Advertisement
Advertisement

जानकारी

पछिल्लो समय चर्चामा आएकी सामाजिक अभियन्ता शर्मिला वाइबाले एक्कसी विष सेवन गरिन, अहिले अस्पतालको आइसियुमा

पछिल्लो समय चर्चामा आएकी सामाजिक अभियन्ता शर्मिला वाइबाले एक्कसी विष सेवन गरिन, अहिले अस्पतालको आइसियुमा

Breaking News, अपराध, जानकारी, राष्ट्रिय खबर
पछिल्लो समय चर्चामा आएकी सामाजिक अभियन्ता शर्मिला वाइबाले एक्कसी विष सेवन गरिन, अहिले अस्पतालको आइसियुमा पत्रकार ऋषी धमलासँग नाम जोडिएपछि चर्चामा आएकी शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन्। उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष पिएको प्रहरीले जनाएको छ। अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ। अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ। उनी बोल्न सक्ने अवस्थामै रहेपनि विष पिउनुको कारणबारे बताउन मानेकी छैनन्। वाइबा केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएकी थिइन्। धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा परेकी थिइन्।  यस्तै अभिनेता पल शाह काठमाडौं आउँदा स्वागत गर्न उनी विमानस्थल पुगेकी थिइन्। त्यतिबेला पनि यही विषयमा गायक...
टाढैबाट पार्टनरलाई चुम्बन गर्न सकिने अनौठो उपकरण

टाढैबाट पार्टनरलाई चुम्बन गर्न सकिने अनौठो उपकरण

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, मनोरञ्जन
काठमाडौं । एक अर्काबाट टाढा बस्न बाध्य अर्थात् लङ् डिस्ट्यान्स रिलनसिपमा रहने जोडीहरुका लागि चिनियाँ वैज्ञानिकहरुले एउटा अनौठो डिभाइस आविष्कार गरेका छन् । उक्त उपकरणलाई चुम्बन उपकरण अर्थात् किसिङ डिभाइस भनिन्छ । उक्त डिभाइसको सहयोगमा टाढा रहेका जोडीहरुले एक आपसमा चुम्बन गर्न सक्नेछन् । उक्त उपकरण निर्माताहरुका अनुसार टाढा रहेका जोडीहरुले सो ग्याजेटको मद्दतले जोडीहरुले वास्तविक चुम्बन जस्तो महसुस गर्नेछन् । ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार उक्त चुम्बन उपकरणको ओठ सिलिकनबाट तयार गरिएको छ । त्यसमा सेन्सर पनि जडान गरिएको छ जसबाट चुम्बन गर्ने समयमा ओठमा वास्तविक चुम्बन गरेजस्तै अनुभूति हुनेछ । यो डिभाइसले ओठको दबाब, गति तथा तापमानको पनि अनुभूति गराउन सक्दछ । झांगझाउ भोकेसनल इन्स्टिच्यूट अफ मेक्ट्रोनिक टेक्नोलोजीका वैज्ञानिकहरुले उक्त डिभाइस तयार पारी पेटेन्ट दर्ता गरेका छन् । उक्त डिभा...
दक्षिण कोरिया लगायतका देशमा मौसमी कामदारमा पठाउँछु भन्नेहरुको भ्रममा नपर्न विभागको आग्रह

दक्षिण कोरिया लगायतका देशमा मौसमी कामदारमा पठाउँछु भन्नेहरुको भ्रममा नपर्न विभागको आग्रह

