रास्वपा सांसद हरि ढकाल कोरिया आउने, एनआरएनए महाधिवेशनमा विशेष अतिथि, अगस्ट ५ मा सेयर बजारका चुनौती र अवसर वारे छलफल कार्यक्रम
विशाल श्रेष्ठ/दक्षिण कोरिया: राष्ट्रिय स्वतन्त्र पार्टी का चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद माननिय हरि ढकाल दक्षिण कोरिया आउने निश्चित भएको छ।जुलाइ २८ देखि अगस्ट ६ सम्म कोरियामा रहने विचमा २९ तारिख हुने गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको नवौ महाधिवेशनमा विशेष अतिथि,जुलाइ ३०मा रास्वपा समर्संथक सग भेटघाट तथा छलफल कार्यक्रम दोङ्देमुनमा ,र यसैगरि अगस्ट ५ मा सेयर बजारका चुनौती र अवसर वारे लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयहरुमा प्रशिक्षण तथा छलफल छलफल कार्यक्रम हुने तय भएको छ।
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको नवौं महाधिवेशनको २९ तारिखमा विशेष अतिथिको रुपमा सम्बोधन गर्ने तय भएको जानकारी प्राप्त भएको छ। यसै गरि हरि ढकाल सगै शेयरबजार विज्ञ गोबिन्द स्वामी तथा रास्वपा rapid action team (RAT)केन्द्रीय संयोजक साजन शर्मा सहित को टिम...





