किरातीहरुको महान चाड उँभौली साकेलाको अवसरमा किरात राई यायोक्खा, दक्षिण कोरियाले आयोजना गर्न लागेको “यलेदोंग ५०८६ उँभौली साकेला – सुवन” कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
यहि मे २४ तारिख आइतबार आयोजना हुने उक्त कार्यक्रममा दक्षिण कोरियाभर रहेका नेपाली तथा किराती, समुदायलाई सहभागिताका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ। सांस्कृतिक पहिचान, परम्परा तथा आपसी सद्भाव झल्किने कार्यक्रमलाई भव्य बनाउन तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको हो।
कार्यक्रम कोरियाको सुवनस्थित 수원시립미술관 क्षेत्रमा बिहान १०:३० बजेदेखि सुरु हुनेछ। कार्यक्रममा पारम्परिक साकेला नृत्य, सांस्कृतिक प्रस्तुति, भेटघाट तथा विविध मनोरञ्जनात्मक कार्यक्रम रहने बताइएको छ। त्यसैगरी सहभागीको लागि सुवन स्टेसनको गेट नम्बर ४, ७, ९ र १० बाट बस नम्बर १३, ६६, ३५ र ८२ मार्फत कार्यक्रम स्थलसम्म पुग्न सकिनेछ।
कार्यक्रम स...
५ जेष्ठ २०८३, मंगलवार ०३:३६५ जेष्ठ २०८३, मंगलवार ०३:३६५ जेष्ठ २०८३, मंगलवार ०३:३६ by एलिनाNo Comments
दक्षिण कोरियाको ख्याङ्नाम क्षेत्रमा रहेका नेपालीहरूको साझा संस्था ख्याङ्नाम नेपाली समाज ले “बृहत् बनभोज तथा भेटघाट कार्यक्रम २०२६” आयोजना गर्ने भएको छ। आयोजकका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ।
उक्त कार्यक्रम आगामी मे २३ र २४, २०२६ मा 창원시 마산합포구 구산면 괭이바다길 33 मा रहेको रमणीय स्थानमा सञ्चालन हुनेछ। समुद्रको आकर्षक दृश्य, हरियाली पहाड तथा आधुनिक सुविधासहितको पेन्सनमा आयोजना हुने यो कार्यक्रमले सहभागीहरूलाई विशेष अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमस्थलमा स्विमिङ पुल, खेल मैदान तथा रातिको झिलीमिली वातावरणले प्रवासी नेपालीहरूलाई मनोरञ्जन र विश्रामको अवसर दिनेछ। साथै नेपाली परिकार, सांस्कृतिक कार्यक्रम तथा आपसी भेटघाटले कार्यक्रमलाई थप आकर्षक बनाउने आयोजकले जनाएको छ।
💰 सहभागी शुल्क
आयोजकका अनुसार कार्यक्रममा सहभागी हुनका लागि शुल्क निर्धारण गरिएको छ:
👨 पुरुष:...
४ जेष्ठ २०८३, सोमबार ०९:१३४ जेष्ठ २०८३, सोमबार ०९:१३४ जेष्ठ २०८३, सोमबार ०९:१३ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच स्वास्थ्य, भाइचारा र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल फुटबल महासंघ सँगको सहकार्यमा छङ्ऊप नेपलीज फुटबल क्लब (𝐉𝐍𝐅𝐂) ले यहि मे ३१ छङ्ऊपमा आकर्षक पुरस्कारको साथमा ‘दोस्रो 𝐉𝐍 𝐅𝐂 𝐂𝐔𝐏 𝐅𝐨𝐨𝐭𝐛𝐚𝐥𝐥 𝐓𝐨𝐮𝐫𝐧𝐚𝐦𝐞𝐧𝐭 𝟐𝟎𝟐𝟔’ आयोजना हुने भएको छ।
प्रतियोगिता छङ्ऊपकै 신태인 추구장 मा सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा दक्षिण कोरियाका विभिन्न क्षेत्रमा रहेका नेपाली फुटबल टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले ३६ लाख २१ हजार ५५५ वन नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २१ लाख ११ हजार ५५५ वन हात पार्नेछ। त्यसैगरी सेमिफाइनलसम्म पुग्ने टोलीलाई ५ लाख वन प्रदान गरिने आयोजकले जनाएको छ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट मिडफिल्डरलाई जनही १ लाख वन पुरस्कार प्रदा...
