्धनको सन्देश थप मजबुत रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो। साथै नेपालका हिमाल, धार्मिक सम्पदा, प्राकृतिक सौन्दर्य तथा साहसिक पर्यटनको अन्तर्राष्ट्रिय प्रचारमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो।

विशेषगरी सगरमाथासहित नेपालका अग्ला हिमालहरू, विविध संस्कृति, जैविक विविधता तथा आध्यात्मिक पर्यटनको सम्भावनालाई प्रवर्द्धन गर्दै नेपाललाई विश्व पर्यटन बजारमा थप आकर्षक गन्तव्यका रूपमा चिनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ। कार्यक्रममा दक्षिण कोरियामा रहेका नेपाली समुदाय, विभिन्न संघसंस्था, सामाजिक अभियन्ता तथा युवाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। दोबोंसान आरोहणमार्फत सहभागीहरूले “Buddha Was Born in Nepal” लेखिएका ब्यानर तथा सन्देशसहित नेपालको राष्ट्रिय पहिचान र पर्यटन प्रवर्द्धनको अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्ने तयारी गरिएको छ।

एनआरएन दक्षिण कोरियाले उक्त अभियानलाई सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उत्साहजनक सहभागिताका लागि हार्दिक अनुरोध समेत गरेको छ।

No description available.

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×