Advertisement
Advertisement

जानकारी

कोरियाको सुवनमा गठन हुँदै ‘Gen-Z United परिवर्तन दक्षिण कोरिया

कोरियाको सुवनमा गठन हुँदै ‘Gen-Z United परिवर्तन दक्षिण कोरिया

Breaking News, जानकारी, भर्खरै, समाचार
  “एकता हाम्रो शक्ति, परिवर्तन हाम्रो लक्ष्य” भन्ने नारासहित नयाँ पुस्ताका नेपाली युवाहरूले दक्षिण कोरियामा ‘Gen-Z United परिवर्तन दक्षिण कोरिया“ नामक संगठनको समिति गठन गर्ने भएका छन्। उक्त कार्यक्रम यही अक्टोबर २६, आइतबार बिहान १० बजे सुवनस्थित Woori Himalayan Restaurant मा आयोजना हुँदैछ। यो अभियानले “हटेर होइन, डटेर — फुटेर होइन, जुटेर” भन्ने नारा बोकेर देशमा फैलिएको बेथिति, विसङ्गति र भ्रष्टाचारविरुद्ध सचेतना जगाउने तथा वैदेशिक भूमिबाटै राष्ट्रिय परिवर्तनमा युवाको भूमिका सशक्त बनाउने लक्ष्य लिएको छ। आयोजकहरूका अनुसार, कोरियामा रहेका युवा पुस्ताबीच राष्ट्रप्रेम, जिम्मेवारी र सहकार्यको भावना जागृत गर्न यो अभियानले विशेष योगदान दिने अपेक्षा गरिएको छ। उनीहरूले भने, “हामी हट्ने होइन, डट्ने हो। फुट्ने होइन, जुट्ने हो। देश बदल्ने हाम्रो पुस्ता हो।” ‘Gen-Z United परिवर्तन’ ले क...
कोरियामा महिनाको १ करोड वोन तलब खाने मेहनती नेपाली : राजन श्रेष्ठको प्रेरणादायी यात्रा

कोरियामा महिनाको १ करोड वोन तलब खाने मेहनती नेपाली : राजन श्रेष्ठको प्रेरणादायी यात्रा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
परिश्रम, अनुशासन र आत्मविश्वासले जे पनि सम्भव हुन्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन् — राजन श्रेष्ठ। ईपीएस (E-9) कार्यक्रमअन्तर्गत सामान्य श्रमिकको रूपमा दक्षिण कोरिया आएका उनले आज महिनाको १ करोड वोनभन्दा बढी तलब पाउने स्तरमा पुगेर सम्पूर्ण प्रवासी नेपाली समुदायका लागि प्रेरणाको स्रोत बनेका छन्। सुरुवातमा साधारण श्रमिकका रूपमा काम थालेका श्रेष्ठले कठिनाइ, अपमान र चिसो–तातो मौसमको पर्वाह नगरी आफ्नो काममा निरन्तरता दिए। उनका नजिकका साथीहरू भन्छन् — “७:५५ मा उठेर पनि मुख नधोई काममा पुग्ने, र दिनभर घाम–पानीको पर्वाह नगरी काममा तल्लिन रहने राजन दाइजस्तो समर्पण विरलै देखिन्छ।” श्रेष्ठको दैनिकीमा विलास छैन — तर उद्देश्य छ। उनी भन्छन्, “म कमजोर छु भनेर कहिले हरेस खानु हुँदैन। कोरियनले गाली गर्‍यो भनेर डराउने होइन, बरु उसकै काम खोस्ने गरी राम्रो गर्नुपर्छ।” यही आत्मबल र लगनका कारण आ...
स्याङ्जा परिवार दक्षिण कोरियाको नाम परिवर्तन, अब ‘स्याङ्जा समाज दक्षिण कोरिया’

स्याङ्जा परिवार दक्षिण कोरियाको नाम परिवर्तन, अब ‘स्याङ्जा समाज दक्षिण कोरिया’

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा २५औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरी २९ औ बसन्तमा प्रवेश गरेको स्याङ्जा परिवार दक्षिण कोरियाले अब आफ्नो नाम परिवर्तन गरी ‘स्याङ्जा समाज दक्षिण कोरिया’ राख्ने निर्णय गरेको छ। संस्थाले “स्याङ्जाली एकता उपकारी मन, सद्भाव संगै बिताऔं परदेशी जीवन” भन्ने मूल उद्देश्यलाई आत्मसात गर्दै एकीकृत, सशक्त र व्यवस्थित संरचना बनाउने उद्देश्यले संस्थाको नाम आधिकारिक रूपमा परिवर्तन गरेको हो। संस्थाका अध्यक्ष सुशिल गुरुङ र सचिव टोजिन्द्र गुरुङले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ — “संस्थाको विगतका कार्य, संरचना र उद्देश्यलाई निरन्तरता दिँदै अब सबै गतिविधि ‘स्याङ्जा समाज दक्षिण कोरिया’ नामबाट सञ्चालन गरिनेछ।” यससँगै संस्थाका शाखा — स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखा र किम्हे/बुसान शाखा — पनि नयाँ नाम स्याङ्जा समाज दक्षिण कोरिया अन्तर्गत रहनेछन्। २९ वर्षदेखि दक...
आजको राशिफल: २०८२ कार्तिक ६ गते बिहीबार