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राष्ट्रिय खबर, विदेश, समाचार
दक्षिण कोरिया लगायतका देशमा मौसमी कामदारमा पठाउँछु भन्नेहरुको भ्रममा नपर्न विभागको आग्रह काठमाण्डौ – मौसमी कामदारकाे रुपमा दक्षिण कोरिया लगायत कुनै पनि देशमा पठाउँछु भन्नेहरुको भ्रममा नपर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । पछिल्लो समय मौसमी कामदारको रुपमा पठाउने भनेर विभिन्न माध्यमबाट भ्रामक सूचना निकालेर ठगी गर्ने क्रम बढेको भन्दै यस्ता सूचनाहरुमा विश्वास नगर्न विभागले आग्रह गरेको हो । मौसमी कामदार व्यवस्थापन निर्देशिका-२०७९ काे दफा ४ अनुसार मौसमी कामदारमा जाने श्रमिकले कुनै पनि शुल्क बुझाउनु नपर्ने व्यवस्था छ । तर यो व्यवस्था विपरीत मौसमी कामदारको प्रलोभन देखाइ पैसा असुलेर ठग्ने क्रम बढेको विभागले जनाएको छ । निर्देशिका बमोजिम नेपालबाट मौसमी कामदार लिने र पठाउने सम्बन्धमा विभागमा कुनै कागजात पेस नभएको बारे पनि विभागले प्रष्ट पारेको छ । यस्तै कसैले मौसमी कामदारमा पठाइ...
मार्च १२ मा प्रदर्शन हुन लागेको “छक्का पन्जा-४” को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित

मार्च १२ मा प्रदर्शन हुन लागेको “छक्का पन्जा-४” को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, विदेश, व्यापार, समाचार
मार्च १२ मा प्रदर्शन हुन लागेको "छक्का पन्जा-४" को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित विशाल श्रेष्ठ/दक्षिण कोरिया: "हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता, विशुध्द सामाजिक कामका लागि राप्ती समाजको एकता"  भन्ने मुल नाराका साथ स्थापित संस्था राप्ती समाज दक्षिण कोरियाले मार्च १२ आइतवारका दिन प्रदर्शन गर्न लागेको नेपाली कथानक चलचित्र "छक्कापन्जा ४" को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ। राप्ती अक्षयकोष निर्माणका लागि कोरिया स्थित सउल सहरको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 ट्रेन लाइन नं १ जोङ्गाक स्टेसन , गेट नं २ बाट निस्केर २००मिटर सिधा अगाडि रहेको जोगेशा गुम्बाको हलमा विहान ११:०० बजे पहिलो शो र दिउसो २:०० बजे दोस्रो शो गर्ने गरी तय गरिएको कार्यक्रमको हाल सग र सुवनको विभिन्न नेपाली रेष्टुरेन्ट,पसल, मार्केट, रेमिट्यान्स हरुमा आयोजना टोलि गएर पोष्टर प्रदर्शन गर्दै र टाँस्दै धमाधम प्रचा...
परिवारका एक्ला छोरा कोरिया आएको ७ महिनामै ब्रेन ट्युमरको सिकार, उपचारमा ५ करोड लाग्ने , सहयोगको अपिल

परिवारका एक्ला छोरा कोरिया आएको ७ महिनामै ब्रेन ट्युमरको सिकार, उपचारमा ५ करोड लाग्ने , सहयोगको अपिल

Breaking News, अन्तर्राष्ट्रिय खबर, जानकारी, दुर्घटना, भर्खरै, स्वास्थ्य
परिवारका एक्ला छोरा कोरिया आएको ७ महिनामै ब्रेन ट्युमरको सिकार, उपचारमा ५ करोड लाग्ने , सहयोगको अपिल दक्षिण कोरिया आएको ७ महिना मात्रै भएका बारा जिल्लाका २५ बर्षीय सरोज थपलियालाई ब्रेन ट्युमर देखिएको छ। बिहान काम गरेर दिउँसोको खाना खान जानेक्रममा बाटोमा अकस्मात् बेहोस भएर ढलेका उनलाई तत्काल साथिभाईले नजिकको हस्पिटलमा लगिएको थियो। हाल उनलाई दक्षिण कोरियाको बुसान स्थित 동아 대학교병원( Dong-A University) हस्पिटलमा राखेर उपचार भैरहेको छ। यहि मार्च छ तारिकको दिनमा अप्रेसन गर्नुपर्ने मिति तय गरेको छ।  एक बर्षसम्म निरन्तर उपचार गर्नुपर्ने सरोजको शुरुवाती चरणमा एउटा अप्रेशन को खर्च मात्रै ५ करोड वन लाग्ने देखिएको छ भने उक्त रकम अप्रेशन हुने अघिल्लो दिनसम्ममा अस्पतालमा दाखिला गर्नुपर्ने अस्पताल स्रोतले जनाएको छ। ट्युमरको साईज ठुलो भएको कारण खर्च पनि निकै धेरै लाग्ने अस्पताल स्रोतले जनाएको छ। ...
पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

