दक्षिण कोरियामा रहेका बाग्लुङेलीहरूको साझा संस्था बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाले बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्तीको विशेष अवसर पारेर आयोजना गर्न लागेको “दोस्रो बाग्लुङ घुम्टे भलिबल कप–२०२६” को तयारीलाई तीव्र बनाएको जनाएको छ।
“शारीरिक तन्दुरुस्ती, राष्ट्रिय खेलकुद प्रवर्द्धन र आपसी सद्भावको लागि खेल” भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त प्रतियोगिता आगामी मे २४ तारिख थेगुमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितिमा विभिन्न नेपाली संघसंस्था तथा खेलप्रेमी टोलीहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार प्रतियोगिताका लागि टोली दर्ता गर्ने अन्तिम मिति यही मे १७ सम्म मात्रै रहेको छ। समयमै टोली दर्ता गराई सहभागिता जनाउन आयोजकले सम्पूर्ण खेलप्रेमी तथा संघसंस्थालाई आग्रह गरेको छ।
प्रतियोगितामा विजेता टोलीले ३० लाख वन नगद, ट्रफी, मेडल र प्रमाण...
२८ बैशाख २०८३, सोमबार १२:४४२८ बैशाख २०८३, सोमबार १२:४४२८ बैशाख २०८३, सोमबार १२:४४ by एलिनाNo Comments
बिपिन कुमार गुरुङ नेतृत्वको गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन) दक्षिण कोरियाले “बुद्ध नेपालमा जन्मिएका हुन्” भन्ने ऐतिहासिक सत्यलाई विश्व समुदायसमक्ष अझ सशक्त रूपमा स्थापित गर्ने उद्देश्यसहित दक्षिण कोरियाको प्रसिद्ध दोबोंसान पर्वत आरोहण कार्यक्रम आयोजना गर्ने भएको छ।
एनआरएन दक्षिण कोरियाले आगामी मे १७ तारिख आइतबार बिहान ८ बजे बाट आयोजना गर्न लागेको उक्त कार्यक्रम धार्मिक तथा सांस्कृतिक अभियानमा मात्र सीमित नरही नेपालको हिमाल आरोहण, पर्यटन प्रवर्द्धन तथा प्राकृतिक सौन्दर्यको अन्तर्राष्ट्रिय प्रचारसँग समेत जोडिएको महत्वाकांक्षी अभियानका रूपमा अघि बढाइएको जनाएको छ।
संस्थाले विगत केही वर्षदेखि निरन्तर रूपमा “Buddha Was Born in Nepal” अभियान सञ्चालन गर्दै आएको छ। विभिन्न अन्तर्राष्ट्रिय मञ्च, सांस्कृतिक कार्यक्रम तथा सचेतनामूलक गतिविधिमार्फत नेपालको गौरवशाली पहिचानलाई...