दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको छ। आगामी अगस्ट १६ तारिख मा फेन्थेकस्थित निरामाया दोहोरी साँझको हलमा हुने प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले ८ लाख कोरियन वन, द्वितीय हुने टोलीले ४ लाख वन तथा तृतीय हुने टोलीले ३ लाख वन नगद पुरस्कार प्राप्त गर्नेछन्। कार्यक्रममा चर्चित लोकगायक दिनेश थापा प्रस्तोताका रूपमा तथा लोकप्रिय गायक सूर्य खड्का निर्णायकका रूपमा सहभागी रहनेछन्।
कार्यक्रमको प्रवेश शुल्क ३५ हजार वन (खानासहित) तथा दोहोरी टिम दर्ता शुल्क ५० हजार वन तोकिएको छ। महिला वा पुरुष जोसुकैले पनि एकल रूपमा सहभागिता जनाउन सक्नेछन्। भाका मिलाउने साथी नभए आयोजकले आवश्यक व्यवस्थापन गर्ने जनाएको छ। ...
१ असार २०८३, सोमबार ११:३९१ असार २०८३, सोमबार ११:३९१ असार २०८३, सोमबार ११:३९ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले “अम्बर गुरुङ स्मृति फुटसल कप २०२६” आयोजना गर्ने भएको छ। नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा सञ्चालन हुने प्रतियोगिता जुलाई ५, २०२६ (आइतबार) मा छनानस्थित म्याचअप फुटसल फिल्ड मा हुनेछ।
महिला तथा पुरुष दुवै विधामा सञ्चालन हुने प्रतियोगिताको टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वोन तोकिएको छ। सहभागी टोलीहरूले जुन २७ साँझ ५ बजेसम्म उरी बैंकको खाता नम्बर 1005-004-816418 मा शुल्क जम्मा गरी दर्ता गर्न सक्नेछन्।
प्रतियोगिताको विजेताले ४० लाख वोन, उपविजेताले २० लाख वोन तथा सेमिफाइनल पुग्ने दुई टोलीले जनही ४ लाख वोन प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १ लाख वोन पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजक...
१ असार २०८३, सोमबार ०७:१२१ असार २०८३, सोमबार ०७:१२१ असार २०८३, सोमबार ०७:१२ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन्न “प्रथम पोखरा फुटसल कप २०२६” को उपाधि कास्की एफसी कोरियाले जितेको छ।
“एकता हाम्रो पहिचान, स्वास्थ्य हाम्रो अभियान” भन्ने मूल नारासहित जुन १४ तारिख आइतबार कोरियाको छनान् स्थित मेचीअप फुटसल फिल्डमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा कास्की एफसीले लालीगुराँस एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै नगद ३५ लाख कोरियन वोनसहित च्याम्पियन बन्न सफल भएको हो। उपविजेता बनेको लालीगुराँस एफसीले नगद २० लाख कोरियन वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा दक्षिण कोरियाभरिका ३८ नेपाली फुटबल टोलीहरूको सहभागिता रहेको थियो। सेमिफाइनलसम्म पुग्न सफल ब्लु लायन एफसी “A” र इन्छन एफसीले जनही ४ लाख कोरियन वोन पुरस्कार प्राप्त गरेका छन्। व्यक्तिगत विधातर्फ लालीगु...
२७ जेष्ठ २०८३, बुधबार ०६:१४२७ जेष्ठ २०८३, बुधबार ०६:१४२७ जेष्ठ २०८३, बुधबार ०६:१४ by एलिनाNo Comments
दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजित रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
“प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मूल नाराका साथ स्थापना भएको संस्थाले आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रालाई विशेष समारोहका साथ मनाएको हो। कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, व्यवसायी तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हर्क बिष्ट रहनुभएको थियो भने सभापतित्व बाग्लुङ समाज दक्षिण कोरियाका अध्...
