धनगढीकी हेमलता शर्मा दक्षिण कोरियाको प्रतिष्ठित बैंकमा सहायक म्यानेजर पदमा नियुक्त, नेपाली युवापुस्ताका लागि प्रेरणाको स्रोत
सन् २०१८ मा अध्ययनको लक्ष्यसहित दक्षिण कोरिया पुगेकी धनगढीकी हेमलता शर्माले नेपाली युवापुस्तालाई गर्व गर्न लायक उपलब्धि हात पार्दै कोरियाको प्रतिष्ठित ‘सिन्हान बैंक’को केन्द्रीय कार्यालयमा ‘सहायक म्यानेजर’ पदमा नियुक्त भएकी छन्।
सानैदेखि सपनाहरू बोकेर अघि बढेकी हेमलता कोरियाको कठोर शिक्षा प्रणाली, भाषिक अवरोध, सांस्कृतिक भिन्नता र जीवन यापनको चुनौतीबीच पनि निरन्तर संघर्ष र लगनशीलताको उदाहरण बनिन्। शतप्रतिशत छात्रवृत्तिसहित उनले क्युङदोङ विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातक अध्ययन पूरा गरिन्। त्यसक्रममा उनले हप्ताको पाँच दिन, दैनिक पाँच घण्टा कक्षासँगै काम गर्नुपरेको र घरबाटको अपेक्षाले मानसिक दबाबसमेत खेप्नुपरेको स्मरण गर्छिन्।
स्नातकपछि उनले ‘विश्वव्यापी संस्कृति उद्योग व्यवस्थापन’ मा स्नातकोत्तर (Master’s) अध्ययन सकिन्। अहिले उनी कोरियाली सरकारद्वारा सञ्चालित आप्रवासन तथा एकीक...