Breaking News, Breaking news 1, जानकारी, देश, समाचार
१४ फागुन, काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने  जानकारी दिए ।...
दक्षिण कोरियामा ‘संयुक्त होलि कार्यक्रम-२०७९’ मार्च ५ मा

दक्षिण कोरियामा ‘संयुक्त होलि कार्यक्रम-२०७९’ मार्च ५ मा

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, विदेश, समाचार
कमला केसि/दक्षिण कोरिया: नेपालीहरुले निकै महत्त्वका साथ मनाउदै आईरहेको फागुपुर्णिमा अर्थात होलि दक्षिण कोरियामा विभिन्न संस्थाहरुको सक्रियतामा संयुक्त रुपमा यहि मार्च ५ तारिख मनाउन लागिएको छ।  विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पाँच "स" दक्षिण कोरियाको प्रमुख आयोजकत्व र कोरियामा रहेका सक्रिय सङ्घ संस्थाहरूको आयोजनामा संयुक्त रूपमा यही आउँदो मिति सन् २०२३ मार्च ५ तारिखका दिन मध्यान्ह १२ बजेदेखि कोरियाको राजधानी सउल स्थित इछोन (이촌) स्टेशन लाइन न.४ गेट नं.४ हानाम नदीको किनाराको पार्कमा (하남시민 공원) होलि कार्यक्रमको आयोजना गरिएको पाँच स दक्षिण कोरियाका अध्यक्ष नरेश मेहताले जानकारी दिनुभएको छ । पाँच-स दक्षिण कोरियाको प्रमुख आयोजकत्वमा पूर्वीय मौलिक संस्कार संस्कृति र चाडपर्वलाई प्रदेशमा पनि पहिचान गराउने उद्देश्यका साथ गर्न लागिएको होलि महोत्सव -२०७९ कार्यक्रममा NRNA ख्यङ्गी ईन्छन, स्याङ्जा समा...
नेपाली युवतिको कारण १६ बर्ष कोरिया बस्दा १६ रुपैयाँ लैजान सकेनन

नेपाली युवतिको कारण १६ बर्ष कोरिया बस्दा १६ रुपैयाँ लैजान सकेनन

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, विदेश, समाचार
मिन बि.क,हेल्लो कोरिया नेपाल २० बर्षको उमेरमा उमेरलाई १६ बर्ष बढाएर ३५ बर्षे कोरियन केटिसंग फेक म्यारिज भिषामा कोरिया प्रवेश गरेका एक नेपाली युवाले कोरिया १६ बर्ष काम गरेर घर फर्किदा १६ रुपैयाँ लैजान सकेनन । झट्ट सुन्दा यस्तो पनि होला र ? भन्ने प्रश्न जो कोहिको मनमा आउन सक्छ तर यो घटना एकदम सत्य हो । म्यारिज भिषामा कोरिया प्रवेश गरेपछी उनको केही समय मानै एक जना नेपाली युवतिसंग भेट हुन पुग्यो । उक्त नेपाली युवती पनि म्यारिज भिषामा कोरिया आएकी रहिछन तर यिनको बिबाह भने फेक नभएर कोरियन संग सत्य बिबाह थियो । कोरिया आएको केही समयमा नै यी दुवै अत्यन्तै नजिकिन थाले । यति सम्म कि उनिहरु काम छुट्टाछुट्टै गर्ने तर बेलुकी संग बस्न थाले । यो बिचमा फेक म्यारिज गरेर आएको युवाको कोरियन केटिले अनावश्यक पैसा माग्ने नत्र भिषा थप्न सहयोग गर्दिन भन्ने झन्झटले गर्दा भिषा थप्न समस्या भैरहेको थियो । नेपा...
युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री

युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, राजनीति, राष्ट्रिय खबर
युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ। बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो। दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईहरूमाथि तपाईका अभिभावकको मात्र आशा र सपना निहित नरही प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईहरूले आफ्नो मनोवल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ।” ...
प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार
८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ । माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच एक घन्टायता वार्ता चलिरहेको हो । उच्च स्रोतका अनुसार दुई नेताहरुबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको हो ।...