२९ बैशाख २०८३, मंगलवार ११:११२९ बैशाख २०८३, मंगलवार ११:११२९ बैशाख २०८३, मंगलवार ११:११ by एलिनाNo Comments
बोम्जन गुरुङः दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच बहुप्रतिक्षित नेपाली सुपरहिट चलचित्र "राम नाम सत्य" को विशेष प्रदर्शन हुने भएको छ । सुदूरपश्चिम समाज बुसान दक्षिण कोरिया र नोक्सान नेपाली युवा परिवारको संयुक्त आयोजनामा यही मे ३१ तारिख आइतबार चलचित्रको “बुसान शो” आयोजना गरिने भएको हो ।
कार्यक्रम आयोजकका अनुसार चलचित्र प्रदर्शनबाट संकलित रकम आपतकालीन राहत कोष स्थापना तथा सामाजिक सेवामूलक कार्यमा उपयोग गरिनेछ । यस कार्यक्रमले कोरियामा रहेका नेपाली समुदायबीच एकता, सहयोग र मनोरञ्जनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
चलचित्र प्रदर्शन दक्षिण कोरियाको Kaya University परिसरमा दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ । आयोजकले कार्यक्रममा ठूलो संख्यामा नेपाली समुदायको सहभागिता रहने विश्वास व्यक्त गरेको छ । चलचित्रमा एक्सन, सामाजिक यथार्थ र भावनात्मक कथावस्तुकोका संयोजन प्रस्तुत गरिएको बताइएको...
२९ बैशाख २०८३, मंगलवार ०८:११२९ बैशाख २०८३, मंगलवार ०८:११२९ बैशाख २०८३, मंगलवार ०८:११ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका लमजुङवासी नेपालीहरुको साझा संस्था लमजुङ परिवार दक्षिण कोरिया ले आगामी जुन ६ र ७ तारिख भव्य रूपमा “वृहत बनभोज कार्यक्रम–२०२६” आयोजना गर्ने भएको छ। कार्यक्रम कोरियाको योङइनस्थित Pine Town मा शनिबार र आइतबार दुई दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
“लमजुङ हाम्रो जन्मभूमि, लमजुङ हाम्रो शान हो, प्रवासी भूमिमा एकता र सहयोग नै हाम्रो पहिचान हो” भन्ने मूल नारासहित आयोजना हुन लागेको कार्यक्रममा प्रवासी नेपालीबीच आपसी सद्भाव, एकता तथा मनोरञ्जनात्मक वातावरण सिर्जना गर्ने उद्देश्य रहेको बताइएको छ।
कार्यक्रममा स्वादिष्ट परिकारका साथै विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहनेछन्। साथै सहभागीहरूलाई गाउँघरको सम्झना दिलाउने वातावरण तयार गरिने आयोजकको भनाइ छ। कार्यक्रममा सहभागीहरूका लागि बसको समेत व्यवस्था गरिएको जानकारी दिइएको छ।
सहभागिता शुल्कतर्फ महिलाका लागि ७०...
२९ बैशाख २०८३, मंगलवार ०७:२०२९ बैशाख २०८३, मंगलवार ०७:२०२९ बैशाख २०८३, मंगलवार ०७:२० by एलिनाNo Comments
दक्षिण कोरियास्थित मिर्याङ नेपाली समाजको आयोजनामा आगामी मे २४ तारिख आइतबार मिर्याङमा राहदानी नवीकरण घुम्ती शिविर तथा श्रमिक सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रममा #नेपाली_राजदुतावास_सउल_दक्षिण_कोरिया को टोली सहभागी हुने आयोजकले जनाएको छ।
शिविरमार्फत राहदानी नवीकरण (Passport Renew), श्रमिक परामर्श (Labour Counseling) तथा राजदूतावाससँग सम्बन्धित विभिन्न समस्याको समाधानबारे जानकारी प्रदान गरिनेछ। विशेषगरी राहदानीको म्याद सकिन एक वर्षभन्दा कम बाँकी रहेका नेपालीहरूले सोही कार्यक्रममा राहदानी नवीकरण गर्न सक्नेछन्।
आयोजकका अनुसार राहदानी नवीकरणका लागि मे २२ शुक्रबारभित्र अनलाइन Pre-Enrollment Form भरिसक्नुपर्नेछ। फारम भरिसकेपछि प्राप्त हुने QR Code अनिवार्य रूपमा तोकिएका सम्पर्क व्यक्तिहरूलाई बुझाउनुपर्नेछ। QR Code नबुझाई केवल फारम मात्र भरेर आएमा राहदानी नवीक...