आजको राशिफल: २०८२ कार्तिक ६ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धिमुलक कामहरु गर्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक कामहरु समयमा गर्न सकिने हुदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवा...
प्रधानमन्त्री सुशीला कार्कीको गिरफ्तारी माग गर्दै जेन्जी आन्दोलनको निवेदन

प्रधानमन्त्री सुशीला कार्कीको गिरफ्तारी माग गर्दै जेन्जी आन्दोलनको निवेदन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
जेन्जी आन्दोलन, नेपालका तर्फबाट रवि किरण हमालले नेपाल प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध औपचारिक निवेदन दर्ता गरेका छन्। निवेदनमा कार्कीमाथि "सत्ता कु गरेर अवैधानिक रूपमा प्रधानमन्त्री पदमा आसिन भएको" र "जेन्जी विद्रोहका क्रममा युवामाथि भएको हिंसा र बलिदानको अपमान गरेको" आरोप लगाइएको छ। निवेदनमा भनिएको छ, “प्रधानमन्त्री कार्कीले देशका युवाको रगत माथि सत्ता कब्जा गरेर राष्ट्रको गरिमा, गोपनीयता र मर्यादाविपरीत गम्भीर राष्ट्रघातको खतरा उत्पन्न गर्नुभएको छ।” रवि किरण हमालले आफ्नो निवेदनमार्फत प्रधानमन्त्री कार्की र उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई “भ्रष्टाचार, राष्ट्रविरोधी गतिविधि र बलिदानीहरूको अपमानमा संलग्न भएको” आरोप लगाउँदै तत्काल पक्राउ गरी निष्पक्ष कानुनी छानबिन गर्न माग गरेका छन्। निवेदनमा उल्लेख गरिएको छ कि कार्कीको नेतृत्वमा बनेको सरकारले जेन्जी विद्रो...
एनआरएनए कोरियाद्दारा नोभेम्बर २ मा संघ–संस्थासँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने

एनआरएनए कोरियाद्दारा नोभेम्बर २ मा संघ–संस्थासँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
एनआरएनए कोरियाद्दारा नोभेम्बर २ मा संघ–संस्थासँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाले आगामी नोभेम्बर २ (आइतबार) का दिन सौलमा संघ–संस्थासँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। “सहकार्य, साझेदारी र सह–अस्तित्व निर्माणको निम्ति” भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागिएको यस कार्यक्रममार्फत कोरियामा क्रियाशील विभिन्न संघ–संस्थाबीच आपसी परिचय, समन्वय र सहकार्यको वातावरण सृजना गर्ने लक्ष्य राखिएको छ। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानले सम्पूर्ण संघ–संस्थाका प्रतिनिधि, एनआरएनएका संरक्षक, सल्लाहकार, पूर्व पदाधिकारी, पत्रकार, पञ्जीकृत सदस्य तथा कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरे...
विद्यार्थीको अक्षय कोष स्थापना सहयोगार्थ नेपाली चलचित्र ‘रिमै’ नोभेम्बर २ मा सउलमा प्रदर्शन हुने