२६ जेष्ठ २०८३, मंगलवार ०७:२३२६ जेष्ठ २०८३, मंगलवार ०७:२३२६ जेष्ठ २०८३, मंगलवार ०७:२३ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेतृत्व चयनको प्रक्रिया टुंगो लाग्न नसकेको अवस्थामा २०२६ जुन ७ तारिख आइतबार आन्सानस्थित याक रेष्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममार्फत नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
संघको छैटौँ महाधिवेशन २०२५ अक्टोबर ५ तारिखमै सम्पन्न भएको थियो। तर विभिन्न कारणवश नयाँ कार्यसमिति चयन हुन नसक्दा नेतृत्व हस्तान्तरण प्रक्रिया लामो समयसम्म रोकिएको थियो। करिब आठ महिनापछि जुन ७ मा आयोजित कार्यक्रममार्फत सातौँ कार्यसमिति गठन गर्न सफल भएको संघले जनाएको छ।
निर्वाचन मण्डलका संयोजक युगेल तेन्डुप शेर्पा को नेतृत्वमा सम्पन्न चयन प्रक्रियाबाट भोजपुर निवासी दोर्ची शेर्पा पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दोर्जी शेर्पा तथा उपाध्...
१४ जेष्ठ २०८३, बिहीबार ०८:३९१४ जेष्ठ २०८३, बिहीबार ०८:३९१४ जेष्ठ २०८३, बिहीबार ०८:३९ by एलिनाNo Comments
नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज कार्यक्रम–२०२६ आयोजना हुने भएको छ ।
“भाषा, धर्म र संस्कृति नेपालीहरूको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रम नेपाल मगर संघ दक्षिण कोरिया केन्द्र, थेगु शाखा, जेजु शाखा, मोक्पो–छल्लादो शाखा, DSME मगर समाज गजेदो तथा अठार मगरात खाम भाषी सम्पर्क मञ्च दक्षिण कोरियाको संयुक्त आयोजनामा सम्पन्न हुन लागेको हो ।
आयोजकका अनुसार कार्यक्रम आगामी जुन १३ र १४ (२०२६) मा 경남 창녕군 부곡면 온천로 594 (इल्सुङ कोंडो) मा सञ्चालन हुनेछ । कार्यक्रममा कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई भेटघाट, सांस्कृतिक आदानप्रदान तथा मनोरञ्जनमा सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ । कार्यक्रमला...
१४ जेष्ठ २०८३, बिहीबार ०८:३४१४ जेष्ठ २०८३, बिहीबार ०८:३४१४ जेष्ठ २०८३, बिहीबार ०८:३४ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्रथम पोखरा फुटसल कप २०२६” आयोजना हुने भएको छ। कास्की एफसीको प्रस्तुति तथा कास्की परिवार दक्षिण कोरियाको आयोजनामा प्रतियोगिता आगामी जुन १४ तारिख आइतबार सञ्चालन हुन लागेको हो।
नेपाल फुटबल महासंघ कोरियाको मुख्य सहजीकरणमा “एकता हाम्रो पहिचान, स्वास्थ्य हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजना हुने उक्त प्रतियोगिता छनान् स्थित मेचीअप फुटसल फिल्ड (천안시 동남구 신방동 645-1) मा हुने आयोजकले जनाएको छ।
कास्की परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष सन्तोष गुरुङका अनुसार प्रतियोगिताले दक्षिण कोरियामा रहेका नेपाली खेलाडी तथा फुटबलप्रेमीहरूलाई एउटै मैदानमा जोड्दै खेलकुदमार्फत सामुदायिक सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
संस्थाका संरक्षक खोम प्रसाद गुरुङले...
