Advertisement
Advertisement

सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” को सम्पूर्ण तयारी पूरा उपाधिको लागि ३२ टिम भिड्दै, टाइसिट तथा खेल नियम सार्वजनिक

Advertisement
Advertisement

दक्षिण कोरियाको किम्हे–बुसान क्षेत्रमा आगामी मे २४ तारिख आयोजना हुन लागेको “सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” को सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल फुटबल महासंघ दक्षिण कोरिया तथा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ बुसान शाखाको आयोजनामा हुन लागेको प्रतियोगिताको टाइसिट र खेलसम्बन्धी नियमहरू समेत सार्वजनिक गरिएको आयोजकले जनाएको छ।

सार्वजनिक गरिएको टाइसिटअनुसार प्रतियोगिता ग्राउन्ड ‘A’ र ‘B’ मा सञ्चालन हुनेछ। प्रतियोगितामा दक्षिण कोरियाका विभिन्न नेपाली फुटसल क्लबहरूको सहभागिता रहनेछ। खेल बिहान ८ बजेदेखि सुरु हुने जनाइएको छ।

ग्राउन्ड ‘A’ मा Sacheon NFC “A”, Tamang Ghedung Busan, Gimhae Origin FC, Haman FC, Samrat FC “Chhangdo”, Dynamite FC, Magar FC, Goryang FC, Myeongdong FC “Red”, Namji FC “A”, Waegwan FC “A”, Sangdong Veteran FC, Jangnim FC “Red”, Ulsan FC, Himalayan FC “The KTM Restaurant” तथा Daewoo FC “A” बीच प्रतिस्पर्धा हुनेछ।

त्यसैगरी ग्राउन्ड ‘B’ मा Chhingu FC, Daewoo FC “B”, Namji FC “B”, Yeongnam FC, Undong FC, Gyeongju FC, Gorkhali FC, Jangnim FC “Blue”, Sacheon NFC “B”, J N FC Jangwan, Everest FC, Myeongdong FC “Green”, Waegwan FC “B”, Chirwon FC, Miryang FC तथा Tamang Ghedung Seoul ले प्रतिस्पर्धा गर्नेछन्।

आयोजकले सार्वजनिक गरेको नियमअनुसार प्रतियोगिता पहिलो चरण लिग प्रणाली र त्यसपछि नकआउट चरणमा सञ्चालन हुनेछ। प्रत्येक खेल २० मिनेटको हुनेछ, जसमा १०/१० मिनेटका दुई हाफ खेलाइनेछ। खेलाडीहरूले अनिवार्य रूपमा फुटसल बुट, मोजा, प्याड तथा स्पष्ट नम्बर भएको जर्सी लगाउनुपर्नेछ। फुटबल जुत्ता मान्य नहुने उल्लेख गरिएको छ।

खेलका क्रममा सामान्य चोटपटकको प्राथमिक उपचार आयोजकले गर्ने भए पनि जटिल अवस्थाको जिम्मेवारी सम्बन्धित टिम तथा खेलाडी स्वयंले लिनुपर्ने नियममा उल्लेख छ। खेलसम्बन्धी कुनै विवाद आएमा रेफ्री, आयोजक र नेपाल फुटबल महासंघ दक्षिण कोरियाको निर्णय अन्तिम हुने बताइएको छ।

प्रत्येक टिममा म्यानेजरसहित १० जना खेलाडी समावेश गर्न पाइनेछ। तोकिएको समयमा उपस्थित नभए वाकओभर दिइने नियम पनि लागू गरिएको छ। दुई वटा पहेँलो कार्ड पाएपछि खेलाडीले तीन मिनेट मैदान बाहिर बस्नुपर्नेछ भने बराबरी भएको खेल सिधै पेनाल्टी सुटआउटमा जानेछ। त्यसैगरी एउटै खेलाडीले दुई फरक टिमबाट खेल्न नपाउने, मादक पदार्थ सेवन गरेर मैदान प्रवेश गर्न नपाइने तथा खेलका क्रममा औँठी, बाला, सिक्रीजस्ता गहना लगाउन प्रतिबन्ध लगाइएको छ। आयोजकले सम्पूर्ण खेलाडी तथा टिमलाई अनुशासित र मर्यादित ढंगले प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ।

विजेता टोलीलाई ३५ लाख वन नगद पुरस्कार प्रदान गरिनेछ भने उपविजेताले २० लाख वन प्राप्त गर्नेछन्। त्यसैगरी सेमिफाइनल पुग्ने टोलीहरूलाई ४/४ लाख वन पुरस्कारको व्यवस्था गरिएको छ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर तथा हाई स्कोररलाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

No description available.

No description available.

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak szybko i bezbłędnie sprawdzić BLIK w kasynach online?

Jak szybko i bezbłędnie sprawdzić BLIK w kasynach online?Nazywam się Jakub Nowak i jestem ekspertem w dziedzinie płatności online ...

Warum der Casino Bonus ohne Einzahlung ein faires Kennenlernen fördert

Warum der Casino Bonus ohne Einzahlung ein faires Kennenlernen fördertIch bin Maximilian Schreiber, ein erfahrener Online-Casino-E...

Objevte retro automaty s moderními grafickými prvky od Kajot Casino

Objevte retro automaty s moderními grafickými prvky od Kajot CasinoJmenuji se Jan Novák a rád bych s vámi sdílel své zkušenosti s ...

Yep Casino Punkte-Shop: Treuepunkte für Echtgeld und Freispiele in Deutschland

Yep Casino Punkte-Shop: Treuepunkte für Echtgeld und Freispiele in DeutschlandMein Name ist Lukas Schmidt, und ich bin leidenschaf...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×