विद्यार्थीको अक्षय कोष स्थापना सहयोगार्थ नेपाली चलचित्र ‘रिमै’ नोभेम्बर २ मा सउलमा प्रदर्शन हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:दश वर्षअघि दर्शकमाझ चर्चित बनेका कबड्डी फिल्मका जोडी दयाहाङ राई र रिश्मा गुरुङ अभिनीत नेपाली कथानक चलचित्र ‘रिमै’ अब दक्षिण कोरियाको सउलमा प्रदर्शन हुने भएको छ। तमु धीं दक्षिण कोरियाको आयोजनामा नोभेम्बर २ (आइतबार) का दिन विद्यार्थीको अक्षय कोष स्थापना सहयोगार्थ सउलको [종로구민회관, 서울 종로구 지봉로 5길 7-5] मा चलचित्र प्रदर्शन गर्न लागिएको हो। संस्थाका अध्यक्ष तेज गुरुङका अनुसार, यो प्रदर्शनले एकातिर आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीको भविष्यका लागि अक्षय कोष स्थापनामा सहयोग गर्नेछ भने अर्कातिर नेपाली चलचित्रको प्रोत्साहनमा समेत टेवा पुग्नेछ। ‘रिमै’ चलचित्र खिल बहादुर गुरुङको निर्देशनमा बनेको हो। गुरुङ समुदायको सामाजिक तथा सांस्कृतिक पृष्ठभूमिमा आधारित यस फिल्मले परम्परा र व्यक्तिगत इच्छाबीचको द्वन्द्व, साँचो प्रेमको खोजी, र छोरीचेलीको महत्व जस्ता गहिरा विषय उठाएको छ। दया...
सोडारिको जालझेलको पराकास्ठा बिपिन गुरुङको किर्ते हस्ताक्षर र नक्कली विज्ञप्ति सम्म सार्वजनिक

सोडारिको जालझेलको पराकास्ठा बिपिन गुरुङको किर्ते हस्ताक्षर र नक्कली विज्ञप्ति सम्म सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिपिन गुरुङ अध्यक्ष रहेको एनआरएनए कोरियाको बर्खास्त भएका महासचिव अजय सोडारी (पूर्ण वहादुर बुढा) ले संस्थाको आधिकारिक लेटरहेड र अध्यक्ष विपिन गुरुङको किर्ते हस्ताक्षर प्रयोग गरी नक्कली विज्ञप्ति सार्वजनिक गरेको पाइएको छ। घटनाक्रम यस्तो थियो — सोडारीले आफूले गल्ती स्वीकार गर्दै माफीपत्र सार्वजनिक गरे। तर केही मिनेटमै सो पत्र हटाए र तुरुन्तै अर्को विज्ञप्ति ल्याए, जसमा आफू माथिको कारवाही फुकुवा गरिएको दाबी गरिएको थियो। तर त्यो पत्रमा अध्यक्ष विपिन गुरुङको हस्ताक्षर नकली भएको र संस्थाको लेटरहेड दुरुपयोग गरिएको पुष्टि भएको छ। संस्थाभित्रका स्रोतहरूले यो कार्यलाई “संस्थाको मर्यादा र विश्वसनीयतामाथिको ठाडो हमला” भन्दै कडा शब्दमा आलोचना गरेका छन्। अजय सोडारी यसअघि पनि कोरियास्थित नेपाली समुदायबीच विवादित पात्रका रूपमा चर्चामा रहँदै आएका थिए। सोडारी कोरिया प्रवेश गरेको तीन वर्ष तीन मह...
आजको राशिफल: २०८२ कार्तिक ५ गते बुधबार

आजको राशिफल: २०८२ कार्तिक ५ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुर...
अजय सोडारीको बर्खास्तीपछि प्रतिकार, ‘चरित्र हत्या गर्ने नियोजित अभियान’को आरोप

अजय सोडारीको बर्खास्तीपछि प्रतिकार, ‘चरित्र हत्या गर्ने नियोजित अभियान’को आरोप

Breaking News, जानकारी, भर्खरै, समाचार
गैर–आवासीय नेपाली संघ (NRNA–NCC) दक्षिण कोरियामा आन्तरिक विवाद चर्किएको छ। अध्यक्ष विपिन कुमार गुरुङ नेतृत्वले महासचिव अजय सोडारीलाई पदबाट बर्खास्त गरेको विज्ञप्ति सार्वजनिक गरेसँगै संगठनभित्र कडा ध्रुवीकरण सुरु भएको छ। अध्यक्ष गुरुङले जारी गरेको विज्ञप्तिमा सोडारीले संगठनको नियम विपरीत काम गरेको, अस्पष्ट गतिविधि देखिएको र अनुशासन विपरीत आचरण प्रकट गरेको भन्दै कारबाही गरिएको उल्लेख गरिएको छ। तर अर्कोतर्फ, महासचिवबाट हटाइएका अजय सोडारीले ती सबै आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै ती झुट्टा, पूर्वाग्रही र नियोजित चरित्र हत्या गर्ने कार्य भएको बताएका छन्। सोडारीले बिशाल आवाज सँगको कुराकानीमा भनेका छन्, “केही परिचालित व्यक्तिहरूले मेरो नाममा नियोजित रूपमा झुट्टा प्रचार गरेर मेरो छविमा आघात पुर्‍याउने प्रयास गरेका छन्, म यसबिरुद्ध कानुनी निरूपणमा जान्छु।” उनका अनुसार सामाजिक सञ्जालमा ‘स...