२८ बैशाख २०८३, सोमबार १३:४१२८ बैशाख २०८३, सोमबार १३:४१२८ बैशाख २०८३, सोमबार १३:४१ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका बाग्लुङेलीहरूको साझा संस्था बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाले बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्तीको विशेष अवसर पारेर आयोजना गर्न लागेको “दोस्रो बाग्लुङ घुम्टे भलिबल कप–२०२६” को तयारीलाई तीव्र बनाएको जनाएको छ।
“शारीरिक तन्दुरुस्ती, राष्ट्रिय खेलकुद प्रवर्द्धन र आपसी सद्भावको लागि खेल” भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त प्रतियोगिता आगामी मे २४ तारिख थेगुमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितिमा विभिन्न नेपाली संघसंस्था तथा खेलप्रेमी टोलीहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार प्रतियोगिताका लागि टोली दर्ता गर्ने अन्तिम मिति यही मे १७ सम्म मात्रै रहेको छ। समयमै टोली दर्ता गराई सहभागिता जनाउन आयोजकले सम्पूर्ण खेलप्रेमी तथा संघसंस्थालाई आग्रह गरेको छ।
प्रतियोगितामा विजेता टोलीले ३० लाख वन नगद, ट्रफी, मेडल र प्रमाण...
२८ बैशाख २०८३, सोमबार १२:४४२८ बैशाख २०८३, सोमबार १२:४४२८ बैशाख २०८३, सोमबार १२:४४ by एलिनाNo Comments
बिपिन कुमार गुरुङ नेतृत्वको गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन) दक्षिण कोरियाले “बुद्ध नेपालमा जन्मिएका हुन्” भन्ने ऐतिहासिक सत्यलाई विश्व समुदायसमक्ष अझ सशक्त रूपमा स्थापित गर्ने उद्देश्यसहित दक्षिण कोरियाको प्रसिद्ध दोबोंसान पर्वत आरोहण कार्यक्रम आयोजना गर्ने भएको छ।
एनआरएन दक्षिण कोरियाले आगामी मे १७ तारिख आइतबार बिहान ८ बजे बाट आयोजना गर्न लागेको उक्त कार्यक्रम धार्मिक तथा सांस्कृतिक अभियानमा मात्र सीमित नरही नेपालको हिमाल आरोहण, पर्यटन प्रवर्द्धन तथा प्राकृतिक सौन्दर्यको अन्तर्राष्ट्रिय प्रचारसँग समेत जोडिएको महत्वाकांक्षी अभियानका रूपमा अघि बढाइएको जनाएको छ।
संस्थाले विगत केही वर्षदेखि निरन्तर रूपमा “Buddha Was Born in Nepal” अभियान सञ्चालन गर्दै आएको छ। विभिन्न अन्तर्राष्ट्रिय मञ्च, सांस्कृतिक कार्यक्रम तथा सचेतनामूलक गतिविधिमार्फत नेपालको गौरवशाली पहिचानलाई...
२७ बैशाख २०८३, आईतवार ०७:१८२७ बैशाख २०८३, आईतवार ०७:१८२७ बैशाख २०८३, आईतवार ०७:१८ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता, भाइचारा र सामाजिक सद्भाव बढाउने उद्देश्यले नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो साखाको आयोजनामा “सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” आयोजना हुने भएको छ। आगामी मे २४ तारिखमा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा विभिन्न नेपाली टिमहरूको सहभागिता रहनेछ भने विजेता टोलीलाई ३५ लाख वन नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। त्यसैगरी उपविजेताले २० लाख वन, सेमिफाइनल पुग्ने टोलीहरूले ४ लाख वन प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, गोलकिपर तथा हाई स्कोररलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने टोलीका लागि दर्ता शुल्क ३ लाख ५० हजार वन तोकिएको छ भने दुई वटा क्लब एउटै टिमबाट दर्ता गरे ६ लाख वन म...
२५ बैशाख २०८३, शुक्रबार १०:१०२५ बैशाख २०८३, शुक्रबार १०:१०२५ बैशाख २०८३, शुक्रबार १०:१० by एलिनाNo Comments
दक्षिण कोरियामा क्रियाशील नेपालीहरुको साझा संस्था “दोलखाली समाज दक्षिण कोरिया” ले आफ्नो सातौँ अधिवेशन आगामी मे २४ तारिखमा आयोजना गर्ने भएको छ।
“तपाईं हाम्रो सुख–दुःखको साथी दोलखाली समाज, दोलखाली समाज दोलखालीको हितमा” भन्ने मूल नारासहित स्थापना भएको संस्थाले अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।
संस्थाद्वारा सार्वजनिक गरिएको जानकारीअनुसार अधिवेशन दक्षिण कोरियाको सुवनस्थित उरि हिमालयन रेष्टुरेन्टको सभाहलमा मध्यान्ह ११:३० बजेबाट सुरु हुनेछ। कार्यक्रममा दक्षिण कोरियामा रहेका दोलखा जिल्लावासी, विभिन्न पेशा–व्यवसायमा आबद्ध नेपाली, विद्यार्थी तथा शुभेच्छुकहरुलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।
दोलखाली समाज दक्षिण कोरियाले विगतदेखि नै प्रवासमा रहेका नेपालीबीच आपसी एकता, सहयोग तथा सामाजिक सद्भाव कायम राख्दै विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ...