नवलपुर समाज दक्षिण कोरियाको चौथो अधिवेशन फेब्रुअरी ०९ तारिखमा
विशाल श्रेष्ठ/दक्षिण कोरिया: नवलपुर समाज दक्षिण कोरियाको चौथो अधिवेशन फेब्रुअरी ०९ तारिखका दिन दिउसो १ बजे सुवनमा रहेको लिङ्क एसिया टुर्सको सभाहलमा हुने भएको छ।
कोरियामा रहेका नवलपुर बासीहरू हरु मिलेर स्थापना भएको नवलपुर समाज दक्षिण कोरियाको कार्यसमिति को बैठकबाट समाजको चौथो अधिवेशन फेब्रुअरी ०९ तारिख शुक्रवारका का दिन दिउसो १ बजे सुवनमा रहेको लिङ्क एसिया टुर्सको सभाहलमा हुने निर्णय भएको हो।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका नवलपुर बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप लगायतमा पनि प...