१३ जेष्ठ २०८३, बुधबार ०९:१४१३ जेष्ठ २०८३, बुधबार ०९:१४१३ जेष्ठ २०८३, बुधबार ०९:१४ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली प्रदेश समाज दक्षिण कोरिया अन्तर्गत ख्यङसाङ शाखाले आगामी जुन १३ र १४ तारिखमा “बृहत् वनभोज तथा भेटघाट कार्यक्रम” आयोजना गर्ने भएको छ।
कोरियाको रमणीय प्राकृतिक स्थलमा आयोजना गरिने उक्त कार्यक्रममार्फत कर्णालीको मौलिक कला, संस्कृति, संस्कार तथा परम्परालाई प्रवासमा जगेर्ना गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। कार्यक्रममा मनोरञ्जनात्मक गतिविधि, नेपाली खानाका परिकार, नाचगान तथा आपसी चिनजान र भेटघाटलाई विशेष प्राथमिकता दिइनेछ।
कार्यक्रम 경북 성주군 가천면 포천계곡로 750 मा अवस्थित ग्रिननारे पेन्सनमा सञ्चालन हुनेछ। आयोजकका अनुसार खुल्ला सफा खोलामा पौडी खेल्ने, मनोरञ्जनात्मक कार्यक्रम तथा सामूहिक वनभोज कार्यक्रम मुख्य आकर्षणका रूपमा रहनेछन्।
सहभागिता शुल्क पुरुषका लागि ८०...
५ जेष्ठ २०८३, मंगलवार १२:२२५ जेष्ठ २०८३, मंगलवार १२:२२५ जेष्ठ २०८३, मंगलवार १२:२२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले “Nepal Korea Driving License” नामक मोबाइल एप सार्वजनिक गरेका छन्। सन् २०१७ मा EPS मार्फत कोरिया आएका थिङले नेपाली समुदायको आवश्यकतालाई मध्यनजर गर्दै उक्त एप निर्माण गरेका हुन्।
हाल कोरियामा नेपालीहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। विशेषगरी E-7 भिसा भएकाहरूले नेपाली ड्राइभिङ लाइसेन्सको आधारमा बिना लिखित परीक्षा नै कोरियन लाइसेन्समा ट्रान्सलेट गर्न पाउने व्यवस्था भए पनि अन्य भिसा भएका नेपालीहरूले भने नेपाली लाइसेन्स भए पनि अनिवार्य रूपमा लिखित परीक्षा दिनुपर्ने अवस्था छ। साथै, कोरियामै पहिलोपटक ड्राइभिङ सिकेर लाइसेन्स निकाल्न चाहने नेपालीहरूका लागि पनि लिखित परीक्षा चुनौतीपूर्ण बन्ने गरेको छ। यही कठिनाइलाई सहज बनाउने उद्देश्यले थिङले अंग्रेजी र नेपाली भा...
५ जेष्ठ २०८३, मंगलवार १२:०६५ जेष्ठ २०८३, मंगलवार १२:०६५ जेष्ठ २०८३, मंगलवार १२:०६ by एलिनाNo Comments
दक्षिण कोरियाको किम्हे–बुसान क्षेत्रमा आगामी मे २४ तारिख आयोजना हुन लागेको “सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” को सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल फुटबल महासंघ दक्षिण कोरिया तथा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ बुसान शाखाको आयोजनामा हुन लागेको प्रतियोगिताको टाइसिट र खेलसम्बन्धी नियमहरू समेत सार्वजनिक गरिएको आयोजकले जनाएको छ।
सार्वजनिक गरिएको टाइसिटअनुसार प्रतियोगिता ग्राउन्ड ‘A’ र ‘B’ मा सञ्चालन हुनेछ। प्रतियोगितामा दक्षिण कोरियाका विभिन्न नेपाली फुटसल क्लबहरूको सहभागिता रहनेछ। खेल बिहान ८ बजेदेखि सुरु हुने जनाइएको छ।
ग्राउन्ड ‘A’ मा Sacheon NFC “A”, Tamang Ghedung Busan, Gimhae Origin FC, Haman FC, Samrat FC “Chhangdo”, Dynamite FC, Magar FC, Goryang FC, Myeongdong FC “Red”, Namji FC “A”, Waegwan FC “A”, Sangdong Veteran FC, Jangnim FC “Red”, Ulsan FC, Himalayan FC ...